विराटनगर, पुस १ गते।
ताप्लेजुङको फाकुम्बा ८ बस्ने ओजा हाङ लिम्बुको घरमा सोलार प्यानलबाट मोवाइल चार्ज गर्नेक्रममा दिउँसो १२ बजे अचानक आगलागी भएको छ।
आगोले लिम्बुको घर तथा भित्रको सामानहरु जल्दा अन्दाजी ६ लाख बराबरको क्षति भएको छ। आगलागी प्रहरी र गाउँलेको सहयोगमा पौने घण्टामा नियन्त्रणमा आएको
छ।
यता मोरङको टंकीसिनुवारी १ स्थित सुरज यादवको हेम कवाडी पसलमा अपरान्ह ३;३० बजे अचानक आगलागी हुँदा अन्दाजी पचास हजार बराबरको कवाडी सामानहरु जलेका छन। आगलागी स्थानीय प्रहरी र दमकलको सहयोगमा अपरान्ह ४ बजे नियन्त्रण भएको छ।
Post a Comment