Websoft University
December 2025


विराटनगर पुस १५ गते । मोरङ व्यापार संघको आयोजनामा संचालन भईरहेको विराट एक्स्पोमा स्टार्ट अप आईडिया पिच गरिएको छ । मंगलबार सातवटा आईडिएटरले आफ्ना आईडिया पिच गरेका छन् ।यसको निर्णायकमा मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी, खजुरीको कम्पनीका अध्यक्ष जगन्नाथ महर्जन, संघका उपाध्यक्ष अनिल शारडा, कोशी प्रदेश सरकारका आर्थिक सल्लाहकार डा मोहन सुवेदी र पूर्वाञ्चल विश्व विद्यालय व्यवस्थापन संकायका डिन डा।सन्देशदास श्रेष्ठ रहेका थिए ।

कार्यक्रममा मोरङका रेवती दाहालले हलो एग्री प्रा।लि।को कन्सेप्ट प्रस्तुत गरेका थ् ि खाद्य आपूर्ति गर्ने उद्देश्यसाथ उपभोक्ता परिवारलाई सबै खाद्य सामग्री आपूर्ति गर्ने आइडिया उनले पिच गरे । पाँच वर्षमा देशका सबैमहानगरपालिकामा विस्तार गर्ने लक्ष्य रहेको दाहालले बताए ।

इलाम सूर्योदयका प्रमोद सापकोटा ग्रिन इनोभेसनमा आधारित पोलिएका रातो इँटालाई विस्थापित गर्ने प्रविधिबारे जानकारी गराए । वातावरण मैत्री इँटा बालुवा तथा माटो प्रयोग गरेर बनाइने उनले बताए ।

विराटनगरका ऋषि माहेश्वरीले खाद्यान्न सम्बन्धी आफ्नो गफसप ब्रान्डको विषयमा आफ्नो प्रस्तुति दिए ।

झापाका सिमन ताजपुरिया गुरुकुल पुस्तकालय डटकम नाममा आफ्नो आईडिया पिच गरेका थिए । विद्यार्थीले प्रयोग गरेका पुराना र खेर जाने पुस्तकहरु पुनः प्रयोग गर्ने उनले प्रस्तुति दिए । यो किताब प्रेमीहरुलाई पुस्तक बेच्ने प्लेटफर्म हो ।

मोरङका भिजन प्रताप खत्रीले एग्रिकल्चर सम्बन्धी आफ्नो प्रस्तुति दिएका थिए । मोरङका सुगन्ध रेग्मी फुड एन्ड वेभरेज सम्बन्धी प्रस्तुति दिए । विज्ञान घिमिरेले स्वाद मित्रताको अड्डा नामक भेइकल फुडको आईडिया पिच गरेका थिए ।

विज्ञान घिमिरे र सुमन कुमार शर्माले नर्सिङ पढाईका लागि सम्पूर्ण पाठ्य सामग्री उपलब्ध हुने एआईमा आधारित नयाँ कम्प्युटर एप्लिकेसनसँग सम्बन्धित आईडिया शेयर गरेका थिए ।

मोरङ उद्योग व्यापार संघले आह्वान गरेअनुसार कोशी प्रदेशका १० जिल्लाबाट ५२ वटा आईडिया प्राप्त भएकोमा उत्कृष्ट २५ मध्येबाट १५ जना छनोट भएका थिए । प्राप्त आईडियाहरुमध्ये लाई लगानीकर्तासँग साक्षात्कार गराउने उद्देश्य रहेको संघका अध्यक्ष अनुपम राठीले जानकारी दिए । यसको सहजीकरण आईडिया स्टुडियोले गरेको थियो ।

एक्स्पोमा हरेक थिमेटिक सेसन संचालन हुंदै आएको छ । मंगलबारको छलफलको प्रमुख अतिथि कोशी प्रदेश सरकारका आर्थिक सल्लाहकार मोहन सुवेदीले स्टार्टअप इकोसिस्ट महत्वपूर्ण भएको बताए । कार्यक्रममा खजुरीको कम्पनीका अध्यक्ष जगन्नाथ महर्जनले प्रस्तुति दिएका थिए ।

जगन्नाथ महर्जनले आफूले बिजनेस गर्दाको अनुभव शेयर गर्दा नयाँ पुस्तालाई त्यसले फाइदा पुग्नसक्ने अपेक्षा गरेको बताउँदै भने,‘‘चीन र भारतको सफलता स्टार्ट अपको विषयमा लिएको नीतिकै कारणले हो ।’’ सरकार आफैंले स्टार्ट अपहरुलई फन्डिङ गरेर जसलाई चाहिएको हो त्यसलाई नै सहयोग पुग्ने गरेको बताए । भारतले समेत स्टार्ट अप जोनहरु संचालन गरेर खर्बौ रुपैयाँ लगानी गरेको दृष्टान्त सुनाउँदै नेपालमा सरकारले गरेको फन्ड निकै न्यून भएको र नीतिगत समस्या पनि रहेको सुनाए । वि।सं २०४० तिर घरमा सानो बेकरीको रुपमा खजुरीको शुरु भएको स्मरण गर्दै उनले आफू जन्मिएको चापाँगाउँमा कच्चीबाटो रहेको बिजुलीसमेत नभएकोभन्दै दुर्गमकाठमाडौबाट व्यापार शुरु गरेको बताए ।

उत्कृष्ट र सम्भावनायुक्त आईडियालाई व्यवसाय शुरु गर्न सहकार्य तथा सहजीकरण गर्दै संघले ब्रिजिङ गर्नेछ । रोजगारी सिजर्ना र आर्थिक वृद्धिका लागि यो महत्वपूर्ण पहल हुने मोरङ उद्योग व्यापार संघले जनाएको छ ।

अनुपम राठीको अध्यक्षतामा कार्यक्रम भएको थियो । राठीले बिजनेस इकोसिस्टमको विकास गर्न यस किसिमको छलफल आयोजना गरिएको बताए । उनले भने,‘‘व्यावसायिक यात्राका कठिनाईसँग जुध्दै सरकारलाई नीतिगत सुधारका लागि ध्यानाकर्षण गर्न पहल थालिएको हो ।’’

डा। मोहन सुवेदीले कुन दशकमा कुन व्यवसाय भन्ने कुरा हुँदै आएको    छ । नयाँ नयाँ आइडियाले व्यवसायको रुप लिने भन्दै उनले ठूलाठूला र सफल भएका उद्यम सानो विचारबाट शुरु हुने बताए । उनले भने,‘‘नेपालमा समेत व्यवसायिक सफलता सानो प्रयासबाटै शुरु भएको देखिन्छ । यसबाट नै उद्यमशीलताको विकास हुने हो ।’’ पूँजीको अभावलाई समेत चिर्न सकिने भन्दै सुवेदीले अर्कोले जोखिम लिईसकेपछि प्रवेश गर्नुभन्दा आफै शुरुवात गर्नुपर्नेमा जोड दिए ।

आईडिया स्टुडियोका डाइरेक्टर अफ बिजनेस डेभलपमेन्ट अनिल बस्नेतले देशभरबाट आईडिया संकलन गरेर उत्कृष्टलाई व्यवसायको चरणसम्म लैजन सहयोग गर्दै आएको जानकारी दिए । उद्यमशीलतासँगै रोजगारी बढाउन मद्दत गर्दै आएको सुनाए ।


विराटनगर पुस १५ गते |  विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले समाजमा ज्येष्ठ नागरिकको योगदान र उनीहरूको अनुभवलाई विकाससँग जोड्नु आवश्यक रहेको औंल्याएका छन् ।

ज्येष्ठ नागरिक कार्यसमिति विराटनगर–६ को तेस्रो साधारणसभालाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै मेयर कोइरालाले ज्येष्ठ नागरिकको ज्ञान, अनुभव र सीपलाई समाजको विकाससँग आवश्यक रहेको औैंल्याएका हुन् ।

‘ज्येष्ठ नागरिक केवल उमेरले अग्रज मात्र होइनन्,उनीहरू हाम्रो समाजका जीवित इतिहास, संस्कारका संरक्षक र अनुभवका विद्यालय हुन् । कठिन संघर्ष र समर्पणले सिँचित जीवनयात्राले हामीलाई कर्म, अनुशासन र धैर्यताको अमूल्य पाठ सिकाएको छ । आजको समाजको आधार नै उनीहरूको मिहिनेत र त्याग हो,’ मेयर कोइरालाले थपे, ‘ज्येष्ठ नागरिकको ज्ञान र सुझबुझ केवल विगतको सम्झना होइन, वर्तमानको मार्गदर्शक र भविष्यको बलियो आधार पनि हो । यदि हामी उनीहरूको अनुभवलाई आत्मसात् गर्न सक्यौं भने समाज अझ समावेशी, न्यायपूर्ण र सुदृढ बन्नेछ ।’

कार्यक्रममा मेयर कोइरालाले समाजमा बढ्दो एकल परिवार र भौतिकतामूलक प्रवृत्तिले ज्येष्ठ नागरिकलाई एक्लोपन र उपेक्षामा पारिरहेको अवस्था पनि औँल्याए । ‘यो हाम्रो सामाजिक कमजोरी हो, जसलाई सुधार्न हामी सबै जिम्मेवार छौं,’ उनले भने, ‘विराटनगर महानगरपालिका ज्येष्ठ नागरिकको सम्मान, सुरक्षा र सहयोगलाई उच्च प्राथमिकतामा राख्दै अगाडि बढिरहेको छ ।’

मेयर कोइरालाले महानगरपालिकाले ज्येष्ठ नागरिकमैत्री नीति र कार्यक्रम विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘ज्येष्ठ नागरिकलाई बोझ होइन, प्रेरणाका स्रोतका रूपमा सम्मान गर्ने संस्कार विकासको साँचो आधार हो । घर–परिवार, समाज र राज्य—तीनै तहबाट उनीप्रति संवेदनशीलता बढाउनु जरूरी छ,’ उनले भने ।

सो अवसरमा ज्येष्ठ नागरिकको भवनका लागि जग्गा खरिद गर्न आर्थिक सहयोग गर्ने व्यक्तिहरुलाई सम्मानसमेत गरिएको थियो । समितिका अध्यक्ष अमरबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विराटनगर वडा नम्बर ६ का अध्यक्ष हरिश्चन सहनी (अक्षेय), ज्येष्ठ नागरिक महानगर समितिका अध्यक्ष सुरेशकुमार श्रेष्ठ, समाजसेवी राम ढकाल, बद्री बस्नेत, आयोजक संस्थाका कोषाध्यक्ष रामदेव पण्डितलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । साधारणसभाले आर्थिक र सांगठानिक प्रतिवेदनसमेत पारित गरेको थियो ।


विराटनगर पुस १५ गते |  विराटनगर– ५ स्थित एभरेष्ट कलेजमा काठमाडौं विश्वविद्यालयको बी आई टी ९ब्याचलर अफ इन्फरमेसन टेक्नोलोजी० अध्यापन हुने भएको छ ।

बी आई टीको आगामी शैक्षिक सत्र अर्थात ९अगष्ट २०२६० देखि एभरेष्टमा बी आई टी अध्यापन हुने भएको एभरेष्ट कलेजका सहायक क्याम्पस प्रमुख टीएन भण्डारीले बताए ।

कोशी प्रदेशमा नीजि शिक्षण संस्था तर्फ केयू को सम्बन्धन प्राप्त गर्ने एभरेष्ट पहिलो संस्था बनेको छ । यद्यपी विराटनगरकै एस्पायर कलेजमा भने स्कुल अफ इन्जिनियरिङको विस्तारित कार्यक्रम अनुसार अध्यापन हुँदै आएको थियो ।

हिजो एक कार्यक्रमका बिच काठमाडौं विश्वविद्यालयका डिन प्रा। डा। मनिष पोखरेल र एभरेष्ट कलेजका प्रमुख टिकाराम पुरीले सम्झौता पत्रमा हस्ताक्षर गरे । यो सँगै एभरेष्टले तत्कालका लागी ३० जना पढाउने कोटा प्राप्त गरेको कलेज प्रशासनले जानकारी दिएको छ ।

विराटनगरबाट नै अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिनुपर्छ भन्ने मान्यताका साथ अघि बढेको एभरेष्टले स्नातक तहमा आउँदो सत्रदेखि अध्यापन सुरु गर्ने जनाएको छ ।

यो सँगै कोशी प्रदेशका विद्यार्थीले केयूको बीआईटीको शिक्षा लिन काठमाडौं नै पुग्नुपर्ने बाध्यता समेत हटेको छ । सूचना प्रविधिको अहिलेको समयमा युवा विद्यार्थीहरूमा आईटी तर्फको आकर्षण समेत बढ्दै गएको छ ।


विराटनगर पुस १४ गते  । विराट ट्रेड एक्स्पोअन्तर्गत सोमबार साना तथा मझौला उद्योग ९एसएमई० को समृद्धि तथा संरक्षणलाई केन्द्रमा राखेर थिमेटिक सेसन सम्पन्न भएको छ। “साना तथा मझौला उद्योगको समृद्धि तथा संरक्षण” शीर्षकमा आयोजित प्यानल छलफलमा उद्योग, लगानी, नीति, प्रविधि र बजार पहुँचका विविध पक्षमा छलफल भयो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरेले साना तथा मझौला उद्योग नै रोजगारी सृजनाको मुख्य आधार भएको उल्लेख गर्दै यसको संरक्षण बिना आर्थिक समृद्धि सम्भव नभएको बताए। जेनजी आन्दोलनपछि शिथिल बनेको अर्थतन्त्रलाई सकारात्मक सन्देश दिन विराट ट्रेड एक्स्पो प्रभावकारी प्लेटफर्म बनेको बताउँदै घिमिरेले भने,“बैंकमा तरलता छ तर ऋण प्रवाह सहज छैन, कर र श्रम नीतिले उद्यमीलाई थप दबाब दिएको छ, उत्पादनमुखी अर्थतन्त्र निर्माणमा राज्य गम्भीर हुनुपर्छ।”

 घिमिरेले ऊर्जा, श्रम, व्यापार र बजारसम्बन्धी स्थायी नीतिको अभावले साना तथा मझौला उद्योग समस्यामा परेको उल्लेख गर्दै ट्रिपिङ र लो–भोल्टेजका कारण उत्पादन लागत बढेको बताए। आयातित वस्तुसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्था सिर्जना भएको भन्दै उनले नेपालमै उपलब्ध कच्चा पदार्थ प्रयोग गरी उत्पादन गर्ने उद्योगलाई नीतिगत संरक्षण दिनुपर्नेमा जोड दिए। कृषिमा आधारित उद्योग, ऊर्जा क्षेत्र, धार्मिक पर्यटन, शिक्षा र स्वास्थ्य सेवामा कोशी प्रदेशमा प्रशस्त सम्भावना रहेको उनले औंल्याए।

 उदय परियोजनाका ‘रिस्क शेयरिङ लिड’ उत्सव घिमिरेले साना तथा मझौला उद्योगको इकोसिस्टम सुदृढ गर्न समावेशी राजनीतिक र आर्थिक संस्थाको आवश्यकता औंल्याए। “बैंक ऋण बाहेक वैकल्पिक वित्तीय साधन नहुँदा उद्यमशीलता बढ्न सकेको छैन,” उनले भने। अवधारणामा आधारित उद्यमलाई कोलाटरल बिना समेत सहजीकरण गर्नुपर्ने र स्टार्टअपको लाइफसाइकलअनुसार सहयोग आवश्यक रहेको उनको सुझाव थियो। प्रविधि, एआई र ग्लोबल बजार पहुँचमा जोड दिँदै उनले सिड मनी र अनुदान प्रणाली अझ व्यवस्थित गरिनुपर्ने बताए ।

सरकारले दिने सब्सीडी चाहिने व्यक्तिले नै प्राप्त गर्न नसकेको हो कि भन्ने पनि भएको बताउँदै उनले इकोसिस्टम बिल्डिङमा काम गर्नुपर्ने बताउँदै भने,‘‘कन्सेप्टमा मात्र बैंकले काम नगर्ने भएकोले सरकारी तवरबाट हुने अनुदान अझ व्यवस्थित हुनुपर्छ ।’’

युवा उद्यमी प्रतीक राउतले देशका करिब ९० प्रतिशत उद्योग साना तथा मझौला रहेको उल्लेख गर्दै २०२६ पछि विकासोन्मुख राष्ट्रमा प्रवेश गर्दा ग्लोबल प्रतिस्पर्धाका लागि ब्रान्डिङ, इमेज बिल्डिङ र सूचना प्रविधिमा लगानी अपरिहार्य हुने बताए। “फिक्स क्यापिटलको आधारमा मात्र एसएमईको परिभाषा बनाउनु उपयुक्त छैन,” उनले भने।

इमेज बिल्डिङ अर्को चुनौती रहेको भन्दै राउतले इन्फरमेसन टेक्नोलोजीमा थप काम गर्न सकिने सुझाव दिदैं भारत र चीनलाई हेरेर भन्दा पनि साना तथा मझौला उद्यमको क्षेत्रमा काम गनुपर्नेमा जोड दिए । निर्यात गर्दा भ्यालु एड गरे ग्लोबल मार्केटमा कसरी बिक्री र प्रतिस्पर्धा गर्ने भन्नेमा ध्यान दिइनु पर्ने बताउँदै उनले भने,‘‘साना तथा मझौला उद्यमलाई फोकस गरेर नीतिहरु बनाइनु पर्छ । फिक्स क्यापिटलको आधारमा मात्र परिभाषा बनाइएको छ त्यो परिवर्तन गर्न आवश्यक छ ।’’ अहिलेको जेनेरेसनलाई कस्तो वातावरण दिने भन्ने राज्य र सरकारले पनि सोच्नु पर्नेमा उनले जोड दिए ।  

उद्यमी अमित शारडाले सकारात्मक सोचले नै विकासको गति बढाउने उल्लेख गर्दै पछिल्ला २० वर्षमा धेरै परिवर्तन भए पनि अपेक्षित गतिका लागि सरकारी सक्रियता आवश्यक रहेको बताए। गुणस्तरीय उत्पादनले निर्यात बढ्ने र नयाँ आइडिया सफल हुन समय लाग्ने उनको भनाइ थियो।

विराट व्यापार संघका अध्यक्ष अंशु बञ्जाराले पछिल्लो समय सरकार लचिलो र सहजीकरणको भूमिकामा देखिएको बताए। “डिजिटल माध्यमबाट बजार पहुँच सहज भएको छ,” उनले भने, “स्थानीय, प्रदेश र संघीय सरकारले अवसरका ढोका खोल्दै गएका छन्।”

घरेलु तथा साना उद्योग कार्यालय सुनसरीका प्रमुख राजन पाण्डेले उद्योग दर्ता, नवीकरण, तालिम, प्रविधि हस्तान्तरण र ब्रान्डिङमा प्रदेश सरकारको नीतिअनुसार काम भइरहेको जानकारी दिए। महिला उद्यमीलाई दर्तामा राजस्व छुट दिइने र बजार मागअनुसार नयाँपनसहित उद्यम सुरु गरे सफल हुने उनले बताए।

सेसनमा शिखर इन्स्योरेन्सका महाप्रबन्धक प्रज्वल आचार्यले बीमा आवश्यकताबारे प्रस्तुति दिएका थिए भने इक्विटी विकासकर्ताहरूको पहलसम्बन्धी छलफल पनि गरिएको थियो। विराट ट्रेड एक्स्पोले निजी क्षेत्रको व्यापार प्रवर्द्धनसँगै उद्यमशीलता विकासको महत्वपूर्ण मञ्चका रूपमा भूमिका निर्वाह गरिरहेको सहभागीहरूको निष्कर्ष थियो।


विराटनगर  पुस १४ गते |  विराटनगर महानगरपालिकाले सहकारीका लेखा सुपरीवेक्षण समितिका पदाधिकारीहरुलाई एकदिने लेखा प्रणालीसम्बन्धी तालिम दिएको छ ।

सहकारीको लेखा प्रणालीलाई चुस्तदुरुस्त र व्यवस्थित बनाउने उद्देश्यले महानगरको क्षेत्रभित्र रहेका सहकारीका पदाधिकारीहरुलाई तालिम दिइएको हो । तालिमको विराटनगर महानगरका मेयर नागेश कोइरालाले उदघाटन गरे । उद्घाटन समारोहलाई सम्बोधन गर्दै तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गरे । सहकारीलाई विधि विधानअनुसार सञ्चालन गर्न यस्ता तालिम उपलब्धिमूलक हुने मेयर कोइरालाको भनाइ थियो ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रप्रसाद दुलालले सहकारीसम्बन्धी ऐन कानुनसहित लेखासम्बन्धी तालिम दिँदा सहकारीलाई व्यवस्थित बनाउन सहयोग पुग्ने बताए ।

वडा नम्बर १९ का वडाध्यक्षसमेत रहेका आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले सहकारीलाई व्यवस्थित मर्यादित बनाउन महानगरले विगतदेखि नै तालिम सञ्चालन गर्दै आएको जानकारी दिए । उनले विगतमा सहकारीप्रतिको धारणा नकारात्मक रहेको उल्लेख गर्दै बचतकर्ता र ऋणीको विश्वास जित्नेगरी काम गर्नुपर्नेमा जोड दिए ।

तालिममा लेखा सुरपरीवेक्षण समितिको काम, कर्तव्य र अधिकार, सहकारीको वित्तीय स्रोत परिचालन तथा कोष व्यवस्थापन, लेखा समितिको भूमिका, त्रैमासिक र वार्षिक प्रतिवेदन प्रणालीलगायतका विषयमा प्रशिक्षण दिइएको सहकारी शाखाकी प्रमुख चाँदनी राईले जानकारी दिइन् । 

तालिममा सहभागीहरुलाई सहकारी विज्ञ नविन मैनालीले सहजीकरण गरेका थिए । तालिममा महानगरको क्षेत्राधिकारभित्र रहेका ३५ वटा सहकारीका लेखा सुपरीवेक्षण समितिका पदाधिकारीहरु सहभागी भएको सहकारी शाखाकी रोजी कार्कीले बताइन् । उनका अनुसार महानगरको क्षेत्राधिकारभित्र १७२ वटा सहकारी सञ्चालनमा छन् । अन्य सहकारीका पदाधिकारीहरुलाई पनि क्रमैसँग तालिम दिइने महानगरले जनाएको छ ।


विराटनगर  पुस  १४ गते । विराट ट्रेड एक्पोस्मा अर्थ र वाणिज्यसंग सम्बन्धित विविध विषयमा प्रत्येक दिन थिमेटिक सेसन संचालन भइरहेको छ ।

आज ९शनिबार० नयाँ कर संरचना र समसामयिक वातावरणमा व्यापार मूल विषयमा तीनवटा सेसन संचालन हुँदैछन् । पहिलो सेसनमा सिए सुरज तिम्सिनाको प्रस्तुत रहने छ । यसैगरी दोस्रोमा नयाँ भन्सार कानुन तथा नियामक प्रावधान विषयमा भन्सार कार्यालय विराटनगरका बिमल कुमार शाहको प्रस्तुति रहने छ । तेस्रो सेसन जेन–जी आन्दोलनपछिको व्यवसाय शीर्षकमा केन्द्रीत रहने मोरङ उद्योग व्यापार संघले जनाएको   छ ।  

यसको सहजीकरण न्यू बिजनेस एजका प्रधान सम्पादक मदन लम्सालले गर्नेछन् । प्यानलिस्टमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजाल, मोरङ उद्योग व्यापार संघका पूर्वअध्यक्ष महेश जाजू, उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलाल, सिएनआई कोशी प्रदेश अध्यक्ष पवन शारडा र कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौला रहेका छन् ।

कार्यक्रम संयोजक अनिल शारडाका अनुसार छलफल बिहान ११ बजे एक्स्पो स्थलमा शुरु हुनेछ । एक्स्पोका अवसरमा हरेक दिन महत्वपूर्ण सेसनहरु संचालन भईरहेको र यसमा युवा, विद्यार्थी तथा सरोकारवालाको अर्थपूर्ण सहभागिता भई रहेको शारडाले बताए ।


विराटनगर, पुस १२ गते । मोरङ र धनकुटाबाट प्रतिबन्धित औषधी सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस ११ गते जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलिले विराटनगर महानगरपालिका ( ४ स्थित नोबेल मेडिकल कलेजमा बेवारिसे अवस्थामा प्रतिबन्धित औषधी ट्रामाडोल( ६००० पिस फेला पारि नियन्त्रणमा लिएको छ भने विराटनगर ( २ स्थित वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा विराटनगर (१२ का दिनेश राई लाई प्रतिबन्धित औषधी ७ पिस इस्पासमो र २ पिस नाईट्रोजन ट्याबलेट सहित नियन्त्रणमा लिईएको छ ।


त्यस्तै जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले धनकुटा ( ७ बाट सोहि स्थानका बिजय मल्लिक, रविन मल्लिक, धनकुटा(६ का प्रकाश रोक्का  र झापाको मेचीनगर ( ९ का अतिप लिम्वुलाई प्रतिबन्धीत औषधी ट्रामोल(१५३ पिस र स्पासपेन(१६३ पिस सहित र छथरजोरपाटी ( ३ स्थितबाट स्थानिय अर्बिन भट्टराईको साथबाट प्रतिबन्धित औषधी ट्रामोल(८० पिस र स्पासपेन(१०४ पिस सहित नियन्त्रणमा लिएको छ । 


प्रतिबन्धीत औषधी सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

 

 


 


उदयपुर, पुस १२ गते । उदयपुरको चौदण्डीगढी नगरपालिका(३ स्थितबाट ७ सय ६३ किलोग्राम ७०० ग्राम लागू औषध गाँजा बोकेको बोलेरो गाडी सहित २ जना मानिसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हिजो राति १२स्३० बजे इलाका प्रहरी कार्यालय बेल्टार र लागुऔषध नियन्त्रण व्युरो बिराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले चौदण्डीगढी नगरपालिका(३ स्थित पैतालिस चौकबाट गाईघाट तर्फ आउदै गरेको को।१ ज ३४५६ नं। को बोलेरो गाडीलाई चेकजाँच गर्दा गाडी भित्र ३० बोरामा राखेको ७ सय ६३ किलोग्राम ७०० ग्राम गाँजा बरामद गरी चालक बेलका नगरपालिका (६ का रविन कुमार राई र सोही गाडीमा सवार बेलका नगरपालिका (९ का राम बहादुर राईलाई पक्राउ गरेको छ ।



विराटनगर । विराटनगरस्थित शहीद रंगशालामा शुक्रबार सम्पन्न विराटनगर महानगरपालिका स्तरीय १८ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ को उपाधी एभरेष्ट स्कुलले हात पारेको छ । एभरेष्टले ११ स्वर्ण, ९ रजत र ११ कास्य पदक गरि ३१ पदकका साथ उपाधि जितेको हो ।

विराटनगर महानगरपालिकाको आयोजना र एभरेष्ट माविको संयोजनमा सम्पन्न भएको प्रतियोगिता ८ स्वर्ण, ११ रजत र ७ कास्य गरि २६ पदकका साथ आदर्श माविले दोेस्रो स्थानमा चित्त बुझायो । त्यस्तै ८ स्वर्ण ७ रजत र ७ कास्य गरि २२ पदकका साथ सत्यनारायण मावि तेस्रो बन्न सफल भयो ।

शुक्रबार भएको छात्र ट्रिपल जम्पमा जनता माविका समिर राजवंशीले स्वर्ण, सत्यनारायणका रोहन शर्मा रजत र आदर्श माविका अमन राजवंशीले कास्य पदक जिते भने ट्रिपल जम्प छात्रातर्फ स्टार माविकी प्रिया मिश्रले स्वर्ण, मिल्स माविकी तरबा खातुनले रजत र आदर्शकी मोहिनी दासले कास्य पदक जितिन् । त्यसैगरि ८ सय मिटर दौड छात्रतर्फ सत्यनारायणका नितेश भट्टराईले स्वर्ण, जनता नमुना माविका समिर राजवंशीले रजत र ग्यालेक्सी माविका विवश अधिकारीले कास्य पदक हात पारे । २ सय मिटर छात्रतर्फ महेन्द्र माविका विराट राजवंशीले स्वर्ण, अरनिको माविका अभिषेक यादव रजत र जनता नमुनाका आयुष राजवंशीले कास्य पदक जिते । २ सय मिटर दौडको छात्रातर्फ सरस्वती माविकी फूलकुमारी राजवंशीले स्वर्ण , स्टार माविकी प्रिया मिश्रले रजत र आदर्श माविकी एन्जिला भट्टराईले कास्य पदक जितिन् ।

भलिबलमा प्लेयर अफ टुर्नामेन्ट छात्रतर्फ पोखरीका अरिबहादुर परियार र छात्रातर्फ विकेभिएमका सलिस्मा सिंह घोषित हुँदा कवडीतफ छात्रमा महेन्द्रका दिपेश राजवंशी र छात्रातर्फ सत्यनारारयणकी संन्तोषी राँय घोषित भइन्।

पुस ९ देखि सञ्चालन भएको प्रतियोगितामा विराटनगर महानगरपालिकामा अवस्थित ६५ वटा विद्यालयका १ हजार ५ सय २५ जना विद्यार्थीले सहभागिता जनाएका थिए । प्रतियोगितामा छात्र को ६६ र छात्राको ६६ गरेर १३२ वटा पदकका लागि भलिबल, कबड्डी, तेक्वान्दो, उसु, मार्सल आर्टलगायत ट्रयाक र फिल्ड खेलहरूमा प्रतिस्पर्धा  भएको थियो । 

विजेयी खेलाडी तथा विद्यालयहरुलाई विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, प्रतियोगिताको संयोजन गरेको विद्यालयका प्रिन्सिपल टिकाराम पुरी र महानगरका शिक्षा महाशाखा प्रमुख रामप्रसाद ढुंगेलले पुरस्कार तथा ट्रफि वितरण गरे ।


विराटनगर पुस ११ गते । विराट ट्रेड एक्स्पोमा शुक्रबार सूचना प्रविधिका विविध आयामबारे केन्द्रित थिमेटिक सेसन सम्पन्न भएको छ। सूचना प्रविधिलाई मूल विषय बनाउँदै साइबर सेक्युरिटी
एआई फर आन्टरपेनसीपडिजिटल मार्केटिङ र ई–कमर्स सम्बन्धी प्रस्तुति तथा छलफल गरिएको हो।

साइबर सेक्युरिटी सत्रमा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटुवालले प्रविधिको फाइदासँगै बढ्दो जोखिमबारे सचेत गराए।

एआई र सूचना प्रविधिले जीवन सहज बनाएको छतर यसको दुरुपयोगले ठूलो क्षति पनि भइरहेको छ,” उनले भने, “आज बन्दुक वा चक्कु बोक्नुपर्दैनमोबाइल र ल्यापटप भए पुग्छ ठगी गर्न।”

उनले अनलाइन स्क्यामका वास्तविक घटनाहरू सुनाउँदै हरेक वर्ष झण्डै २ अर्ब रुपैयाँ ठगी भइरहेको तथ्यांक सार्वजनिक गरे।

बैंकले कहिल्यै ओटीपी माग्दैनतर हामी विश्वास गरेर दिइरहेका छौं,” एसपी कटुवालले भने, “राम्रो परिवारकाशिक्षित मानिसहरू समेत ठगीमा परिरहेका छन्।”

सोसल मिडियाबाट सुरु हुने फ्रेन्ड रिक्वेस्टभावनात्मक कुराकानीनिजी तस्बिरको दुरुपयोग र आर्थिक शोषणसम्मका घटनाबारे उल्लेख गर्दै उनले चेतावनी दिए। “कसैलाई छिट्टै विश्वास नगर्नुहोस्पासवर्ड कसैलाई नदिनुहोस्रिसको झोकमा सामाजिक सञ्जालमा गाली नगर्नुहोस् साइबर कानुनले कारबाही गर्छ,” उनले भने।

घटना भए तुरुन्त प्रहरी र अभिभावकलाई जानकारी गराउन आग्रह गर्दै प्रविधिको मिसयुजले कानुनी सजाय मात्रै होइनजीवनमै दुर्घटना निम्त्याउन सक्ने र यस्तो अवस्थामा नेपाल प्रहरी सदैव सहयोगका लागि तयार रहेको बताए । 

सिल्भर गेट सफ्टवेयर प्रा.लि. का सिईओ करुण थापाले एआई फर आन्टरपेनसीप विषयमा प्रस्तुति दिँदै व्यवसायमा एआईको प्रयोगबारे जानकारी गराए।

एआईलाई बुझ्ने गरी प्रश्न गरियो भने यसले उत्कृष्ट उत्तर दिन्छ,” उनले भने, “२०२२ मा च्याटजिपीटी आएपछि यसको प्रयोग तीव्र रूपमा बढेको छ।”

उनका अनुसार एआईले भर्चुअल असिस्टेन्टम्युजिक र भिडियो निर्माणलोगो डिजाइनबिजनेस प्लान र बजेटिङ जस्ता काममा ठूलो सहयोग गरिरहेको छ।

गुगलजस्ता प्लेटफर्मसँग विशाल डेटा भएकाले जेमिनाईजस्ता टुल अझ शक्तिशाली बनेका छन्,” थापाले बताए।

 पूर्वाञ्चल विश्वविद्यालयका ईश्वर भण्डारीले डिजिटल मार्केटिङ र ई–कमर्स विषयमा प्रस्तुति दिँदै सामाजिक सञ्जाल नै आजको प्लेटफर्म र पसल बनेको बताए।

पहिले फेसबुकबाट सामान बिक्छ भन्ने कल्पना पनि थिएनआज स्थिति पूरै बदलिएको छ,” उनले भने, “कम्युनिटी अनलाइन बनाउन सकियो भने ठूलो अवसर सिर्जना हुन्छ।”

उनले डिजिटल व्यापार कुनै उमेर वा वर्गमा सीमित नरहेको उल्लेख गर्दै सबैले यसको फाइदा लिन सक्ने बताए।

कार्यक्रममा विद्यार्थीहरूले एआईको अनुसन्धानमा प्रयोगटेलिग्राममा आउने अफरहरू लगायत विषयमा जिज्ञासा राखेका थिए। जवाफमा एसपी कटुवालले रातारात धनी हुने लोभमा नपर्न र प्रतिबन्धित वा अविश्वसनीय प्लेटफर्मप्रति सचेत रहन आग्रह गरे। कार्यक्रमले प्रविधिको सही प्रयोगसावधानी र अवसरबारे सहभागीलाई महत्वपूर्ण सन्देश दिएको कार्यक्रम संयोजक अनिल शारडाले बताए ।

 


विराटनगर । विराट ट्रेड एक्स्पोमा उद्योग र व्यापारसँग सम्बन्धित थिमेटिक सेसन औपचारिक रूपमा सुरु भएको छ । मोरङ उद्योग व्यापार संघको आयोजनामा बुधबारदेखि सुरु भएको एक्स्पोअन्तर्गत विहीबार विभिन्न विषयमा केन्द्रितसेसनकोउद्घाटन गरिएकोहो ।

सेसनको उद्घाटन संघका अध्यक्ष अनुपम राठी र प्रमुख अतिथि संघका पूर्वअध्यक्ष शंकरलाल अग्रवालले संयुक्त रूपमा गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै संघका अध्यक्ष राठीले महिला उद्यमशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले यस वर्ष अलग्गै सेसन समावेश गरिएको बताए ।

“पछिल्ला दुई-तीन दशक हेर्दा उद्योग–व्यवसायमा पुरुषको वर्चस्व देखिन्छ, तर अहिले विश्वभर महिला उद्यमशीलता तीव्र रूपमा बढ्दै गएको छ,” राठीले भने, “हाम्रो समाज पनि परिवर्तन हुन जरुरी छ । महिला उद्यमीका संघर्ष, समस्या र सफलताका वास्तविक कथामार्फत व्यवसायिक यात्रा कस्तो हुन्छ भन्ने सन्देश दिन खोजेका हौं ।”

उनका अनुसार सेसनले महिला उद्यमीबीच नेटवर्क विस्तार गर्न र समाजमा ‘महिला उद्यमशीलता आजको आवश्यकता हो’ भन्ने सन्देश प्रवाह गर्ने लक्ष्य लिएको छ ।

कार्यक्रम संयोजक अनिल शारडाले एक्स्पो अवधिभर नियमित रूपमा थिमेटिक सेसन सञ्चालन गरिने जानकारी दिए ।
“यो पटक फरक ढंगले एक्स्पो स्थलमै पहिलो पटक यस्ता सेसन आयोजना गरिएको हो,” उनले भने, “विद्यार्थीलाई केन्द्रमा राखेर उद्यमशीलताका सैद्धान्तिक र व्यवहारिक आयामबारे ज्ञान दिने उद्देश्य राखिएको छ ।”

पहिलो दिनको पहिलो सेसन ‘महिला उद्यमशीलताः चुनौती, अवसर र सफलताका कथा’ विषयमा केन्द्रित थियो । ‘माई भ्वाइस, माई स्टोरी’ शीर्षकमा भएको छलफलको सहजीकरण श्रुती शर्माले गरेकी थिइन् । सहभागी वक्ताहरूले महिला उद्यमशीलता अझै अपेक्षित रूपमा नबढे पनि सम्भावनाका ढोका खुला रहेको धारणा राखे ।

सेसनकी किनोट स्पिकर विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले आफ्नो उद्यमशीलता र राजनीतिक यात्राको अनुभवबारे जानकारी गराइन । “म विद्यार्थी हुँदा राजनीतिमा आउने कल्पना नै थिएन,” उनले भनिन्, “विवाहपछि करिअर सकिन्छ भन्ने सोच गलत हो । मैले विवाहपछि नै धेरै उपलब्धि हासिल गरेँ ।”

फेसन डिजाइनिङप्रतिको रुचि, पारिवारिक व्यवसाय, बुटिक र  उद्योग सञ्चालनदेखि राजनीतिसम्मको यात्राबारे बोल्दै उनले भनिन्, “आफ्नै पहिचान बनाउनुपर्छ भन्ने सोचले मलाई अघि बढायो।चुनौती धेरैआए, तर हार मानिनँ ।”

उनले महिला उद्यमीलाई सन्देश दिँदै भनिन्, “नेपालमा काम गर्ने वातावरण छैन भन्ने होइन, बाटो आफैं बनाउनु पर्छ । चुनौती नचिर्ने हो भने आउने पुस्तालाई झनै गाह्रो हुन्छ ।”

लिलिपुट प्रिमियर स्कुलकी सञ्चालक अमिना तिम्सिनाले शिक्षा क्षेत्रमा डेढ दशक अघिदेखिको उद्यमशील यात्राबारे आफ्ना अनुभव आदान प्रदान गरिन् । “सात जना विद्यार्थीबाट सुरु गरिएको स्कुल आज ९ सय विद्यार्थी र १२० स्टाफको परिवार बनेको छ,” उनले भनिन् ।

उनका अनुसार शिक्षा क्षेत्रमा सफलता एकदिनको प्रयासले होइन, निरन्तर फोकस र अभिभावकको विश्वासले सम्भव हुन्छ । “आफूलाई अपडेट नगरे आउटडेटेड भइन्छ,” भन्दै तिम्सिनाले प्रविधि र व्यवस्थापकीय ज्ञान अपरिहार्य भएको उल्लेख गरिन् ।

धरानकी उद्यमी तथा ‘मनतुना चकलेट’ ब्रान्डकी सञ्चालक अंकिता गिरीले आफ्नो संघर्षपूर्ण यात्रा सुनाइन् । “ब्रान्ड बनाउनु सजिलो थिएन, दुर्घटना र असफलतासमेत भोगें,” उनले भनिन्, “तर सपना बुन्न छाडिनँ । सानोबाट सुरु गर्नुहोस्, एकदिन त्यो ठूलो बन्छ ।”

रिट कस्मेटिक्सकी सञ्चालक अञ्जना कट्टेल सुवेदीले उद्यमी बन्नुअघि कर्मचारीको अनुभव अनिवार्य हुने धारणा राखिन् ।

“इम्प्लोइको संघर्ष बुझेपछि मात्र राम्रो उद्यमी बन्न सकिन्छ,” उनले भनिन् । कम्फर्ट जोनबाट बाहिर ननिस्केसम्म महिलाहरुले धेरै काम गर्न नसक्ने बताउँदै आफू पहिले कर्मचारीको रुपमा कार्य गर्दै उद्यमी बनेको बताइन । उनले भनिन्,“चुनौतीलाई अवसरका रूपमा लिएर अघि बढ्न सक्यौं भने सफलता टाढा हुँदैन ।”

बारी रोस्टरीकी सञ्चालक डिना प्रधानले नेपाली कफीलाई ब्रान्ड बनाउने यात्राबारे आफ्ना अनुभव साटासाट गरेकी थिइन । “कोभिडको कठिन समयमा पनि नेपाली कफी प्रवद्र्धन गर्ने सोचले अघि बढ्यौं,” उनले भनिन्, “अवसर नेपालमै छन्, सोच र निरन्तरता चाहिन्छ ।”

सफ्टवेयर उद्यमी लुबिना शर्माले आईटी क्षेत्रमा महिला सहभागिता अझै कम भए पनि सम्भावना प्रशस्तै रहेको बताइन् ।
“इन्टरनेट र स्किल भए जहाँबाट पनि काम गर्न सकिन्छ,” उनले भनिन्, “सिनारियो परिवर्तन हुँदैछ, अगाडि बढिरहनु नै मुख्य कुरा हो ।”

संघका अनुसार शुक्रबार आईटी, साइबर सेक्युरिटी, एआई, डिजिटल मार्केटिङ, ई–कमर्स र स्टार्टअप आइडिया पिचिङसम्बन्धी सेसन हुनेछन् । सरकारले ल्याएका नीतिले उद्यमशीलता कसरी बढाउँछ भन्ने विषयमा समेत छलफल गरिनेछ ।

विराट ट्रेड एक्स्पोअन्तर्गत सुरु भएको यी थिमेटिक सेसनले महिला, युवा र विद्यार्थीलाई उद्यमशीलतातर्फ आकर्षित गर्ने कार्यक्रम संयोजक अनिल शारडाले बताए ।


काठमाडौं २०८२ पौष ११ गते | ( माधव कार्की ) नेपालगञ्ज / बास नेपाल बर्दिया शाखाले हिजो बर्दियाको गुलरियामा कपडा बैंकको शुभारम्भ गरेकोछ । हुनेवाट नहुनेलाई उपहार, न्यानो बाँडौ मानवता जोगाऔं भन्ने मुल उद्धेश्यका साथ आज गुलरियाको राधाकृष्ण चौकमा एक कार्यक्रमका बिच उक्त कपडा बैंक शुभारुम्भ गरिएको हो। 


चिसो मौसममा कोही पनि मानिस कपडा लगाउनबाट बञ्चित हुन नपरोश, साथै हामी सबैले सानो सानो सहयोगको साथ हातेमालो गरी अगाडी बढेपछि यो कठ्ङग्रीदो चिसो मौसममा बालबालिका देखि जेष्ठ नागरिकहरु सम्मालाई सहयोग पुग्ने उद्धेश्य बोकेर बास नेपाल बर्दिया शाखाका जुझारु युवाहरु मिलेर कपडा बैंक स्थापना गर्ने योजना अघि बढाए । 

हुनेले आर्थिक सहयोग तथा आर्थिक नहुनेहरु बाट कपडा संकलन गरेर आफ्नो अभियान लाई अगाडी बढाएका बास नेपाल बर्दिका शाखाका पदाधिकारीहरुले आज राधाकृष्ण चौकमा एक भब्य कार्यक्रमको  आयोजना गरी उक्त कपडा बैंकको शुभारम्भ गरियो । 
बास नेपालका केन्द्रीय उपाध्यक्ष खुमेश सुबेदीको प्रमुख आतिथ्यतामा आयोजना गरिएको उक्त कार्यक्रममा बास नेपालका केन्द्रीय सचिव जोशिना थारु, केन्द्रीय सदस्य ईश्वर बिक, कायकारी निर्देशक नमस्कार शाह, पुर्ब केन्द्रीय सदस्य नैन सुनार, जन सम्पर्क अधिकृत माधव कार्की,प्रशासन सहायक मिना घर्तिमगरको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि खुमेश सुबेदीले रिबन काटेर कपडा बैंकको शुभारम्भ गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि सुबेदी बाट कपडा लिन आएका ब्यक्तिहरुलाई कपडा प्रदान गरिएको थियो । सो कार्यक्रममा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले आफ्नो मन्तब्य राख्दै यस महान कार्यको थालनि गरेकोमा शाखाका सम्पुर्ण पदाधिकारीहरुलाई धन्यवाद दिए । बिभिन्न पेशा ब्यवसायमा ब्यस्त हुँदा हुँदै पनि टिमको यो अग्रसरता सधैभरी रहिरहोश भन्दै कपडा बैकको स्थापना मात्र नभई यसलाई ब्यवस्थापन गर्न चुनौती रहेकोले त्यसतर्फ ध्यान दिन अनुरोध पनि गरे । 

त्यस्तै आफ्नो भनाई राख्दै बास नेपालका पुर्ब केन्द्रय सदस्य तथा गुलरिया नगरपालिकाको कार्यपालिका सदस्य नैन सुनारले शाखाले गरेका यी र यस्ता कार्यमा हामी सबैको समन्वय र सहकार्यको खाँचो हुने कुरा बताए ।

संकलन गरिएका कपडाहरु कपडा लिन आएका ब्यक्तिहरुलाई सोही अवसरमा बितरण गरिएको थियो । 
बास नेपाल बर्दिया शाखाका अध्यक्ष राम सुनाम को अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत मन्तब्य बास बर्दिया शाखाका कोषाध्यक्ष राम भण्डारीले राखेका थिए । कार्यक्रम सञ्चालन बास नेपाल बर्दिया शाखाका सदस्य लक्ष्मण भण्डारीले गरेका थिए । 


विराटनगर पुस  ८ गते । सरस्वती स्कुल  र सत्यनारायण स्कुल चौथो विराटनगर हव अन्तर स्कुल क्रिकेट प्रतियोगितामाको फाइनलमा प्रवेश गरेको छ ।

नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा मेरिलेवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा मंगलबार भएको पहिलोे सेमिफाइनल खेलमा सरस्वती स्कुलले अर्किड स्कुललाई ६ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको अर्किडले निर्धारित २० ओभरको खेलमा १४ दशमलव २ बलमा सवै विकेट गुमाई ७२ रनको सामान्य योगफल तयार पारेको   थियो । अर्किडका अभय कामतले १६ रनको योगदान दिए । सरस्वतीका प्लेयर अफ म्याच  प्रशान्त यादवले ४ ओभरमा किपायती बलिङ गर्दै १० रन दिए ७ विकेट लिए ।

जवाफमा ७३ रनको लक्ष पछ्याएको सरस्वतीले १५ दशमलव ३ बलमा ४ विकेटको क्षतिमा सो लक्ष पार गरेको थियो । सरस्वतीका प्रशान्त यादवले अविजित २५ रन जोड्दा दिगाम्बर यादवले २२ रनको योगदान दिए । अर्किडका अभय कामतले २ विकेट लिए ।

दोस्रो सेमिफाइनल खेलमा सत्यनारायण स्कुलले ग्रिनपिस स्कुललाई ३३ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको सत्यनारायणले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ४० रनको योगफल तयार पारेको थियो । सत्यनारायणका मनिस कामतले ३२ रन बनाउँदा सागर यादवले अविजित ३१ रनको योगदान दिए । ग्रिनपिसका महमद समिमले २ विकेट लिँदा मिराज शेखले पनि २ लिए ।

जवाफमा १ सय ४१ रनकोे लक्ष पाएको ग्रिनपिसले पुरै ओभर खैल्दै ८ विकेट गुमाई १ सय ७ रनमा मात्र सिमित भयो । ग्रिनपिसका सिोहेव आलमले ४४ रनको योगदान दिए । सत्यनारायणका प्लेयर अफ म्याच सागर यादवले ४ ओभरमा ३७ रन दिए ५ विकेट लिए ।


विराटनगर  मंसिर ६ गते । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा मेरिलेवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा चौथो विराटनगर हव अन्तर स्कुल क्रिकेट प्रतियोगितामामा ग्रिनपिस स्कुल  र सरस्वती स्कुल विजयी भइ सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको पहिलो क्वाटरफाइनल खेलमा ग्रिनपिस स्कुलले ग्रिनल्याड स्कुललाई ५ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको ग्रिनल्याण्डले निर्धारित २० ओभरको खेलमा १७ दशमलव २ बलमा सवै विकेट गुमाई ९२ रनको योगफल तयार पारेको थियो । ग्रिनल्याण्डका प्रिन्स यादवले  १९ रनको योगदान दिए । ग्रिनपिसका प्लेयर अफ म्याच मेराज शैखले ३ विकेट लिँदा महमद समिमले पनि ३ विकेट लिए ।

जवाफमा ९३ रनको लक्ष पछ्याएको ग्रिनपिसले १० दशमलव ५ बलमा ५ विकेटको क्षतिमा सो लक्ष पार गरेको थियो । ग्रिनपिसका महमद मफुजले सर्वाधिक १८ रनको योगदान दिए । ग्रिनल्याण्डका इवान राईले २ विकेट लिए ।

दोस्रो खेलमा सरस्वती स्कुलले आदर्श स्कुललाई ६ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको आदर्शले निर्धारित २० ओभरको खेलमा १४ दशमलव ५ बलमा सवै विकेट गुमाई ५७ रनको झिनो योगफल तयार पारेको थियो । आदर्शका आरिफ रैनले सर्वाधिक १४ रनको योगदान दिए । सरस्वतीका प्लेयर अफ म्याच  सुरज मण्डलले सर्वाधक ४ विकेट लिए ।

जवाफमा ५८ रनको झिनो लक्ष पाएको सरस्वतीले ११ दशमलव २ बलमा  ४ विकेटको गुमाई सो विजयी लक्ष भेट्टाएको थियो । सरस्वतीका विकाश कामतले ११ रनको योगदान दिए । आदर्शका धनन्जय सहनीले ३ विकेट दिए ।


विराटनगर २०८२ पौष १ गते | उद्योग संगठन मोरङको प्रतिनिधिमण्डलले अर्थमन्त्री रामेश्वर खनाल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हा तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीसँग भेट गरी उद्योग–व्यवसाय क्षेत्रसँग सम्बन्धित समसामयिक समस्याहरू र सुझावहरू प्रस्तुत गर्दै तिनको कार्यान्वयनका लागि आग्रह गरेको छ ।

 अध्यक्ष नन्दकिशोर राठीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा संगठनका निर्वतमान अध्यक्ष राकेश सुराना, वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलाल, उपाध्यक्षहरू सुरेन्द्र गोल्छा र विपिन कावरा, कार्यसमिति सदस्यहरू सन्तोष भगत, उकेश अग्रवाल र जयेन्द्र शर्मा तथा महानिर्देशक चुडामणि भट्टराई सहभागी रहनुभएको थियो ।

 मन्त्रीहरूसँगको छलफलका क्रममा अध्यक्ष राठीले निजी क्षेत्रले मुलुकको आर्थिक, औद्योगिक तथा सामाजिक विकासमा पु¥याउँदै आएको योगदानलाई मध्यनजर गर्दै सरकारले स्पष्ट, सकारात्मक र भरोसायुक्त सन्देशमार्फत निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको उद्योग–व्यवसाय क्षेत्रको निर्वाध सञ्चालनका लागि प्रक्रियागत जटिलताको सरलीकरण, शान्ति–सुरक्षाको प्रत्याभूति तथा लगानीमैत्री वातावरण निर्माण अत्यावश्यक रहेको उल्लेख गर्दै निजी क्षेत्रले ती विषयको प्रत्यक्ष अनुभूति गर्न सक्ने वातावरण निर्माण गर्न आग्रह गर्नुभयो ।

छलफलका क्रममा मन्त्रीहरूले संगठनद्वारा प्रस्तुत सुझावहरूलाई सकारात्मक रूपमा लिँदै तत्काल कार्यान्वयन गर्न सकिने विषयहरू यथाशीघ्र अघि बढाउने र नीतिगत प्रकृतिका विषयहरू आगामी सरकारका लागि नोटका रूपमा राखिने स्पष्ट पारेको जानकारी अध्यक्ष राठीले दिनुभयो ।

प्रतिनिधिमण्डलले निम्न सुझावहरू प्रस्तुत गरेको छः

निजी क्षेत्रको खस्कँदो मनोबल उकास्ने

निजी क्षेत्रले आर्थिक, औद्योगिक तथा सामाजिक रूपान्तरणमा पु¥याएको योगदानलाई सम्मान गर्दै सरकारका तर्फबाट सकारात्मक वातावरण सिर्जना गर्न पहल गर्नुपर्ने तथा भयमुक्त अवस्थामा उद्योग–व्यवसाय सञ्चालन हुने व्यवस्था मिलाउनुपर्ने ।

 सुख्खा मौसममा विद्युत आपूर्तिको सुनिश्चितता

नजिकिँदै गरेको सुख्खायामलाई ध्यानमा राखी उद्योग–व्यवसाय क्षेत्रका लागि आवश्यक विद्युत आपूर्तिको सुनिश्चितता गर्न पहल गर्नुपर्ने । साथै सुनसरीको बर्जुमा निर्माणाधीन सब–स्टेसन अविलम्ब सम्पन्न गर्न तथा सुनसरी–मोरङ–कटहरी औद्योगिक करिडोरका जिर्ण अवस्थामा रहेका ट्रान्समिसन लाइनको मर्मत–सम्भार गर्नुपर्ने ।

विराटनगर आईसीपीसम्म रेल्वे कार्गो सेवा सञ्चालन

विराटनगर कार्गो रेल सेवालाई व्यावसायिक रूपमा सञ्चालन गर्न नेपालस्थित रेल्वे यार्डमा लाग्ने ह्यान्डलिङ शुल्क तत्काल परिमार्जन गरी सेवा नियमित सञ्चालनमा ल्याउनुपर्ने ।

 मोरङ–कटहरी खण्डको हुलाकी सडक

मोरङको कटहरी क्षेत्रअन्तर्गतको हुलाकी सडक खण्डको निर्माण प्रक्रिया पुनः प्रारम्भ गरी निर्माण कार्य अविलम्ब सम्पन्न गर्नुपर्ने ।

 सार्वजनिक निकायमा स्वदेशी उत्पादनको प्रयोग

सार्वजनिक निकायहरूमा अधिकतम रूपमा स्वदेशी उत्पादनको प्रयोग सुनिश्चित गर्नुपर्ने ।

  निर्यातमा नगद अनुदान

उद्योग–व्यवसायलाई निर्यातमा प्रदान गरिँदै आएको नगद अनुदान व्यवस्थालाई निरन्तरता दिई यथाशीघ्र कार्यविधि निर्माण गरी निवेदन लिने प्रक्रिया पुनः सुरु गर्नुपर्ने ।

 पूँजीगत खर्चको वृद्धि

समग्र बजारलाई पुनः गतिशील बनाउन पूँजीगत तथा सार्वजनिक खर्च वृद्धि गर्ने दिशामा आवश्यक पहल गर्नुपर्ने ।

 भन्सार ऐन २०८२ सम्बन्धमा

गत मंसिर २० गतेदेखि कार्यान्वयनमा आएको नयाँ भन्सार ऐन २०८२ मा समावेश भएका उद्योग–व्यवसाय क्षेत्रमा दीर्घकालीन नकारात्मक प्रभाव पार्न सक्ने प्रावधानहरू संशोधन गर्नुपर्ने ।

प्रक्रियागत जटिलता सरलीकरण

उद्योग–व्यवसायले विभिन्न सरकारी निकायबाट प्राप्त गर्नुपर्ने सेवा–सुविधा, भ्याट तथा करसम्बन्धी प्रक्रिया, व्यवसाय दर्ता तथा नवीकरण, बन्डेड वेयरहाउस दर्ता तथा नवीकरणलगायतका प्रक्रियालाई सरल, छरितो र सहज बनाउने व्यवस्था गर्नुपर्ने ।

 


बिराटनगर २०८२ मंसिर २९ गते | मंसिर २० गते देखि कार्यान्वयनमा आएको संशोधित भन्सार ऐन, २०८२ का विविध पक्षहरू तथा यसका प्रावधानहरूले उद्योग–व्यवसायमा पार्ने प्रभावका विषयमा सरोकारवालाहरूसंगअन्तरक्रिया कार्यक्रम भएको छ ।

ऐनमा समेटिएका व्यवस्था तथा प्रावधानबारे उद्योगी÷व्यवसायीहरूलाई जानकारी गराउने उद्देश्यले उद्योग संगठन मोरङको आयोजनामा तथा विराटनगर भन्सार कार्यालयको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले वर्तमान व्यवस्थाअनुसार औद्योगिक मिल मेसिनरी, कच्चा पदार्थ तथा पार्टपुर्जाहरू बिग्रिएर पुनः फिर्ता पठाउनु पर्दा ९० दिनभित्र पठाउनुपर्ने व्यवस्था अव्यवहारिक रहेको उल्लेख गर्दै सो अवधि १८० दिन कायम गर्नुपर्ने आवश्यकता औंल्याए । साथै, अत्यधिक दण्ड जरिवानाका प्रावधानहरूले उद्योगीहरूलाई प्रोत्साहन गर्नेभन्दा निरुत्साहित गर्ने अवस्था सिर्जना भएको बताउदै मानवीय त्रुटि र नियतवश गरिने कार्यलाई स्पष्ट रूपमा छुट्याई दण्ड जरिवानाको प्रावधान पुनरावलोकन गर्नुपर्ने धारणा व्यक्त गरे । उनले प्रशासकीय पुनरावलोकनका क्रममा धरौटीका रूपमा नगदसंगै बैंक ग्यारेन्टी समेत राख्न पाउने व्यवस्था हुनुपर्नेमा जोड दिए ।

विराटनगर भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठले संशोधित भन्सार ऐनले उद्योगी÷व्यवसायीहरूलाई सहजीकरण गर्दै काम गर्न थप सहज बनाउने विश्वास व्यक्त गरे । उनले नियमावली आउने क्रममा रहेको वताउदै ऐन कार्यान्वयन गर्दा आउने समस्याहरुलाई समाधान गरिदै लैजाने स्पष्ट पारे ।

त्यसैगरी, भन्सार अधिकृत तुलसीराम रेग्मीले संशोधित भन्सार ऐनमा समावेश गरिएका प्रमुख प्रावधान तथा व्यवस्थाबारे प्रकाश पार्दै ऐन परिमार्जित रूपमा आएकाले यसले भन्सार प्रक्रिया थप सरल र प्रभावकारी बनाउने बताए ।

 विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष देवकीनन्दन शर्माले पनि मानवीय त्रुटि र नियतवश गरिने गल्तीलाई स्पष्ट रूपमा वर्गीकरण गरी सोहीअनुसार दण्ड जरिवानाको व्यवस्था हुनुपर्ने धारणा व्यक्त   गरे ।

 अन्तरक्रिया कार्यक्रममा संगठनका निवर्तमान अध्यक्ष्ँ राकेश सुराना, उपाध्यक्ष्ँ सुरेन्द्र गोल्छा, विपिन कावरा, सुवोध कोईराला, कार्यसमिति सदस्य सन्तोष भगत, विरेन्द्र राठी, दिपक अग्रवाल, जयेन्द्र शर्मा, विराटनगर भन्सार एजेन्ट संघका प्रतिनिधिहरु, उद्योगी व्यवसायीहरु र विभिन्न उद्योग प्रतिष्ठानका उच्च प्रशासकको सहभागिता रहेको थियो ।


विराटनगर । पोखरा भ्रमण वर्ष २०२५ र आउँदै गरेको २७ औं पोखरा सडक महोत्सवको प्रचार प्रसार एवं प्रवद्र्धन गर्ने उद्येश्यका साथ पुर्वी नेपालको बिराटनगरमा हिजो मसिर २८ गते आएका हुन | पोखरेली पर्यटन व्यवासयीको टोलीले नेपालको पूर्वी शहर बिराटनगर र इटहरीमा पत्रकार सम्मेलन गर्दै पूर्वेलीलाई पोखरा घुम्न निमन्त्रणा गरेको छ । पोखरा भ्रमण वर्ष २०२५ कार्य सम्पादन समिति र रेवान पोखराले संयुक्त रुपमा यि शहरहरुमा पत्रकार सम्मेलनमा गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै भ्रमण वर्ष कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराईले पोखरा घुम्नका लागि यतिबेला उपयुक्त मौसम भएको बताउँदै सम्पूर्ण पुर्वेलीलाई पोखरा आउन आग्रह गर्नुभयो ।

उहाँले यतिबेल पुर्वी नेपाल र पोखरासंगको सडक सञ्जालपनि उत्कृष्ट रहेको बताउँदै बिगतमा बाटोमा हुने विभिन्न झण्झटहरु टरेको उल्लेख गर्नुभयो । पोखरालाई पर्यटकिय राजधानी शहर घोषणा गरिसकेपछि समितिले पर्यटन प्रवद्र्धनका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको उहाँले औल्याउनुभयो । मौसम लगायत सबै दृष्टीकोणबाट पोखरा घुम्न यतिबेल अनुकुल भएको जनाउँदै उहाँले पोखरा घुम्न आव्हान गर्नुभयो ।

पत्रकार सम्मेलनमा रेवान पोखराका उपाध्यक्ष एवं महोत्सव संयोजक बसन्त गौतमले पुष १३ देखि १७ गते सम्म हुन लागेको पोखरा सडक महोत्सवका आकर्षणबारे जानकारी गराउनुभयो । ‘सडकमै खाउँ, सडकमै नाचौं, सडकमै रमाउँ’ भन्ने नाराका साथ आयोजना हुँदै आएको महोत्सवले पोखरालाई आन्तरिक तथा बाह्य पर्यटकलाई अंग्रेजी नया वर्षको गन्तव्य स्थलका रुपमा विकास गरेको उहाँले जनाउनुभयो ।

गौतमका अनुसार महोत्सवमा मुख्य आर्कषणको रुपमा विभिन्न जातजातीका लोपोन्मुख साँस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रदर्शन, झाँकी प्रदर्शन प्रतियोगिता, राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाको प्रदर्शन, लाइभ कन्सर्ट, खेलकुद तर्फ डुंगा दौड प्रतियोगिता, वेटर रेस, डोरी तान्ने प्रतियोगिता, मःम तथा ससेज खाने लगायत अन्य थप प्रतियोगिताहरु समावेस गरिने छ । सचेतनामुलक सडक नाटक, सेल्फी फोटो बुथलगायत रहनेछन् ।

सो अवसरमा पोखरा र पोखरा सडक महोत्सवको प्रवद्र्धनात्मक श्रव्यदृष्य सामग्री प्रस्तुत गरिएको थियो । त्यसअघि नेपाल पत्रकार महासंघ इटहरीले भ्रमणकारी पोखरेली पर्यटन व्यवसायीको टोलीलाई रुद्राक्षको माला अर्पण गर्दै स्वागत गरेको थियो ।

महोत्सवको मुख्य प्रायोजकमा गोर्खा व्रुअरी प्रालि र सह प्रायोजकमा यति डिष्ट्रिलरी, बोटलर्स नेपाल (तराई) र दि नेपाल डिष्टिलरी प्रालि रहेका छन् । प्रवद्र्धकमा नेपाल पर्यटन वोर्ड, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार, पोखरा भ्रमण वर्ष २०२५ र पोखरा पर्यटन परिषद् रहेका छन् । त्यस्तै सिद्धार्थ बैंक लिमिटेड बैंकिङ पार्टनरमा रहेको छ । म पानी, गृहलक्ष्मी ग्याँस, अन्नपूर्ण केवल कार, रेड बुल सहयोगी संस्थामा रहेको उहाँले जानकारी दिनुभयो ।

महोत्सवमा पोखरा सेरोफेरोको स्थानीय उत्पादित हस्तकला, चित्रकला, मुर्तिकला तथा कृषि, वनस्पती लगायतका कृषि उपजहरुलाई प्राथमिकता साथ प्रदर्शनी गरिने छ । त्यस्तै, पोखराका विभिन्न साहसिक गतिविधि समेटिएको वृत्तचित्र प्रदर्शन, पर्यटकीय गन्तब्यको प्रवद्र्दन गरिने छ । रेवान पोखराका महासचिव बीरेन्द्र शेरचनले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

समारोहमा बोल्दै होटल संघ चितनका अध्यक्ष ओम पाण्डेले पुष ११ देखि १३ गते सम्म हुन लागेको हात्ति महोत्सवका बारेमा जानकारी दिंदै अवलोकनका लागि आव्हान गर्नुभयो । २० सदस्यि उक्त भ्रमण टोलीमा पोखरा भ्रमण वर्ष–२०२५ कार्य सम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराई, रेवान पोखराका उपाध्यक्ष एवं २७ औं पोखरा सडक महोत्सवका संयोजक बसन्त गौतम, महासचिव बीरेन्द्र शेरचन, पुर्व अध्यक्ष सूर्य भुजेल, सदस्य लोक गुरुन, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष माधब बराल रहेका छन् ।

त्यसैगरि टोलीमा पत्रकार बिनोद लामिछाने, राजु गिरी, नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहाल, सडक महोत्सवका सह–संयोजकद्वय सुनिल भट्टराई र सुमन भट्टराई, नारा गण्डकीका अध्यक्ष बीरेन्द्र लामा, पोखरा भ्रमण वर्ष समितिका दामोदर भक्त थापा, कृष्णचन्द्र न्यौपाने, पोखरा नगरपालिका आर्थिक प्रशासन प्रमुख छवि शर्मा, व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख नवराज अधिकारी, किरण रेग्मी, होटल चितवन होटल संघका ओम पाण्डे, पोखरा उद्योग वाणिज्य संघका उपाघ्यक्ष दिनेस वाँस्तोला, ना गण्डकीका अध्यक्ष अनिल केसी रहेका छन् ।


विराटनगर मंसिर  २८ गते । माहेश्वरी महिला मञ्च विराटनगरको आयोजनामा ‘नानी बाई रो मायरो’ नामक तीन दिने भव्य धार्मिक कथा–प्रवचन उत्सव हुने भएको छ ।

कार्यक्रममा गोवत्स श्रीबिठ्ठलजी महाराजबाट रसिलो कथा, भजन–कीर्तन र मारवाडी भाषामा आध्यात्मिक प्रवचन हुने आयोजक माहेश्वरी महिला मञ्चले जानकारी दिएको छ ।

नानी बाई रो मायरो राजस्थान ९मारवाड क्षेत्र०को लोक–भक्ति कथामा आधारित एक अत्यन्त प्रसिद्ध भक्तिकथा हो । यो कथा नानी बाई नामकी भक्त र भगवान श्रीकृष्णप्रतिको उनको अटुट श्रद्धा वरिपरि घुमेको छ ।

कथाअनुसार, नानी बाई एक गरिब तर परम कृष्णभक्त थिइन् । एक समय समाजिक र पारिवारिक कठिनाइका कारण उनलाई मायरो अर्थात् माइतीबाट सहयोग आवश्यक पर्छ । तर मानवीय सहयोग सम्भव नदेखिएपछि उनले पूर्ण रूपमा भगवान श्रीकृष्णमा आश्रय लिन्छिन् । नारी भक्ति र समर्पणको अनुपम उदाहरण नै नानी बाई रो मायरोको मुल कथासार मानिन्छ ।

आयोजकका अनुसार, तीनदिने प्रवचन सुरु हुनुभन्दा अघि मंगलबार बिहान शोभायात्रा निस्किने छ । कथा प्रवचनको कार्यक्रम मंगलबारदेखि बिहीबारसम्म हरेक दिन दिनको २ बजेदेखि ६ बजेसम्म अतिथि सदनको राधा मण्डपमा हुने आयोजक माहेश्वरी महिला मञ्चकी अध्यक्ष ललिता जाजुले जानकारी दिइन् ।


विराटनगर  मंसिर २८ गते । नेपाल क्रिकेट फाउण्डेशन विराटनगरले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानसँग एकात्मताको रूपमा कोशी प्रदेशका चार विभिन्न क्षेत्रमा ‘ओरेन्ज कप क्रिकेट २०२५’ सम्पन्न गरेको छ ।

फाउण्डेशनले एम सी सी फाउण्डेशन, क्रिकेट विदआउट बाउन्ड्रीज, क्रिकेट युनाइट्सको सहयोगमा तथा कोशी प्रदेश क्रिकेट संघ, मोरङ जिल्ला क्रिकेट संघ, सुनसरी जिल्ला क्रिकेट संघ र उदयपुर जिल्ला क्रिकेट संघसँगको सहकार्यमायस प्रतियोगिता गरिएको थियो । ओरेन्ज कपले सामाजिक रूपान्तरणसँग जोड्दै लैङ्गिक समानता, समावेशिता र सशक्तीकरणको सन्देश दिएको छ ।

‘ओरेन्जकप’ खेलकुदलाई सामाजिक रूपान्तरणसँग जोड्ने उद्देश्यले सुरु गरिएको एक सशक्तीकरणमूलक क्रिकेट पहल हो । यो प्रतियोगिता पहिलो पटक सन् २०२४ मा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानसँग एकात्मताका रूपमा सुरु गरिएको थियो । प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुने यस अन्तर्राष्ट्रिय अभियानले महिलामाथि हुने सबै प्रकारका हिंसाको अन्त्यकालागि चेतना अभिवृद्धि, आवाज सुदृढीकरण र सामूहिक क्रियाशीलता प्रवद्र्धन गर्दछ । यस अभियानलाई खेलकुदसँग जोड्दै ‘ओरेन्जकप’ ले क्रिकेटको आत्मासँगै समानता, समावेशिता र सशक्तीकरणलाई प्रोत्साहन गर्दै आएको छ ।

विराटनगरमा आयोजित ओरेन्जकपमा महेन्द्र मा.वि.,जनपथ मा.वि., विराट बहिरा मा.वि. र श्री आदर्श मा.वि. सहभागी रहेका थिए । जसमा महेन्द्र मा.वि. ओरेन्जकप विराटनगर २०२५ को विजेता भएकोे थियो भने विराट बहिरा मा.वि. उपविजेत ाभएको थियो । पथरीमा कृतिपुर एकेडेमी, आदर्श सीता विद्यालय र हिरक मा.वि. सहभागी भएका थिए । जसमा कृतिपुर एकेडेमी विजेता तथा आदर्श सीता विद्यालय उपविजेता भएको थियो । आदर्श सीता विद्यालयकी सिन्धु मगर उत्कृष्ट बलर घोषित भइन् भने कृतिपुर एकेडेमीका सौरव बस्नेत उत्कृष्ट ब्याटर घोषित भए ।

उदयपुरमा भएको खेल जनज्यो तिविद्यालय, त्रियुगा विद्यालय, बालमन्दिर विद्यालय र राजा बस विद्यालय सहभागी थिए ।  जसमा बालमन्दिर विद्यालयले उपाधि जितेको थियो । राजा बस विद्यालयका असलोक सिंह उत्कृष्ट ब्याटर घोषित भए भने बालमन्दिर विद्यालयकी युनिशा राई उत्कृष्ट बलर घोषित भइन् । 

त्यसैगरी ेसुनसरीको तरहरामा हिमशिखर विद्यालय, सयपत्री विद्यालय, पूर्वाञ्चल विद्यालय र प्याराडाइज विद्यालय सहभागी थि ।,  जहाँ पूर्वाञ्चल विद्यालय विजेता र हिमशिखर विद्यालयउपविजेता भएको थियो । पूर्वाञ्चल विद्यालयका सपतजंग कार्की उत्कृष्ट बलर घोषित भए भने पूर्वाञ्चल विद्यालयकी निरजला निरौला उत्कृष्ट बलरका रूपमा भइन् । प्रतियोगितामा छात्रा तथा छात्र सहभागि रहेका थिए ।


विराटनगर मंसिर २७ गते । विराटनगर महानगरपालिकाका मेयरसमेत रहेका मोरङ कांग्रेसका उपसभापति नागेश कोइरालाले नेपाली कांग्रेसप्रति जेनजी समूहको आकर्षण बढ्दै गएको बताएका छन् ।

गिरी फाउण्डेसनको संयोजनमा नेपाली कांग्रेस विराटनगर वडा नम्बर ८ वडा समितिले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दैै उपसभापति कोइरालाले जेनजी समूहको असली अभिभावक कांग्रेस मात्रै भएको धारणा राखे । कांग्रेसको नेतृत्वमा देशका हरेक समस्या समाधान गरेको इतिहास कोट्याउँदै कोइरालाले अहिलेको देशको राजनैतिक संकट पनि कांग्रेसले नै समाधान गर्ने दाबी गरे । ‘२००७ साल सालदेखिको इतिहास हेर्ने हो भने हरेक आन्दोलनको नेतृत्व कांग्रेसले गरेको छ । २०४६ साल, ६२÷६३ को जनआन्दोलन, शान्ति प्रक्रिया, संविधान जारी गर्नेदेखि तीनै तहको शान्तिपूर्ण रुपमा निर्वाचन गर्ने पनि कांग्रेसले नै नेतृत्व गरेको छ,’ उनले भने, ‘अहिलेको राजनैतिक संकटको निकास पनि कांग्रेसले नै दिन्छ ।’

कांग्रेसले आफूले हारेर पनि जहिले पनि देश र जनताको उन्नतिका लागि काम गरेको स्मरण गराए । कोइरालाले नवप्रवेशीहरुलाई सकारात्मक सोचका साथ पार्टीको संगठनमा लाग्न आग्रहसमेत गरे ।

त्यस्तै महासमिति सदस्य तथा पूर्वराज्यमन्त्री दिलीप गच्छदारले राजनैतिक नेतृत्व मात्रै नभएर आर्थिक परिवर्तनको नेतृत्व पनि कांग्रेसले गर्ने बताए । त्यस्तै अर्का महासमिति सदस्य विश्वनाथ रिजालले कांग्रेसले मात्रै देश र जनताको पक्षमा काम गर्ने दाबी गरे । उनले जेनजी आन्दोलनबाट पाठ सिकेर पार्टी नयाँ सोच र विचारका साथ अगाडि बढ्नुपर्नेमा जोड दिए ।

वडा सभापति सिर्जन आचार्य (मुकेश) को अध्यक्षतामा भएको कार्यक्रममा गिरी फाउण्डेसनका अध्यक्ष तथा समाजसेवी अभिषेक गिरीले युवा पुस्तामा कांग्रेसप्रतिको आकर्षण बढ्दै गएको धारणा राखे । पार्टी प्रवेशको लहरले जेनजी समूहले कांग्रेसलाई विश्वास गरेको उनको भनाइ थियो । कांग्रेस बलियो भयो भने मात्रै देश र जनता बलियो हुने बताउँदै गिरीले कांग्रेसलाई बलियो बनाउन सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।

सो अवसरमा विभिन्न पार्टी परित्याग गरी १ सय ५० जनाभन्दा बढी कांग्रेसमा प्रवेश गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि कोइरालासहित महासमिति सदस्यद्वय गच्छदार, रिजाल, क्षेत्रीय सभापति विनोद बस्नेत, विराटनगर महानगर समितिका सभापति दीपक चापागाईं, क्षेत्र नम्बर ४ (ख)का सभापति सुबोध निरौला, सचिव सन्तनु रेग्मी, युवा नेता कृष्ण कार्की, मुकेश घिमिरेलगायतले अविर, खादा लगाएर नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गरेका थिए ।


विराटनगर मंसिर २५ गते । विनायक बोर्डिङ सेकेण्डरी स्कूलले विद्यार्थी अभिभावक र सम्पूर्ण विद्यालय समुदायका लागि उत्साह र मनोरञ्जनले भरिएको फन फिस्टा आयोजना गरेको छ ।

प्रमुख अतिथि विराटनगर प्याब्सनका अध्यक्ष अर्जुन श्रेष्ठले उद्घाटन गरेको कार्यक्रममा मोहक नृत्य प्रदर्शन, सुमधुर गायन र प्रभावशाली संगीत प्रस्तुतिसहित विद्यार्थीहरूको प्रतिभाको चम्किलो प्रदर्शन गरिएको थियो। र्याम्प वाक एक हाइलाइट थियो, जहाँ विद्यार्थीहरूले सांस्कृतिक पोशाक र रचनात्मक फेन्सी ड्रेस दुवैमा आफ्नो फेसन शैली सुरुचिपूर्ण रूपमा प्रदर्शन गरेका थिए ।

प्रि–प्राइमरी सेक्सनले आफ्नो राइम टाइम प्रदर्शनसहित आकर्षण थपेका थिए , त्यसपछि अभिभावक सन्तान र्याम्प वाकले हृदयस्पर्शी क्षण प्रदान गरेको थियो ।

फिस्टामा विभिन्न प्रकारका खाद्य स्टलहरू पनि थिए जसले विभिन्न प्रकारका पाककलाका परिकारहरू प्रदान गरेको थियो । पकौडा, तातो चिया, स्वादिष्ट मोमो र चाउमिन जस्ता स्वादिष्ट खाजा परिका र फिष्टामा रहेको प्रिन्सिपल मिथलेश ठाकुरले जानकारी दिए ।

उत्सवको वातावरणमा थप गर्दै, विभिन्न रोमाञ्चक खेल स्टलहरूले सहभागीहरूलाई मनोरञ्जन प्रदान गरेका थिए । स्कूलमा आयोजित फन फिस्टा एक सफलतापूर्ण कार्यक्रम रह्यो, जसले समुदायको भावनालाई प्रवद्र्धन गर्दै सहभागी सबैका लागि यादगार अनुभव रहेको स्कुलका निर्देशक कम्लेश ठाकुरले बताए ।


विराटनगर मंसिर २५ गते । कोशी प्रदेशमा आधुनिक खेलकुद पूर्वाधार निर्माण गर्ने लक्ष्यसहित पाँच करोड रुपैयाँको लगानीमा विकसित गरिएको विराट स्पोर्ट्स जोन यहि मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ । ३० कट्ठा क्षेत्रफलमा तयार गरिएको यो संरचना प्रदेशको खेलकुद क्षेत्रलाई नयाँ दिशामा अघि बढाउनेगरी निर्माण गरिएको व्यवस्थापनले पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

अध्यक्ष हरि बजगाई, सचिव नवराज काफ्ले, कोषाध्यक्ष राज ढकाल तथा सदस्य अम्बिका अधिकारी, धड्कन कट्टेल र रेखा उप्रेतीको नेतृत्वमा स्पोर्ट्स जोनलाई सुरक्षित, सुव्यवस्थित र अन्तर्राष्ट्रिय स्तरको खेलकुद केन्द्रका रूपमा विस्तार गर्ने काम अघि बढाइएको छ।

नेपालकै व्यवस्थित र ठूलो क्रिकेट एकेडेमी मुख्य आकर्षण,

विराट स्पोर्ट्स जोनको मुख्य आकर्षण अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिएको क्रिकेट एकेडेमी हो।

यस एकेडेमीमा राष्ट्रिय क्रिकेट खेलाडी सिद्धान्त लोहनीसहित अनुभवी प्रशिक्षकहरूले प्रशिक्षण दिनेछन्।

बहु–पिच सुविधा, अत्याधुनिक उपकरण र व्यवस्थित तालिम संरचनासहित यो एकेडेमीले प्रदेशमा क्रिकेट प्रतिभा विकासलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

पूर्वाञ्चलमै पहिलोपटक गो–कार्ट सेवा,

स्पोर्ट्स जोनले पूर्वाञ्चलमै पहिलोपटक गो–कार्ट ट्र्याक सञ्चालनमा ल्याउँदैछ, जुन सबै उमेरका खेलकुद तथा रोमाञ्च–प्रेमीका लागि आकर्षक केन्द्र बन्ने अनुमान गरिएको छ।

आधुनिक सुरक्षा मापदण्ड, व्यवस्थित ट्र्याक र सुरक्षात्मक उपकरणसहित यो सेवा प्रदेशकै नयाँ अनुभवको रूपमा प्रस्तुत गरिएको छ।

अन्य खेल तथा प्रशिक्षण गतिविधि,

फुटसल, क्रीकसल, स्केटिङ, ब्याडमिन्टन, पिकल बल र टेबल टेनिस यहाँको अन्य आकर्षण हुन्।

त्यस्तै फुटबल तथा तेक्वान्दो प्रशिक्षण कार्यक्रम पनि अनुभवी प्रशिक्षकहरूको मार्गदर्शनमा सञ्चालन हुनेछन्।

२५ भन्दा बढी कर्मचारी परिचालनसहित खेलप्रेमीलाई सहज सेवा उपलब्ध गराउने तयारी पूरा भएको व्यवस्थापनले जनाएको छ।



विराटनगर  मंसिर २४ गते । विराटनगरस्थित अरनिको कलेजले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा कक्षा १२ की छात्रा स्मृति आचार्य प्रथम भएकी छन् ।

‘सपना र संघर्षको संगम ः जेनजी युवाको पहिचान’ विषयमा आयोजित उत्कृष्ट विचार प्रस्तुत गरेर स्मृति प्रथम भएकी हुन् । त्यस्तै प्रतियोगितामा समीक्षा पौडेल द्वितीय हुँदा आँचल यादवले तृतीय स्थान प्राप्त गरिन् । कवि एवं पत्रकार मीनकुमार नवोदित र पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशीला पाठक सम्मिलित निर्णायक समितिले पुरस्कृतहरूको नाम घोषणा गरेको थियो । सन्ध्या यादव र रजतकुमार साहको बराबरी नम्बर भएपछि दुवै जनालाई चौथो पुरस्कार दिइएको थियो ।

विद्यार्थीभित्र रहेको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले समसामयिक विषयमा केन्द्रित रहेर वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको कार्यक्रम कलेजका प्राचार्य राजेश कार्कीले बताए । अरनिको कलेजले पठनपाठनसँगै अतिरिक्त क्रियाकलापलाई समेत उच्च प्राथमिकतामा राखेको उनको भनाइ थियो ।

कलेजका सञ्चालक भरतराज दाहाल, निर्णायकद्वय मीनकुमार नवोदित र सुशीला पाठक, शिक्षक अम्विका खरेल, योगेश राजभण्डारी, अतिरिक्त क्रियाकलापका संयोजक विमल भट्टराईले विजेता विद्यार्थीलाई ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए ।

विद्यार्थी सुलभ न्यौपानेले सञ्चालन गरेको प्रतियोगितामा २७ जनाले प्रतिस्पर्धा गरेका थिए । कोशी प्रदेशकै उत्कृष्ट कलेजका रुपमा रहेको अरनिकोले बेला–बेला कवितासहित वादविवाद, वक्तृत्व, हाजिरीजवाफ, गायन, नृत्य, खेलकुदलगायतका प्रतियोगिताहरू आयोजना गर्दै आएको छ ।


काठमाडौं नपाल मंसिर २३ गते । नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक अन्तरक्रिया तथा सुझाव संकलन कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर १, सोमबार हल्टम सिटीस्थित इन्डियन किचेनको सभाकक्षमा आयोजित कार्यक्रममा भण्डारी समूहले आफ्नो चुनावी प्रतिबद्धता र भावी योजनाबारे जानकारी गराउँदै पत्रकारहरूबाट सुझाव लिएको हो। कार्यक्रममा अध्यक्षका उम्मेदवार भण्डारीसहित उनको प्यानलका अन्य उम्मेदवारहरूको पनि उपस्थिति थियो ।

कार्यक्रममा बोल्दै अध्यक्षका उम्मेदवार जनक भण्डारीले आफू निर्वाचित भएमा एनएसटीको गरिमालाई अझ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे। उनले नेपाली समाज विश्व मानचित्रमा एक गौरवमय संस्था भएको बताउँदै यसले विगतमा एनसीएससी, हिमालयन हेल्थ क्लिनिक, नेपाली चेम्बर अफ कमर्स जस्ता महत्त्वपूर्ण संस्थाहरूलाई जन्म दिएको स्मरण गराए। उनले आफ्नो टिमका मुख्य एजेन्डाहरू प्रस्तुत गर्दै मन्दिर निर्माणमा जनसहभागिता बढाउने, ज्येष्ठ नागरिकका लागि यातायातको व्यवस्था गर्ने, एनएसटीलाई छाता संगठनको रूपमा स्थापित गर्ने, अन्तर्राष्ट्रिय विद्यार्थी सहायता कोषलाई प्रभावकारी बनाउने र अमेरिकी सरकारी निकायसँग समन्वय बढाउने जस्ता योजना रहेको बताए । 

बरिष्ठ उपाध्यक्ष पदका उम्मेद्धवार डा। चण्डी भण्डारीले आफु समाजले दिएका एजेण्डालाई आफ्नो टिमको एजेण्डा बनाउदै कार्यान्वयन गर्ने बताए । टिममा देशलाई सेवा गरेका कर्मठ साथीहरु हुनुहुन्छ, जस्ले अब समाजलाई सेवा गर्न तयार रहेको बताए ।

कार्यक्रममा महासचिव पदका उम्मेदवार रामकृष्ण यादवले आफू सामाजिक सञ्जालमा प्रचारप्रसारमा भन्दा काममा विश्वास गर्ने बताए। विगतमा समाजसेवा गर्दा ‘प्रचार गरेको’ भन्ने आरोप लागेपछि आफूले सामाजिक सञ्जालमा व्यक्तिगत प्रचार नगर्ने प्रण गरेको उनले खुलासा गरे। “निर्वाचित भएमा हरेक निर्णय र कामको जानकारी प्रेस विज्ञप्तिमार्फत पारदर्शी रूपमा सार्वजनिक गरिनेछ,” यादवले भने, “मेरो व्यक्तिगत एजेण्डा छैन, टिमको एजेण्डा नै मेरो एजेण्डा हो। हामी हरेक तीन महिनामा पत्रकार भेटघाट गरेर सुझाव लिनेछौं।” उनले समाजको कामलाई विकेन्द्रीकरण गर्न टोल(फ्री नम्बरको व्यवस्था गर्ने योजना पनि सुनाए।

त्यस्तै उपाध्यक्ष पदकी उम्मेदवार गुञ्जन भण्डारीले नेपालदेखि नै आफू सामाजिक कार्यमा सक्रिय रहेको बताइन्। “समाज सेवा मनदेखि आउने भावना हो, प्रचार गर्नकै लागि गरिने विषय होइन,” उनले भनिन्, “पदमा नरहँदा अझै केही गर्न नसकेको महसुस भएर पुनः कार्यसमितिमा फर्कने निर्णय गरेको हुँ।” उनले विशेषगरी विद्यार्थी र महिलाहरूका समस्यामा समाजले अझ बढी सहकार्य गर्नुपर्नेमा जोड दिइन्। 

अन्तरक्रियामा सहभागी पत्रकारहरूले विभिन्न विषयमा सुझाव दिएका थिए। यूएस खबरका प्रधान सम्पादक ओम आचार्यले टेक्सासमा बढ्दो आत्महत्याको घटनालाई गम्भीर रूपमा लिन, परामर्शदाताको व्यवस्था गर्न, मिडिया र एनएसटीबीचको सम्बन्ध सुधार्न तथा क्रिकेट स्टेडियमको समस्या समाधान गर्न सुझाव दिए। 

त्यस्तै, यूएस खबरका पत्रकार मनोज जोशीले समाजमा रहेको गुट(उपगुटको अन्त्य गर्न र असन्तुष्ट पक्षलाई मिलाएर लैजान आग्रह गरे।नेजाका पूर्व क्षेत्रिय संयोजक किसन रेग्मीले उम्मेदवारका एजेण्डा महत्त्वपूर्ण हुने र निर्वाचित भएपछि पनि यस्ता सुझाव संकलन कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए। कार्यक्रमको अन्त्यमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चण्डी भण्डारीले उठेका प्रश्नहरूको जवाफ दिँदै आफ्नो टिमले समाजले दिएका एजेण्डालाई आफ्नो टिमको एजेण्डा बनाउदै कार्यान्वयन गर्ने बताए । टिममा देशलाई सेवा गरेका कर्मठ साथीहरु हुनुहुन्छ, जस्ले अब समाजलाई सेवा गर्न तयार रहेको बताए । “जीवन सिद्धान्तका लागि होइन, सिद्धान्त जीवनका लागि हो’ भन्ने मान्यतामा हामी चल्छौं,” उनले भने, “समाजले हामीलाई एजेण्डा दिन्छ, हामी त्यसलाई कार्यान्वयन गर्ने पात्र मात्र हौं। टिम जनक केवल सेवाका लागि आएको हो।”

कार्यक्रमको सहजिकरण नेपाली समाज टेक्ससका पूर्व महासचिब सन्देश उप्रेतीले गरेका थिए भने कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार चण्डी भण्डारी, उपाध्यक्ष पदका उम्मेदवार गुन्जन भण्डारी, महिला उपाध्यक्ष पदका उम्मेदवार राधिका खराल, सचिव पदका उम्मेदवार सुशिल बर्तौला, कोषाध्यक्ष पदका उम्मेदवार भोला मैनाली, सह कोषाध्यक्ष पदका उम्मेदवार रिनजिङ्ग लामा, युवा तथा विद्यार्थी संयोजक आदर्श भण्डारी, खेलकुद संयोजक उजित अधिकारी, र महिला संयोजक पदका उम्मेदवार यमुना थापा, कार्यकारी सदस्य पदका उम्मेदवारहरूमा प्रकाश नेपाल, रमेश थापा, अर्जुन बम, कृष्ण प्रसाई र उत्पल खड्का लगायतका सदस्यहरूको उपस्थिति थियो ।


विराटनगर मंसिर २१ गते ।  मोरङको बुढीगंगा गाउँपालिका-२ मा रहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा ९ शैयाबाट क्षमता वृद्धि गरी थप १६ शैयाको सुविधा सम्पन्न सि.सि.यु (CCU) सञ्चालनमा आएको छ।
 

हस्पिटलको दोस्रो तल्लामा स्थापना गरिएको सि.सि.यु (CCU) मा ४ वटा क्याबिनसहित १६ शैया थप गरिएको छ। हस्पिटलका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डा.प्रशान्त साह र मुटु रोग विशेषज्ञ डा.माधव विष्टले  रिबन काटेर सि.सि.यु (CCU)  को उद्घाटन गर्नुभएको थियो। पहिला ९ शैया र अहिले क्याबिनसहित १६ शैया गरि जम्मा २५ शैया सि.सि.यु (CCU) बाट मुटु रोगका बिरामीहरुले उपचार सेवा पाउनु हुनेछ । यो सेवाले पूर्वी नेपालका मुटु रोगका बिरामीहरुलाई  गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नेछ। विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल मुटुको बिरामीको लागि भरपर्दो उपचार केन्द्र बन्दै गएको   छ ।  हरेक दिन १४० जना भन्दा बढी बिरामीले आफ्नो मुटुको चेकजाँच गर्न आउनु हुन्छ ।  

हस्पिटलको मुटु रोग विभागको क्याथ ल्याबमा एक महिनामा करिब १५० जनाभन्दा बढी बिरामीले विशेष उपचार लिने गर्नु भएको छ। यहाँ कोरोनरी एन्जियोग्राफी, एन्जियोप्लास्टी, परमानेन्ट पेसमेकर इम्प्लान्टेसन र पिटिएमसी लगायत उपचार गरिन्छ।

मुटु रोगका बिरामीका लागि  यहाँ धेरै सेवा सुविधाहरु उपलब्ध रहेको छ । स्वास्थ्य बिमा, विपन्न नागरिक औषधि उपचार कोष, जेष्ठ नागरिक,भूतपूर्व सैनिक र सामाजिक सुरक्षा कोष जस्ता विभिन्न माध्यमबाट सजिलै उपचार सुविधा लिन सक्नुहुनेछ । मुटु रोग सम्बन्धि सम्पुर्ण जानकारी तथा उपचारका लागि मुटु रोग विभागको हेल्पलाईन नम्बर ९७६१०२४७७० सम्पर्क गर्न सकिने हस्पिटलले जनाएको छ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.