Websoft University

सर्लाहीको दलित वस्तीमा एमालेले बाँड्यो न्यानो कपडा



सर्लाही माघ २ गते । रातो तारा डट कम -
नेकपा एमाले जिल्ला कमिटी सर्लाहीको रचनात्मक विभागले दलित वस्तीका बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ।

विभागकी प्रमुख आरती लामाको पहलमा जानकीनगर, पिडारी र लक्ष्मीपुरका विपन्न दलित परिवारका बालबालिकालाई कपडा वितरण गरिएको हो।

स्कुले बालबालिकाहरुलाई दुई सय जोर स्वेटर र टोपी बिहीबार वितरण गरिएको लामाले जानकारी दिइन्। प्रदीप केसीले उपलब्ध गराएका न्यानो कपडा वितरण कार्यक्रमको व्यवस्थापन क्षेत्र नम्बर २ को क्षेत्रीय कमिटीले गरेको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.