Websoft University

मुलुकको समस्या समाधानका लागि तीन दललाई एक ठाउँमा उभिनुपर्ने–योगेश भट्टराई


विराटनगर,२४ पुस । नेकपा (एमाले)का प्रचार–प्रसार विभागका प्रमुख योगेश भट्टराईले मुलुकको समस्या समाधानका लागि प्रमुख तीन दललाई एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ ।

सो पार्टीद्वारा आज विराटनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले तीन दल एक ठाउँमा आएपछि मधेशी मोर्चालाई पनि सहमतिमा ल्याएर अगाडि बढ्नुपर्ने सुझाव प्रकट गनुृभयो ।

प्रदेश सभा गठन नभएसम्म सीमाङ्कनको हेरफेर हुन नसक्ने प्रसङ्ग उल्लेख गर्दै उहाँले संविधान संशोधनको समग्र विधेयक फिर्ता नभएसम्म संसद् सुचारु हुन नसक्ने स्पष्ट पार्नुभयो ।

उहाँले संविधान संशोधनबाहेकका विधेयकलाई अगाडि बडाउने पक्षमा एमाले पार्टी रहेको जानकारी गराउनुभयो ।
एमालेमाथि चौंतर्फी हमला भइरहेको भन्दै उहाँले पार्टीको सङ्गठनलाई आन्तरिक रुपमा सुदृढीकरण गरी अगाडि बढ्नुपर्ने आजको आवश्यकता रहेको बताउनुभयो ।

उहाँले मुलुकमा बोलिने मातृभाषा राष्ट्रिय भाषा हुने पक्षमा एमाले रहेको तर, कुनैपनि नेपालीको ‘हिन्दी भाषा’ मातृभाषा नरहेकाले सो भाषालाई राष्ट्रिय भाषामा सूचीकृत गर्ने पक्षमा एमाले नरहेको स्पष्ट पार्नुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.