Websoft University

सिंहदेवीमा मङ्सिरे पुर्णिामाको अबसरमा नकाउट फुटबल प्रतियोगिता हुने


युवराज ठकुरी/सिंहदेवी,मङ्सिर  १२ गते ।
मोरङमोरङको पहाडी गाविस सिंहदेवी ७मा प्रत्येक वर्षझैं यसवर्ष पनि मङ्सिरे पुर्णिमाको अबसरमा नकाउट फुटबल प्रतियोगिता गरिने भएको छ।

मङ्सिरे पुर्णिामा(चासोक तङ्नाम)को अवसरमा प्रत्येक वर्षमा मेला लगाइनुका साथै सिंहदेवी-७लक्ष्मी प्राविको खेलमैदानमा फुटबल प्रतियोगिता पनि गरिदै आएकाले यसवर्ष पनि त्यसै अनुरुप मेला सहित फुटबल प्रतियोगिता गर्ने सिंहदेवी खेलकुद समितिका संयोजक सुमन लिङ्दमले बताए ।

 खड्गबहादुर ठकुरीको अध्यक्षतामा मेला बजार व्यवस्थापन समिति र सुमन लिङ्दमको संयोजकत्वमा खेलकुद व्यवस्थापन समिति गठन गरि यस वर्ष मङ्सिरे पुर्णिामामा मेलाबजार सहित फुटबल खेलको आयोजना गरिएको सचिब कमल ठकुरीले बताए।

फुटबल प्रतियोगितामा तेस्रो हुनेलाई रु ५,००० प्रमाणपत्र
र मेडल,दोस्रो हुनेलाई रु१५,०००प्रमाणपत्र र मेडल र प्रथम हुनेलाई ३०,०००प्रमाणपत्र र मेडल पुरस्कारका रुपमा राखिएको र इन्ट्री फि रु२५५१ रहेको आयोजक कमिटीका सदस्य अरुण लिङ्दमले बताए।२८गते मङ्सिरे पुर्णिामाका दिन देखि सुरु हुने उक्त प्रतियोगितामा २७गते देखि २८गते१०बजे सम्म इन्ट्री गर्ने समय रहेको आयोजकले बताएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.