Websoft University

कृषि प्रर्दशनी सम्पन्न


 बिराटनगर, मङ्सिर ३० गते । सोलुखुम्बु जिल्लाको कोशिपारिको गाविस गुदेलमा भएको कृषि प्रर्दशनीमा १३२ कृषकले ६९४ कृषि उपजको प्रर्तिस्प्रधि गराएका छन् । जि फाउण्डेशनको आर्थिक सहयोगमा भएको अन्नवाली, दलहनवाली, मसलाबाली, फलफूलवाली, तरकारीवाली, नगदेवाली अन्तरगतका ६७ प्रजातीका कृषि उपजहरु प्रर्दशनीमा राखिएको थियो ।

प्रांगारिक खेतीको मूल आधार, आयआर्जन तथा स्वास्थ्यमा सुधार भन्ने नारा सहित गुदेल ४ स्थित गुदेल माविको प्रांगणमा आयोजित कृषि प्रर्दशनीमा गुदेल सहित छेस्काम, बुङ र सोताङ गाविसका सयौ कृषकहरुले आफ्ना कृषि उपजहरु प्रर्दशनीमा सहभागी गराएका थिए । उत्कृष्ट उपजका सम्बन्धित कृषकलाई प्रोत्साहन स्वरुप नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

लसुनबालीमा बुङ १ का हर्कध्वज राई, भेडे खुर्सानीमा गसदृल ८ का मनिता राई, टमाटरमा सोताङ २ का धर्म कुमार बस्नेतले उत्कृष्ट पुरस्कार हात पार्नु भयो । त्यस्तै भेण्टामा गुदेल ७ का सुरेन्द्र कुमार राई, प्याजमा गुदेल ६ का देउमाया राई, गोलभेडामा छेस्काम दुईका आङलक्षी शेर्पा, अदुवामा बुङ १ का हर्कध्वज राई, बेसारमा गुेदल ६ का सुरेन्द्र राई, केरामा बुङ १ का सरिता राई, काक्रोमा गुदेल ३ का उषा किराती, आलुमा गुदेल ५ का ङिमासाङ्गे शेर्पा, पिडालु खेतिमा गुदेल ६ का सञ्चकुविर राईले प्रथम स्थान हासिल गर्नु भएको नव ज्योति युवा मञ्चका अध्यक्ष लाकुसंगम राईले जानकारी दिनुभयो ।

त्यस्तै नगदेबाली अलैची खेतिमा बुङ १ हर्कध्वज राई, चिराईतोमा गुदेल ४ का खड्गी कुमारी राई, किबी खेतिमा छेस्काम २ का भलाकाजी राई, भुई स्याउमा गुदेल ४ का रंगिता राईले बाली उत्कृष्ट भएको आयोजकले जनाएको छ । गाजरखेतिमा गुदेल २ का नयामाया राई, सलगममा गुदेल ५ का पर्वत कुमार राई, रायोसागमा बुङ १ का हर्कध्वज राई, सुन्तला खेतिमा बुङ १ का गजेन्द्र राईको बाली उत्कृष्ट रहेको छ ।

यस्तै गुदेलमा सम्पन्न भएको बृहत कृषि प्रर्दशनीमा बुङ १ का हर्कध्वज राईले मात्र १६ बालीमा पुरस्कार जित्नु भएको छ भने बुङ १ कै सरिता राईले १४ बालीमा उत्कृष्ट पुरस्कार जित्नु भएको छ । प्रर्दशनीमा प्रथम हुनेलाई ५ सय, द्धितियलाई ३ सय र तृतिय हुने कृषि बालीलाई २ सय र प्रमाण पत्र प्रदान गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला कृषि विकास कार्यलयका प्राविधिक सहायक राजकिशोर यादवले दुर्गम भनिएको गाविसहरुमा पनि स्थानीयको कृषिकर्मको प्रसंशा गर्दै व्यवसायीक रुपमा अघि बढ्न आग्रह गर्नुभयो । उहाँले कोशिपारिका गाविसहरुमा जि फाउण्डेशनले गरेको सहयोग र स्थानीय संस्थाहरुले खेलेको भूमिका महत्वपुर्ण रहेकोमा जोड दिदै कृषिको विकासका लागि राज्यले दिने सुविधा र हेर्ने दृष्ट्रिकोणलाई अलि फराकिलो पार्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथिको आसनवाट बोल्दै गुदेल माविका प्रध्यानाध्यापक लवकुमार राईले घरायसी प्रयोजनका लागि मात्रै नभई व्यवसायीक रुपमा कृषि कर्ममा उद्यत हुनुपर्ने बताउनुभयो । कार्यक्रममा गाविस स्तरका राजनितिक दलका नेताहरुले बोलेकाा थिए । उनीहरुले कोशिपारिका गाविसहरुमा कृषि कार्यलयको ध्यान कम पुगेकोमा गुनासो गरेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.