युवराज ठकुरी/सिंहदेवी,मोरङ माघ २ गते ।
रातो तारा डट कम-पुर्वीमोरङ उर्लाबारीमा स्थापित न्यानो अभियान नेपालले आज सिंहदेवीमा ३०विपन्न जेष्ठ नागरिक घरपरिवारलाई कम्बल र ३२विपन्न बालबालिकालाई ज्याकेट वितरण गरेको छ।
अभियानका टोली आजै सिंहदेवी गइ एक औपचारिक कार्यक्रम गरि वितरण गरिएको अभियानका अध्यक्ष पुर्णसिङ्घक लिम्बूले बताए।अभियानको नियमित कार्यक्रम अनुरुप मोरङको पहाडी गाविस सिंहदेवीका अति विपन्न परिवारका जेष्ठ नागरिक र बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको हो।
अभियानका सदस्य विजय धिमालको सन्चालन र अध्यक्ष पुर्ण सिङ्घक लिम्बूको सभापतित्वमा भएको उक्त कार्यक्रमा स्थानीय कार्यक्रम संयोजक युवराज ठकुरीले स्वागत मन्तव्य राखेका थिए भने उपाध्यक्ष सरोज बस्नेतले कार्यक्रमको औचित्य बताएका थिए।
कार्यक्रममा प्रमुख अतिथि जेष्ठनागरिक मन्चका सचिब कृष्णराज खाण ठकुरी,अतिथिहरुमा प्रअ बसन्तकुमार खाण ठकुरी,हेमबहादुर ठकुरी,कृष्णबहादुर ठकुरी,छबिरमण पौडेल,आदिवासी जनजातिका अध्यक्ष कबिन्द्र तुम्बापो,गाविस प्रतिनिधि कविता खड्का,वडानागरिक मन्चका अध्यक्षहरु,र अभियानका टोली सहित गोदावारी हस्पिटल प्रालिका डाक्टरको पनि उपस्थिति रहेको थियो।
कार्यक्रममा कम्बल र ज्याकेट वितरण सगै निशुल्क स्वास्थ शिबिर पनि संचालन गरिएको थियो। न्यानो अभियान नेपाल उर्लाबारीका अध्यक्ष पुर्ण सिङ्घक लिम्बूले कार्यक्रमलाई सम्बोधन गर्दै आफुहरु कुरा भन्दा सेवामुलक काम गर्ने र नेताहरु जस्तो भाषण मात्रै नगर्ने बताएका छ्न।
Post a Comment