Websoft University

दमकल सेवा सुरु



बिराटनगर, मङ्सिर १४ गते । उदयपुर जिल्लाको पूर्वी क्षेत्रमा अवस्थित बेल्टार बसाहा नगरपालिका हाल प्रश्तावित (चौदण्डी नगरपालिका) ले भविष्यमा हुने सक्ने आगलागीको नियन्त्रण गर्नको लागि औपचारिक रुपमा दमकल सेवा सुरु गरेको छ । बेल्टार बसाहा नगरपालिकाको लामो प्रयासपछि भर्खरै सङ्घीय मामला तथा स्थानीय विकास मन्त्रालयबाट नगरपालिकालाई एउटा दमकलको व्यवस्था भएपछि दमकल आफूहरुले जिम्मा लिएर सुचारु गर्ने कार्य सुरु गरेको नगरपालिकाका कार्यकारी अधिकृत विकास सुन्दासले बताउनुभयो ।
बेल्टार बसाहालगायत जिल्लाको पूर्वी क्षेत्रमा प्रत्येक वर्ष यसअघि दमकलको अभावमा आगलागी हुने गरेका कारण धेरै धन सम्पत्तिको क्षति हुने गरेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको दमकल नहुँदा आगलागीको समयमा छिमेकी जिल्ला सप्तरीको राजविराजको दमकलको भरपर्दै आउनु परेको भए तापनि अब दमकल व्यवस्था भएका कारण भविष्यमा हुनसक्ने आगलागी नियन्त्रण गर्न नगरपालिकालाई सहज हुने नगरपालिकाका कार्यकारी अधिकृत सुन्दासले बताउनुभयो ।
प्राप्त दमकलसहित अन्य दमकल र एम्बुलेन्स छिमेकी देश भारतले उसको ७० औँ गणतन्त्र दिवसको अवसरमा नेपाल सरकारलाई धेरै हस्तान्तरण गरेको थियो । स्मरण रहोस्, सात वर्षअघि नै जिल्लाको त्रियुगा नगरपालिका गाईघाटले भने तत्कालीन समयमा रु ६४ लाखको लगानीमा दमकलको व्यवस्था गरिसकेको छ । अनलाइन बाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.