Websoft University

पत्रकारका लागि सरकारले विशेष प्याकेज ल्याउने :सञ्चार मन्त्री



काठमाडौं, पुस २२ गते  । रातो तारा डट कम -
सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्कीले पत्रकारका लागि सरकारले विशेष प्याकेज ल्याउने तयारी गरेको बताउनु भएको छ । सामुदायिक रेडियो प्रशारक संघ नेपाल अकोराबको १२ औं साधारणसभा उद्घाटन गर्दै मन्त्री कार्कीले पत्रकारको हकहितका लागि सरकार प्रतिबद्ध रहेको भन्दै विशेष प्याकेज ल्याउने तयारी भइरहेको बताउनु भएको हो । यस्तै उहाँले पत्रकारले संयमित भएर खबर सम्प्रेषण गर्नुपर्ने पनि बताउनु भएको छ ।

सामाजिक रुपान्तरणका लागि सामुदायिक रेडियो भन्ने नाराका साथ काठमाडौंमा अकोराबको छैटौँ अधिवेशनमा
 सुरु भएको हो । झण्डै ३ सय सामुदायिक रेडियोका प्रतिनिधि काठमाडौं आएका छन् । अधिवेशनले २९ सदस्यीय केन्द्रीय कार्य समिति  र ११  सदस्यीय प्रदेशस्तरीय समिति चयन गर्नेछ।  संघमा अहिले २ सय ८७ वटा रेडियो सदस्य छन् । नयाँ कार्यसमितिका लागि कम्तिमा पनि दुईवटा खेमाले प्रतिस्पर्धा गर्ने देखिएको छ ।

काँग्रेस निकटबाट किशोरजंग थापा र एमाले निकट समुहबाट सुवास खतिवडा सहितको प्यानलको तयारी भइरहेको बुझिएको छ । माओवादी केन्द्र र नया शक्तिले कुन समुहलाई सहयोग गर्ने भन्ने टुंगो लागिनसकेकाले औपचारिक रुपमा समुह घोषणा गरिएको छैन । माओवादी र नया शक्ति निकटका प्रतिनिधिको समर्थन पाउने पक्षलाई चुनाव जित्न सहज हुने देखिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.