राजविराज, २७ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले देशको एक तिहाई मधेशी जनतालाई अलग राखेर संविधान कार्यान्वयन हुन नसक्ने बताउनुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति सप्तरीद्वारा शनिबार बिहान राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष राणाले वर्तमान सरकार छिट्टै संविधान संशोधन प्रस्ताव दर्ता गराउने तयारीमा रहेको जानकारी दिनुभयो ।
उहाँले पश्चिमी मधेशसँग सटेका पहाडी जिल्ला अलग गरेर प्रदेश कायम गर्नुका साथै माथिल्लो सदनमा जनसंख्याको अनुपातमा मधेशीले स्थान पाउनुपर्ने बताउनुभयो ।
४५ वर्ष अगाडि तत्कालीन श्री ५ को सरकारको गृहमन्त्रालयको सहसचिव हुँदा मधेशको पक्षमा आवाज उठाउँदा जागिर गुमाउनु परेको स्मरण गर्दै आफूले राजनीतिक लाभका लागि नभई भित्री आत्मादेखि मधेशी र पहाडका आदिवासी जनजातिको पक्षमा बोलिरहेको जानकारी दिनु
भयो ।
स्थानीय निकायको निर्वाचन यसै वर्ष हुने हो भने अहिले अगाडि बढाएको गाउँपालिकाको धारणा रोकिनु पर्ने भन्दै उहाँले भन्नुभयो, ‘स्थानीय निकायको पुनर्संरचना धेरै विवादास्पद भएको छ ।’ राष्ट्रियता, प्रजातन्त्र र उदारवाद
र हिन्दु राष्ट्रको पक्षमा आफ्नो पार्टी रहेको भन्दै राणाले देशमा ८१ प्रतिशत हिन्दू हुँदाहुँदै कांग्रेस, एमाले र माओवादीले सुटुक्क संविधानमा धर्मनिरपेक्षता छिराउनु गलत भएको बताउनुभयो ।
Post a Comment