मोरङ,माघ १ गते। रातो तारा डट कम - फोटो फायलबाट,
मोरङको विराटनगर-१७ स्थित कोशी प्रोजेट नजिकै शनिबार मोटरसाइकलको ठक्करबाट साइकलमा सवार युवक घाइते भएका छन्।
विराटनगरबाट रानीतर्फ आउदै गरेको मोटरसाइकले विपरीत दिशाबाट जादै गरेका साइकलयात्री विराटनगर-१ बस्ने १८ बर्षिय सुनिल कामतलाई ठक्कर दिएको थियो।
ठक्करबाट हात र निधारमा चोटलागेका कामतको सप्तकोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने मोटरसाइकल चालक फरार रहेकाले प्रहरीबाट खोजी भइरहेको इलाका प्रहरी कार्यालय रानीले जानएको छ।
Post a Comment