Websoft University

लागुऔषधसहित एक पक्राउ


बिराटनगर, मंसिर १५ गते।
मोरङको विराटनगर-२१ स्थित भन्सार कार्यालयको १ नम्बर ढाट नजिकैबाट मंगलबार प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोरङको केराबारी-४ बस्ने ३० बर्षिय दिपेन लिम्बु रहेका छन्। लिम्बुलाई लागुऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले चेकजाँज गर्ने क्रममा दिउँसो २ बजेतिर प्रकाउ गरेको हो। प्रहरीले उनको साथबाट डाइजेपाम १५ एम्पुल, फेनारगन १५ एम्पुल र लुपिजेसिक १५ एम्पुल  बरामद गरेको छ।

लागुऔषधसहित पक्राउ परेका लिम्बुलाई इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.