रौतहट, माघ ४ गते । रातो तारा डट कम-
रौतहटमा वन रक्षकको घरबाट बिस्फोटक पदार्थ तथा वन्यजन्तुको आखेटोपहार बरामद गरिएको छ।
चन्द्रपुर नगरपालिका चेतनगर टोलमा बस्ने जिल्ला वन कार्यालयका वन रक्षक विजय श्रेष्ठको घरबाट ६ राउण्ड गोली, १ सय ३० वटा खोका, १ केजी छर्रा, २ सय ५० ग्राम बारुद लगायत गन्धक, फलाम, पटकालगायत विस्फोटक पदार्थ बरामद गरेको हो ।
उनको घरबाट चित्तलको सिङ ६ वटा, छाला ५ वटा, बदेलको दाँत ४ वटा, बँदेलको कपाल १ सय ग्राम तथा २३ क्युफिट सालको काठ बरामद गरेको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ ।
Post a Comment