Websoft University

को बन्दैछ सशस्त्रमा आईजीपी



काठमाडौं,माघ ३ गते  रातो तारा डट कम - सशस्त्र प्रहरी बलमा प्रहरी महानीरीक्षक आईजीपी का लागि तीन प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी बीच तीव्र प्रतिस्पर्धा चलेको छ ।

आगामी ३ फागुनमा आईजीपी दुर्जकुमार राईले ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश पाउने भएपछि एआईजीहरूबीच आगामी एक वर्ष सशस्त्रको कमान्ड सम्हाल्न प्रतिस्पर्धा सुरु भएको हो । राजधानी दैनिकले समाचार छापेको छ ।

एआईजीहरू सिंहबहादुर श्रेष्ठ, प्रेमकुमार शाही र प्रकाश ओझा आईजीपीका प्रतिस्पर्धी हुन् । अर्का एआईजी कृष्णकुमार तामाङ र जितबहादुर पुन आईजीपी राईसँगै अनिवार्य अवकाश पाउनेछन् ।

५ भदौ २०७१ मा एकैसाथ बढुवा भएका श्रेष्ठ, शाही र ओझामध्ये एकले अबको सशस्त्र प्रहरी बलको कमान्ड सम्हाल्नेछन् । तीनैजनाको कार्यकाल २८ फागुन २०७४ मा सकिनेछ ।

सशस्त्र प्रहरी बल स्रोतका अनुसार उनीहरू तीनैजना अहिले आईजीपी हुने कसरतमा लागेका छन् । राजनीतिक लबिङ पनि उनीहरूले चर्कै रूपमा गरेको स्रोतको दाबी छ । उनीहरू यतिबेला विभिन्न सम्पर्क सूत्रमार्फत राजनीतिक दलका नेताहरूको सम्पर्कमा पुगेका छन् ।

धेरैजसो उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि र उनकै पार्टी कांग्रेस सभापति शेरबहादुर देउवालाई सोर्स लगाउन उनीहरूको दौडधुप चलेको स्रोतले जनाएको छ ।

तीनजना प्रतिस्पर्धीले क्षेत्रीय कमान्ड सम्हालेका कारण उनीहरू कोहीभन्दा कोही कम नभएको दाबी गर्छन् । २०६७ मा पूर्व क्षेत्र मुख्यालय बराह बाहिनीमा एआईजी श्रेष्ठ कार्यरत थिए भने शाहीले २०६८ मा पश्चिम क्षेत्रीय मुख्यालय मुक्तिनाथ बाहिनी, ओझाले २०६७ मा मध्यपश्चिम मुख्यालय महेश्वरी बाहिनीको कमान्ड सम्हालेका थिए ।

लामो समय प्रहरी प्रशिक्षण प्रतिष्ठानको कमान्ड सम्हालेको अनुभवी एआईजी ओझा सशस्त्र प्रहरीलाई कस्तो प्रहरी संगठन बनाउन सकिन्छ भन्ने विषयका जानकार हुन् । केही समय पूर्वप्रहरी महानिरीक्षक कोषराज वन्तले उनलाई सुरक्षा परिषद्मा समेत पठाएका थिए ।

साइकलप्रेमी एआईजी श्रेष्ठ भने सशस्त्र प्रहरी संगठनका इमानदार तथा सोझा अधिकृत मानिन्छन् । उनी सशस्त्र प्रहरीको महानिरीक्षक हुँदा बिग्रने र सप्रेन दुवै अवस्था नरहेको उनलाई नजिकबाट चिन्ने जानकारहरू बताउँछन् ।

त्यस्तै, शाही भने अलिक चतुर रहेको र सबै पक्षलाई मिलाएर लैजानुपर्छ भन्ने भावना भए पनि क्षेत्रीयताको अलि बढी नै प्रभावमा पर्ने नजिकबाट चिन्नेहरू बताउँछन् ।

‘ओझा बढी नै एकेडेमिक छन्, श्रेष्ठ सोझा र शाही बढी चतुर, त्यसकारण आईजीपीमा कसले बाजी मार्ने हुन् भन्ने विषय यकिन गर्न नसकिने अवस्था छ, राजनीतिक पहुँच एआईजी शाहीको देखिन्छ, तर संगठनभित्रको अवस्था कमजोर रहेको छ,’ स्रोतले भन्यो ।

प्रतिस्पर्धी तीनैजना २९ चैत २०४४ मा नेपाल प्रहरीको प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका थिए । २०५८ सालमा सशस्त्र प्रहरी बल स्थापना भएपछि उनीहरू सेवा परिवर्तन गरी सशस्त्र प्रहरीमा आबद्ध भएका थिए ।

प्रतिस्पर्धी तीनैजनाले राजनीतिक शक्तिकेन्द्रलाई पनि प्रयोग गरिरहेको स्रोतले जनाएको छ । आईजीपीको बढुवासँगै खाली हुने तीन एआईजीका लागि पुष्पराम केसी, उत्तम खड्का, नारायणबाबु थापा, दिवाकर केसी, रामशरण पौडेललगायत छन् । डीआईजी पुष्पराम र उत्तम यसअघि नै बढुवाका प्रमुख दाबेदार रहेका थिए ।

डीआईजी बढुवामा विवाद

आईजीपीको बढुवा प्रतिस्पर्धामा रहनेहरूले राजनीतिक लबिङ सुरु गरिरहेका बेला डीआईजी बढुवाको विवाद भने उत्कर्षमा पुगेको छ । सेनाबाट सशस्त्रमा स्थानान्तरण भएकाहरूलाई अवरोध हुने गरी सशस्त्र प्रहरी नियमावली संशोधन गरिएको विषयमा सेनाबाट सेवा प्रवेश गरेकाहरूले डीआईजी बढुवामा विवाद बढाएका हुन् ।

नियमावलीमा रहेका केही विवादास्पद प्रावधानका कारण सशस्त्र प्रहरीमा वृत्ति विकास नै ठप्प हुने अवस्थासमेत आएको दाबी उनीहरूले गरेका छन् । पछिल्लो समय शैक्षिक योग्यतासम्बन्धी प्रावधानलाई लिएर सशस्त्र प्रहरी नेतृत्वमा विवाद बढेको हो ।

गत वर्ष संशोधन गरिएको सशस्त्र प्रहरी नियमावलीमा एसपीभन्दा माथिल्लो तहमा बढुवा हुन सशस्त्र प्रहरी निरीक्षकका लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता ९कम्तीमा स्नातक उत्तीर्ण० भएको हुनुपर्ने उल्लेख छ ।

यसले नेपाली सेनाबाट सशस्त्र प्रहरीमा सेवा स्थानान्तरण गरेर आएका अधिकारीहरू मर्कामा परेका छन् । उनीहरू प्रवीणता प्रमाणपत्ररप्लस टु उत्तीर्ण गरी सेनाको सेकेन्ड लेफ्टिनेन्टमा भर्ना भएका थिए ।

सशस्त्र प्रहरी बलको इन्सपेक्टरमा भर्ना हुन स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने प्रावधान छ । जसका कारण अब माथिल्ला पदमा बढुवाका लागि कम्तीमा स्नातक गर्नैपर्छ ।

नयाँ प्रावधानले उनीहरूलाई माथिल्लो पदमा पुग्ने बाटो बन्द गरिदिएको छ । सेनाबाट सशस्त्रमा गएका अधिकारीहरू भने सेनाको २१ महिना तालिम हुने र सो स्नातकसरह नै हुने भएकाले बढुवामा शैक्षिक योग्यतासम्बन्धी प्रावधान राख्नु गलत भएको तर्क गरिरहेका छन् । विगतमा सशस्त्र प्रहरी नियमावलीमा यस्तो प्रावधान थिएन ।

सोही विवादका कारण लामो समयदेखि डीआईजीमा बढुवा रोकिएको छ । बढुवाका लागि गत महिना नै सशस्त्र प्रहरीले प्रक्रिया अघि बढाएको थियो । तर, सेनाबाट आएका एसएसपी सञ्जय राणा र चिरञ्जीवी अधिकारीले नियमावली संशोधन गर्न दबाब दिँदै आएका छन् । दुवैजना सेनाबाट सशस्त्र प्रहरीमा स्थानान्तरण भएका थिए ।

सशस्त्रमा लामो समयदेखि तीन डीआईजी पद रिक्त छन् । डीआईजीको एउटा पद रिक्त भएको त डेढ वर्ष भइसकेको
छ । जसमा बढुवाका लागि राणा र अधिकारीसहित खड्गबहादुर राई, वसन्त बानिया“, मन्दीप श्रेष्ठ र राजु सुवाल प्रतिस्पर्धामा छन् ।
दैनिक नेपाल अनलाइन बाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.