Websoft University
Latest Post


काठमाण्डौ । रातो तारा डट कम,नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले एसिया ११ बाट खेल्नुहुने भएको छ । बंगलादेश क्रिकेट बोर्डले आयोजना गर्ने मुजिब १०० टि २० कप बंगलादेश २०२० अन्तर्गत विश्व ११ र एसिया ११ बीच हुने खेलमा सन्दीप टोलीमा समेटिनुभएको हो । 

दुई खेल हुने सिरिज मार्च २१ र २२ मा बंगलादेशको शेर ए बंगला रंगशालामा हुनेछ । एसियाको टोलीमा भारतीय कप्तान विराट कोहली, श्रीलंकका लसिथ मालिंगा, बंगलादेशका मुस्ताफिजुर रहमान, अफगानिस्तानका राशिद खान लगायत स्टार खेलाडी समावेश छन् । सन्दीपले सम्भवतः एभरेष्ट प्रिमियर लिगको एक खेल गुमाउनुहुनेछ । 

इपिएल मार्च १४–२८ सम्म टियू मैदानमा आयोजना हुनेछ । इपिएल सकिएपछि सन्दीप आईपिएल खेल्न भारत प्रस्थान गर्नुहुनेछ ।


काठमाण्डौ । रातो तारा डट कम,सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद तथा पुर्व कानुनमन्त्री शेरवहादुर तामाङले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति बनाउने गरी संविधान संशोधनको प्रस्ताव राख्नुभएको छ । 
प्रतिनिधिसभाको हिजोको बैठकमा विशेष समय लिएर बोल्दै नेकपा सांसद तथा पूर्व कानूनमन्त्री शेरवहादुर तामाङले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने गरी शासकीय स्वरुप बनाउनुपर्ने बताउनुभयो । संविधान जारी गर्ने बेला त्रुटि भएको भन्दै उहाँले अब प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको निर्वाचन प्रणालीमा जानको लागि ध्यानाकर्षण गराउनुभयो ।  

तामाङले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणालीमा जाँदा १ सय ५१ सदस्यीय एउटा मात्रै संसद पूर्ण समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था गर्न समेत प्रस्ताव राख्नुभयो ।  तामाङले संघीय संरचनालाई समन्वयकारी मात्र बनाउने र स्थानीय तहको संख्या ७ सय ५३ बाट घटाएर ३ सय ५० को हाराहारीमा ल्याउन पनि प्रस्ताव राख्नुभयो । 




काठमाण्डौ । रातो तारा डट कम,नेपाली काँग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्नुभएको छ । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद थापाले तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाको अडियो प्रकरणलाई लिएर प्रधानमन्त्रीको राजीनामा माग गर्नुभएको हो । 

संसदमा गणित भए पनि शासन गर्ने वैधानिक योग्यता र क्षमता गुमेको भन्दै सांसद थापाले बास्कोटाले कमिसन मागेको अडियो सार्वजनिक हुनुभन्दा डेढ महिनाअघि नै प्रधानमन्त्रीले सुनेको दाबी आइरहेको भन्दै यो विषयमा संसदमा आएर जवाफ दिन प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो  । संसदमा आएर, उभिएर आँखामा आँखा जुधाएर नागरिक र हाम्रो प्रश्नको उत्तर दिने हिम्मत प्रधानमन्त्री ज्यूसँग छ कि छैन् ? थापाले प्रश्न गर्नुभएको थियो ।  

सार्वजनिक महत्व र सुशासनका बिषयमा संसदले सरकारको ध्यानाकर्षण गराउनुपर्ने नेता थापाको भनाइ थियो । ‘सेक्युरिटी प्रिन्टिङ प्रेससँगै फोर जी विस्तार, अप्टिकल फाइबर विस्तार, सामुदायिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना लगायतका ठेक्काबारे भएको अनियमितताको बिषयमा पनि नेता थापाले जवाफ माग गर्नुभयो ।  

प्रधानमन्त्रीले पटक पटक भ्रष्टाचारीको अनुहार हेर्दिन भनेको भन्दै उहाँले अहिले नागरिकहरुले बालुवाटारमा ऐन छ कि छैन भनेर प्रश्न गर्न थालेको बताउनुभयो । 


MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.