Websoft University

अहिलेको सरकार पूर्णरुपमा विदेशी शक्तिबाट सन्चालितः बिजुक्छे



काठमाडौं भक्तपुर पुस १ गते ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अहिलेको सरकार पूर्णरुपमा विदेशी शक्तिबाट सन्चालित भएको आरोप लगाएका छन् ।

सरकारले विदेशीको निर्देशनमा संविधान संशोधनको प्रस्ताव ल्याएको आरोप लगाउँदै यसले देश झन मुडभेडको स्थितीमा गएको बताए ।

शान्त रहेको प्रदेशहरुमा विभाजनको प्रस्ताव ल्याएर सरकारले प्रदेशहरुसँग निहू खोजेको आरोप लगाए । उनले नेपाललाई अन्तहीन द्वन्द्वमा धकेल्ने गरी सरकार विदेशीको इसारामा चलेको आरोप लगाए ।

शुक्रबार रफत सन्चार क्लबले भक्तपुरमा गरेको कार्यक्रममा उनले विदेशीकै चाहनाबमोजिम छिट्टै सरकार परिवर्तनको खेल सुरु हुने दाबीसमेत गरेकाछन।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.