धनकुटा, २९ पुष । रातो तारा डट कम-
जिल्ला विकास समिति धनकुटाले जिल्लाका दुइवटै नगरपालिका र २८ गाविसमा सामाजिक सुरक्षा भत्ता बापतको रकम बैकबाट मात्रै बितरण गर्ने तयारी गरेको छ । सामाजिक सुरक्षा भत्ता हिनामिना तथा दुरुपयोग नहोस र लाभग्राहिका हातहातमा पुग्न सकोस भन्ने उदेश्यले बैंक खाता मार्फत रकम बितरण गर्न लागिएको जिविसले जनाएको छ ।
चालु आर्थिक बर्षका दोस्रो चौमासिक देखिनै बैंकखाता मार्फत रकम वितरणका लागि धनकुटामा संचालित २ वटा सरकारी र ३ वटा निजिस्तरका बैंकसँग संझौता भइसकेको जिविस धनकुटाले जनाएको छ । यस अघि सरकारी स्वामित्वको कृषि विकास बैंक र जनता बैक मार्फत धनकुटा नगरपालिका, पाख्रिबास नगरपालिका र खुवाफोक गाविसका लाभग्राहिलाई मात्रै बैंक मार्फत भत्ता उपलब्ध गराउँदै आएको थियो ।
धनकुटामा करिब ९ हजार ४ सय जनाले सामाजिक सुरक्षा भक्ता बापतको रकम बुझ्दै आएका छन् । जेष्ठ नागरिक, दलित जेष्ठ नागरिक, ६० बर्ष पुगेका एकल महिला, एकल महिला, पूर्ण असक्त अपाङ्ग र आंशिक अशक्त अपाङ्गलाई भत्ता वितरण हुदै आएको छ
Post a Comment