Websoft University

घरेलु मदिरा प्रहरीद्धारा बरामद



झापा माघ ३ गते ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत दुवागढी–५ स्थित चारआली सडकखण्डबाट प्रहरीले ३० बोतल सिक्किमे मदिरा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पशुपतिनगरबाट आएको यात्रुवाहक बस जाँच गर्दा उक्त मदिरा बरामद गरेको हो । दुई बोरामा राखिएका अवस्थामा मदिरा बरामद गरिएको सीमा सुरक्षा कार्यालय झापाले जनाएको छ ।

बरामद गरिएको मदिरा साढे सात सय मिलीलिटर परिमाणको रहेको तथा त्यसमा सिक्किम र हनिबी नाम गरेको कम्पनी उल्लेख भएको सीमा सुरक्षा कार्यालयका प्रहरी निरीक्षक चुनराज थापाले बताउनुभयो । करिब रु २४ हजार मूल्य बराबराको सो मदिरालाई शनिबार नष्ट गरिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.