Websoft University

१४ महिनापछि प्रचण्ड–भट्टराई एउटै मञ्चमा



काठमाडौं पुस ११ गते ।
पार्टी विभाजनको लामो समयपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नयाँ शक्ति नेपालका संयोजक डा। बाबुराम भट्टराई एउटै मञ्चमा उभिएका छन् ।

पार्टी परित्याग गरी नयाँ पार्टी घोषणा गरेका डा। भट्टराई र अध्यक्ष प्रचण्ड करिव १४ महिनापछि एउटै कार्यक्रममा देखिएका हुन् । माओवादी नेता एव सांसद स्वर्गीय भक्तिप्रसाद पाण्डेको जीवनीमा आधारति पुस्तक ‘चाचा’ को लोकापर्ण कार्यक्रममा प्रचण्ड र भट्टराई एउटै मञ्चमा उपस्थिति भएका हुन्।

सोमबार महेन्द्र पुलिस क्लबमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रचण्ड र भट्टराईले संयुक्त रुपमा पुस्तक विमोचन गरे। पाण्डेको गत कात्तिक २९ गते ६२ वर्षको उमेर क्यान्सरबाट निधन भएको थियो। माओवादी जनयुद्धमा हतियार सप्लाइमा महत्वपूर्ण भूमिका निर्वाह गरेका पाण्डे निडर नेताका रुपमा स्थापित भएका थिए।

भट्टराईले पार्टी परित्याग गरी नयाँ शक्ति गठन गरेपछि प्रचण्डसँग औपचारिक रुपमा एउटै मञ्च प्रयोग गरेको यो पहिलो पटक हो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.