काठमाडौं,३० मंसिर, गते।
पाँच महिना पहिलेदेखि सञ्चालनमा आएको चन्द्रागिरी केबलकारको आज औपचारिक उद्घाटन हुदैँछ ।
साउन २४ गते बैदिक विधीअनुसार उद्घाटन गर्दै सञ्चालनमा आएको केबलकार आजदेखी औपचारिक उद्घाटन हुन लागेको चन्द्रागिरी केबलकार सञ्चालकले जनाएको छ । केबलकारको औपचारिक रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री प्रचण्डले दिउँसो २ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको आइएमई समूहका जनसम्पर्क व्यवस्थापक राजु पौडेलले जानकारी दिए । हिल्स लिमिटेडद्वारा प्रवद्र्धन गरिएको बहुप्रतिक्षित चन्द्रागिरी केबलकार यसअघिनै सञ्चालनमा आईसकेको छ ।
३ अर्ब ५० करोडको लागतमा निर्माण गरिएको केबलकार ३६ हेक्टर क्षेत्रफलमा फैलिएको छ । केबलकार चढ्नको लागी दुईतर्फी टिकटको टिकट ७०० रुपैयाँ तोकिएको छ । आइडी कार्ड भएका विद्यार्थी, थानकोटका स्थानीय बासिन्दा, ३ फिटभन्दा होचा बालबालिका, ६० वर्षभन्दा माथीका जेष्ठ नागरिक तथा अपांगहरुलाई विशेष छुटको प्रवन्ध गरिएको छ ।
केबलकारको बेस स्टेशन थानकोटमा छ । थानकोटबाट केबलकारमा चन्द्रागिरि पुग्न केबलकारमा ९ देखि १४ मिनेट लाग्छ । पर्यटक तथा दर्शनार्थी ओसार्न ३८ वटा क्यारियर सञ्चालन गरिएको जनसम्पर्क व्यवस्थापक पौडेलले बताए । एउटा क्यारियरमा ८ जनासम्म अटाउँछन् । यिनले दिनमा झण्डै १० हजार पर्यटकलाई चुचुरोमा पुर्याउने र फिर्ता गर्ने क्षमता राख्छन् ।
चन्द्रागिरी केबलकारको औपचारिक रुपमा सञ्चालनमा नआउँदै १० औं हजार जनाले केबलकारको यात्रा गरिसकेका छन् । चन्द्रागिरी डाँडामा मन्दिर, रेस्टुरेन्ट, स्विमिङ पुल लगायतको पूर्वाधार समेत रहेको छ । काठमाण्डौंको उच्च स्थान मानिने चन्द्रागिरीको धार्मिक, ऐतिहासिक महत्व रहेकोछ ।
केबलकारको बटम स्टेसनबाट चन्द्रागिरी पुग्दा ११ वटा टावर (रिले स्टेसन) निर्माण गरिएको छ । त्यसमा यात्रु ओसार्न तारमा ३६ वटा डब्बा (गोन्डला), एउटा मेन्टिेनेन्स क्यारियर र दुई लगेज क्यारियर जडान गरिएको जनसम्पर्क व्यवस्थापक राजु पौडेलले बताए ।
केबलकारमा यात्रुको सुरक्षालाई मध्यनजर गरी उच्च प्रविधि जडान गरेर हरेक टावर र डब्बाको प्राविधिक अवस्थालाई कम्युटरबाट निगरानी गर्ने व्यवस्था मिलाएको छ ।
केबलकार चढेर २५ सय मिटरभन्दा बढी उचाइमा रहेको चन्द्रागिरी पुगेर मनोरम दृष्यावलोकन गर्न सकिन्छ । काठमाडौंको धुलो–धुवाँबाट केही समय छुटकारा पाउन चन्द्रागिरी उपयुक्त पर्यटकीय गन्तव्य बनेको छ ।
0
Post a Comment