Websoft University

घुस्की–६मा आगलागीबाट पाँच घर जलेर नष्ट



बिराटनगर, मङ्सिर ३० गते ।  सुनसरीको सीमावर्ती घुस्की–६ मा बुधबार  राति आगलागी हुँदा छ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।  स्थानीय जुलफकार मियाँको घरबाट सल्केको आगोले चार परिवारका पाँच घर जलेर नष्ट हुँदा
 रु छ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

राति जाडो छल्नका लागि बालेको घुरबाट सल्केर भएको आगलागीमा स्थानीयवासी मजलुम मियाँ, एमजुन खातुन, इम्तियार मियाँसहितको पाँचवटा घर जलेर नष्ट भएको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिनुभयो ।

आगलागीबाट टिनको छानो भएका पाँचवटा घर, घरमा रहेका विभिन्न सरसमान, लत्ताकपडा र अन्नपात गरी रु ६ लाख बराबरको धनमाल जलेर नष्ट भएको सुनसरीका प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिनुभयो । आगलागीलाई स्थानीयवासी र प्रहरीले सामूहिक रुपमा नियन्त्रणमा लिएका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.