फिदिम माघ १ गते । रातो तारा डट कम -
पाँचथरको फिदिममा शनिवार भएको सवारी दुर्घट्नामा चालक सहित ८ जना घाइते भएका छन ।
ताप्प्लेजुङबाट बिर्तामोड तर्फ जाँदै गरेको मे १ ज २५४६ नं। को ट्याक्सी करिब साढे दश वजे बिहान पाँचथरको फिदिम नगरपालिका ३ स्थित लालिखर्क सडक खण्डमा दुर्घटनामा पर्दा यत्तिका यात्रु घाइते भएका हुन । घाईते हुनेहरुमा ताप्लेजुङको नाङखोल्याङ ३ बस्ने ३९ वर्षिय चालक देवान दोर्जे तामाङ, ताप्लेजुङ लिवाङ ८ की ५० वर्षिया नैनकला कार्की, ताप्लेजुङकै लेलेप १ बस्ने वर्ष २० को रोशन लिम्बु, पाँचथर याङनाम १ बस्ने बर्ष २२ को रुद्र लुहार मोरङ डाँगीहाट ४ बस्ने वर्ष २० का चुवन खड्का, तेह्रथुम सोल्मा १ बस्ने वर्ष ३० को सरोज खनाल, मोरङ भाउन्ने ४ बस्ने बर्ष २३ को जीवन खड्का र २४ का पोष्ट बहादुर खड्का रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
ुर्घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी निरीक्षक बिज्ञान बस्नेत सहित १० जनाको उद्धार टोली घटनास्थमा खटी घाईतेहरुको उद्धार गरेको थियो । चालक सहित दुई जना सख्त घाइते रहेको पाँचथर अस्पतालले जनाएको छ । घाइतेहरु सवैलाई झापा मोरङ र सुनसरीका सुविधा सम्पन्न अस्पतालमा रेफर गरिएको पाँचथर अस्पतालले जनाएको छ ।
Post a Comment