Websoft University

सहयोगीमनहरुको सहयोगमा मृगौला पीडित खिनामायाले नयाँ जिबन पाईन


प्रकाश पाक्साँवा-
तेह्रथुम, माघ ४ गते ।
रातो तारा डट कम -ह्रथुम जिल्लाको छथर फाक्चामारा ४ परेवाखोप की २२ बर्षिया खिनामाया कूरुम्फङले सहयोगीमनहरुको सहयोगमा नयाँ जिबन पाएकी छिन्।

दुबै मृगौला फेल भए सँगै आर्थीक कम्जोरका कारण उपचारमा समस्या भए सँगै बाँच्ने चाहाना मारी सकेकी खिनामायाको बारेमा बिभीन्न सञ्चार माध्यममा समाचार प्रकाशन तथा प्रसारण भए सँगै खिनामायालाई बचाउन बिश्वको दर्जन देशरुमा अभीयान्ताहरु सहयोग रकम संकलन सुरु गरेका थिए ।

सहयोग रकम जुटे सँगै खिनमायाका आमा भिममाया लिम्बुले छोरीलाई मृगौला प्रदान पछि उनले नयाँ जिबन पाएको उनका श्रीमान शमिर लिम्बुले बताउनु भयो । उनका श्रीमानका अनुसार खिनामायाको सोमबार मानब अंग प्रतित्यारोपण केन्द्र भक्तपुरमा पुकारचन्द्र श्रेष्ठ लगायतको चिकित्सकहरुको टोलीले मृगौला प्रतित्यारोण गरे सँगै नयाँ जिबन पाएका हुन।

बिभीन्न देशका अभीयान्ताहरुको सहयोगबाट  मृगौला पिडित खिनामायाले नयाँ जिबन पाउन सफल भएकी छिन । खिनामाया बचाउ अभीयानका लागी ईजराल, मलेसिया,युके हङकङ, कोरीया, कतार, दुबई ,साउदी अरब सिगापुर, कुवेत, बहराईन,डेनमार्क, अमेरीका लगायत बिभीन्न देशहरुमा कार्यरत स्वदेशी तथा बिदेशी सहयोगीमनहरुको साथै बिभीन्न संस्थाहरुकोले उपचारका लागी आर्थीक सहयोग गर्नु भएको थियो ।

बिदेश तथा बिदेशबाट संकलित २७ लाख बढी आर्थिक सहयोग जुटेको हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.