आज बिराटनगरका पोखरी नहर र सिघि खोला लाई सजायको छ । छठ पर्वको तेस्रो तथा मूख्य दिन आज अस्ताउँदै गरेको सूर्य तथा षष्ठी मातालाई अर्घ दिएर मनाईंदै
छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने यस पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरिन्छ ।चतुर्थीदेखि छठ पर्व नसकिएसम्म व्रतालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो जस्ता खाद्यान्न सेवन गर्दैनन् । चतुर्थीको कर्मलाई अरबाइन वा अरबा भनिन्छ ।
त्यसैगरी महाभारतकालमा द्रौपदीसहित पाण्डवहरुले अज्ञात वासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरेको र सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको कथन छ । छठ मनाउँदा दुःखबाट मुक्ति, सन्तान प्राप्ति, चर्मरोग निको हुने र पारिवारिक सुख शान्ति रहने विश्वास छ । छठ मनाउन सरकारले आज सार्वजनिक विदा पनि दिएको छ ।
छठ पर्वको तेस्रो तथा मूख्य दिन आज अस्ताउँदै गरेको सूर्य तथा षष्ठी मातालाई अर्घ दिएर मनाईंदै छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने यस पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरिन्छ ।चतुर्थीदेखि छठ पर्व नसकिएसम्म व्रतालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो जस्ता खाद्यान्न सेवन गर्दैनन् । चतुर्थीको कर्मलाई अरबाइन वा अरबा भनिन्छ ।
मनोकामना पूरा हुने विश्वासमा महिलाले छठमा कठोर ब्रत गर्ने गर्दछन् । सूर्य देवतालाई ठेकुवा, भुसवा, केरा, नरिवल, अदुवा, फलफूल, मिठाईसहितका प्रसाद अर्पण गरिन्छ भने चौथो तथा अन्तिम दिन उदाउँदै गरेको सूर्य र षष्ठी मातालाई अर्घ दिई छठ सम्पन्न गरिन्छ ।
पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी यो पर्व मनाउने गरिन्छ ।
आदिकालमा सती अनुसूयाले रोगग्रस्त पतिलाई निको बनाउन भगवान सूर्य र षष्ठी देवीको पूजा आराधना गरेको प्रसंग यस पर्वसँग जोडिएको छ ।त्यसैगरी महाभारतकालमा द्रौपदीसहित पाण्डवहरुले अज्ञात वासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरेको र सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको कथन छ ।
छठ मनाउँदा दुःखबाट मुक्ति, सन्तान प्राप्ति, चर्मरोग निको हुने र पारिवारिक सुख शान्ति रहने विश्वास छ । छठ मनाउन सरकारले आज सार्वजनिक विदा पनि दिएको छ ।
विराटनगरको अधिकाश खोला नहर र पोखरीहरुमा छटपर्वको घाट बनाउनेको चहलपहल बढेको छ । केराको थम्वा र ध्वजा पतका ले घाट विशेष रुपमा सिधारिएको छ । विराटनगरको सिधिया, केसलिया खोला लगायतका ठाउँमा उल्लेखनिय रुपमा घाट निमार्ण गरिएको छ ।
आजको छठ पुजालाई विशेष रुपमा मनाउनको लागी विराटनगरको पोखरिया का युवाहरुले सिधिया खोलामा एक विशेष कार्यक्रमको आयोजन गर्ने छठपुजा समारोह समिति विजयपुरका सचिव याम कामतले जानकारी दिनुभयो ।
सोहि कार्यक्रममा नेकपा माओवादीका सविधान सभा सदस्य शिवकुमार मण्डल, नेपाली काग्रेसका महेश आचार्य , समाजसेवि बावुराजा ओझा , काग्रेस नगर सभापति भिम पराजुली , लगायतका व्याक्तित्वलाई विशेष सम्मान गरिने आयोजकले जानकारी दिएको छ ।
सो अवसरमा सिधिया खोलामा विक्षारोपण कार्यक्रम गरिने वताइएको छ । साथै विभिन्न कलात्मक कार्यक्रम समेत गरिने बताइएको छ ।
Post a Comment