टिआर सुब्बा-
तेह्रथुम, पुस २६ गते ।
तेह्रथुममा यस बर्ष ३ सय १२ मेट्रिक्टन अकबरे खोर्सानी उत्पादन भएको छ । जिल्लाको २ नगरपालीका र २१ गाबिसमा ३ सय १२ मेट्रिक्टन अकबरे खोर्सानी उत्पादन भएको कृषि बिकास कार्यलयले जनाएको छ ।
२५ हेक्टर जग्गामा अकबरे खोर्सानी खेति हुदै आएको जिल्लामा ओयाक्जुङ, सिम्ले, छातेढुंगा, सुदाप, ओख्रे, पञ्चकन्या ,फाक्चामारा र सुदाप गाबिसलाई अकबरे खोर्सानीको पकेट क्षेत्रको रुपमा लिएको प्राबिद्यीक सहायक हरि गोपाल आचार्यले जानकारी दिनु भयो ।
अकबरे खोर्सानी बजारमा ३ सय ५० देखि ४ सय रुपैयामा बिक्री हुदै आएको छ ।
Post a Comment