बिराटनगर, मङ्सिर २९ गते ।
सिँचाइमन्त्री दिपक गिरीले नागरिकको भावना र देशको संवेदनशीलतालाई ध्यानमा राखेर दलहरु एक ठाउँमा आउनुपर्ने आवश्यकतामाथि जोड दिएका छन् ।
प्रेस युनियन दाङले मंगलबार तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भने – सडक र सदन अबरुद्ध गरेर समस्याको निकास निस्कदैन, यसका लागि प्रमुख दलहरु एक ठाउँमा आउनुपर्छ” मन्त्री गिरीले संविधान कार्यान्वयन नै अहिलेको राष्ट्रिय आवश्यकता हो भन्दै यसका लागि दलका शीर्षस्थ नेताहरुले निषेधको राजनीति त्यागेर एकता, समन्वय र सहकार्यको संस्कृतिलाई आत्मसात गरेर अगाडी बढ्नुपर्ने बताए ।
बृहत्तर दाङ सिँचाइ परियोजना दाङको विकासमा कोषेढुङ्गा सावित हुने बताउँदै उनले यो सिँचाइ परियोजनाले जिल्लाको ५३ हजार हेक्टर जग्गामा सिँचाइ सुविधा पुग्ने छ भने ।
अनलाइन बाट
Post a Comment