सिरहा, माघ ४ गते। रातो तारा डट कम -
सिरहाको भगवतीपुर स्थित तमासुईया-१ मा मंगलबार करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा तमासुईया-१ बस्ने ५५ बर्षिय गौरी नारायण यादव रहेकी छिन्। यादवलाई विहान ७ बजेतिर आफ्नै घरमा विधुतको तार सर्ट भई अचानक करेन्ट लागेको थियो।
करेन्ट लागेर गम्भिर घाइते भएकी यादवलाई उपचारकोलागी लहानतर्फ लैजाने क्रममा बाटोमा मृत्यु भएको स्थानियले बताए।
घटना स्थलमा इलाका प्रहरी कर्यालय महेश्वरीबाट प्रहरीको टोली खटिगई कानूनी प्रकृया पुरा गरेको उक्त कार्यालयले जनाएको छ।
Post a Comment