Websoft University

उद्यौली पर्वको अवशरमा सिंहदेवी एकेडेमीमा साँस्कृतिक कार्यक्रम





वाहुनी(राधानगर)मोरङ, मङ्सिर २७ गते ।
किरात समुदायको महान पर्व चासोक तङ्नाम उद्यौलीको अवशरमा मोरङको बाहुनी ९ राधानगर स्थित सिंहदेवी एकेडेमीमा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा विद्यार्थीहरुले विभिन्न समुदायको भाषाका गीतहरुमा आकर्षक नृत्य प्रस्तुत् गरेका थिए ।

वालवालिकाहरुलाई विभिन्न समुदायको चाडपर्व तथा सँस्कृति बारे जानकारी गराउन र समाजमा सद्भाव सहिष्णुता कायम राख्ने उद्धेश्यले उद्यौलीको अवशरमा कार्यक्रमको आयोजना गरिएको एकेडेमीका प्रिन्सिपल रविन थापाले बताएका छन् । कार्यक्रममा विद्यार्थीहरुले लिम्वु,राई,मगर,तामाङ जातिको मौलिक गीतहरुमा आकर्षक नृत्य प्रस्तुत् गरेका थिए ।

विद्यालयले यस अघि देखि नै पत्येक महिनाको अन्तिम दिन मौलिक भेषभुषा पहिरन गर्न नियम राखेको छ । आफ्नो भेषभुषामा विद्यालय आउने विद्यार्थीहरु माझ साँस्कृतिक सन्देश प्रवाह भएको र अभिभावकहरु पनि प्रसन्न भएको स्थानीयहरुको भनाई छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) मोरंगका पूर्व अध्यक्ष भक्तशेर लिम्बूले वालवालिकाहरुलाई सानै देखि सँस्कार र साँस्कृतिक पहिचान  सिकाउने विद्यालयको सोंचको प्रसंशा गरेका थिए । कार्यक्रममा नृत्य गर्ने विद्यार्थीहरुलाई प्रसंशा स्वरुप पुरस्कृत पनि गरिएको थियो । साँस्कृतिक नृत्यको प्रशिक्षण विद्यालयकी शिक्षिका अस्मिता लिम्बूले गरेकी थिईन् ।

कार्यक्रममा एकेडेमीका प्रिन्सिपल रविन थापा, रेडियो प्रस्तोता हर्क सुब्बा लगायत स्थानीय संघसंस्था तथा राजनैतिक दलका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम विद्यालयका छात्राद्धयले संचालन गरेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.