Websoft University
August 2025


चीन/ तिञ्जिन  |  सम्माननीय प्रधानमन्त्री श्री के.पी. शर्मा ओलीले आज चीनको तिञ्जिन शहरमा चीन जनवादी गणतन्त्रका राष्ट्रपति महामहिम सी चिनफिङसँग द्विपक्षीय भेटवार्ता गर्नुभयो। दुबै नेताहरूले नेपाल–चीन सम्बन्धका विभिन्न पक्षहरूबारे छलफल गर्दै आपसी लाभदायी सहकार्यलाई आगामी दिनहरूमा अझ प्रगाढ बनाउने प्रतिबद्धता जनाउनुभयो।

सम्माननीय प्रधानमन्त्रीले नेपालको विकास प्रयासमा चीनले निरन्तर गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले पाँच सिद्धान्तमा आधारित नेपाल–चीन सम्बन्ध सधैं निर्वाध रहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले शाङ्घाई सहयोग सङ्गठन (SCO) शिखर सम्मेलन २०२५ को सफलताका लागि शुभकामना व्यक्त गर्दै नेपाललाई SCO सदस्यता दिलाउन चीनको समर्थनको अनुरोध गर्नुभयो।

पहिले नै सहमति भइसकेका परियोजनाहरू, विशेष गरी "बेल्ट एण्ड रोड इनिसियटिभ (BRI)" अन्तर्गतका योजनाहरूलाई छिटो कार्यान्वयन गर्न आशा व्यक्त गर्दै उहाँले मल, पेट्रोलियम अन्वेषण, मानव संसाधन विकास, जलवायु प्रतिरोधात्मक क्षमता अभिवृद्धि र जनस्तरको सम्पर्क विस्तारमा सहयोगको आग्रह गर्नुभयो।

भारत र चीनबीच हालै भएको लिपुलेकमार्गी सीमापार व्यापारसम्बन्धी समझदारीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त भू–भाग नेपालकै हो भन्ने स्पष्ट पार्दै त्यसप्रति नेपाल सरकारले दृढ आपत्ति जनाइसकेको जानकारी गराउनुभयो।

राष्ट्रपति सी चिनफिङले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को आकांक्षा पूरा गर्न चीनले निरन्तर समर्थन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। उहाँले नेपालसँगै संयुक्त राष्ट्रसंघ तथा SCO लगायतका बहुपक्षीय संयन्त्रमा सहकार्य गर्ने पनि बताउनुभयो। राष्ट्रपति सी ले नेपालले ‘एक चीन’ नीतिप्रति देखाएको दृढ समर्थनप्रति आभार व्यक्त गर्दै नेपालमा उच्चस्तरीय BRI परियोजनाहरूको कार्यान्वयनमार्फत चीनले निरन्तर सहयोग गर्ने पुनः प्रतिवद्धता जनाउनुभयो।

आज अपराह्न प्रधानमन्त्री ओली र उहाँको प्रतिनिधिमण्डल चीन भ्रमणमा तिञ्जिन参 पुगेका छन्। तिञ्जिन बिन्हाई अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई चीन सरकारका उच्चपदस्थ व्यक्तिहरू — महामहिम सुन्ग मेइजुन (मन्त्री तथा CPC समितिका सचिव), श्री यु युनलिन (तिञ्जिन जनकांग्रेसका अध्यक्ष), र नेपालका राजदूत महामहिम डा. कृष्णप्रसाद ओलीले स्वागत गर्नुभएको थियो।

प्रधानमन्त्री ओलीले भोलि SCO शिखर सम्मेलनमा सहभागी हुने, साथै विश्व नेताहरूसँग भेटघाट गर्ने, तथा राष्ट्रपति सी चिनफिङ र श्रीमती पेङ लियुवानले आयोजना गर्ने स्वागत भोज र सांस्कृतिक कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ।

नेपाल दूतावास, बेइजिङ ३० अगस्ट २०२५ ( २०८२ भदेो १४ गते )


विराटनगर भदेो १४  गते । प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. बालकृष्ण साहद्वारा लिखित गैरआख्यान ‘गर्भको गर्व’ माथि विराटनगरमा संवाद कार्यक्रम सम्पन्न भएको छ । हाम्रोमत दैनिकको आयोजनामा भएको यस कार्यक्रममा डा.साहको गहन कृतिमाथि शनिबार विस्तृतछलफल गरियो ।

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. बिजु कुमार थपलियाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा बोल्दै उनले ‘गर्भको गर्व’ लाई एक अत्यन्तै पठनीय र महत्वपूर्ण कृति भएको बताए । उनले डा. साहले आफ्नो लामो पेसागत अनुभवका क्रममा देखेका र भोगेका यथार्थपरक घटनाहरूलाई पुस्तकमा जीवन्त रूपमा प्रस्तुत गरेकोमा प्रशंसा गरे । प्रा.डा. थपलियाले आफ्नी आमाले पनि यो पुस्तक अध्ययन गरिरहेको जानकारी गराउँदै यसको महत्वमाथि प्रकाश पारे ।

पुस्तकमाथि टिप्पणी गर्दै साहित्यकारहरू हरि बराल, हरि कट्टेल र दिनेश श्रेष्ठले ‘गर्भको गर्व’ मा उल्लेखित कतिपय पात्र र प्रसंगहरू वास्तविक घटनामा आधारित रहेको बताए । उनीहरूले पुस्तकले महिलाले गर्भावस्थामा भोग्नुपर्ने अनेकन जटिलता, उमेरको अपरिपक्वतामा गरिने विवाह, जन्मान्तर कम हुँदाको समस्या, र छोराको चाहनामा एक नारीले ज्यानको बाजी लगाउनुपर्ने जस्ता संवेदनशील विषयहरूलाई सशक्त रूपमा उजागर गरेको उल्लेख गरे । पुस्तकमा प्रस्तुत प्रत्येक कथाको अन्त्यमा त्यससँग सम्बन्धित रोग एवं समस्याबारे विस्तृत जानकारी दिइएको पक्षलाई टिप्पणीकारहरूले विशेष रूपमा प्रशंसा गरे ।

कार्यक्रममा साहित्यकार तथा पत्रकार मिनकुमार नवदीत, साहित्यकार दिनेश सुवेदी, र प्रतिमा निरौलाले शुभकामना मन्तव्य राखेका थिए । उनीहरूले डा. साहको यस कार्यको सराहना गर्दै यस्ता कृतिहरूले समाजमा चेतना फैलाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

कार्यक्रममा बोल्दै लेखक डा. बालकृष्ण साहले आफूले आफ्नो पेसाका क्रममा देखेका वास्तविक घटनाहरूलाई नै पुस्तकमा उतारेको बताए । उनले आगामी दिनमा पनि यसरी नै साथ र सहयोग पाएमा थप कृतिहरू बजारमा ल्याउने प्रतिबद्धता व्यक्त गरे । सोही अवसरमा हाम्रोमत दैनिकले लेखक डा. साहलाई सम्मानसमेत गरेको थियो ।

पत्रकार अनिल श्रेष्ठले सञ्चालन गरेको उक्त कार्यक्रमको अध्यक्षता हाम्रोमत दैनिकका सम्पादक अर्जुन आचार्यले गरेका थिए । समापन मन्तव्य राख्दै सम्पादक आचार्यले हाम्रोमत दैनिकले सधैँ साहित्यलाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताए । ‘गर्भको गर्व’ ले नेपाली समाजमा गर्भावस्था र महिला स्वास्थ्यसम्बन्धी महत्वपूर्ण बहस सिर्जना गर्ने उनले बताए । सम्पादक आचार्यले आगामी दिनमा पनि यस्तै साहित्य कार्यक्रमहरूलाई हाम्रोमतले प्राथामिकता दिएर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

साहित्यपोस्टले प्रकाशन गरेको ‘गर्भको गर्व’ गैरआख्यान विधाको पुस्तक हो, जसमा ९ वटा कथाहरू समेटिएका छन् । यी कथाहरू विशेषगरी महिलाले गर्भावस्थामा भोग्नुपर्ने विभिन्न जटिलताहरूमा केन्द्रित छन् । ‘छोरी किन भएछु’, ‘चेलीका पीडा’, ‘प्रीतिको जित’, ‘रगतको जात’, ‘छोरीको माइती’, ‘त्यो लडाइँ’ जस्ता मार्मिक शीर्षकका कथाहरू यस पुस्तकमा पढ्न पाइन्छ । हरेक नारीको गर्भावस्थाको अनुभव फरक हुने र त्यसले ल्याउने जटिलता पनि उस्तै नहुने यथार्थलाई पुस्तकले गहन रूपमा प्रस्तुत गरेको छ ।

डा. साहको यो दोस्रो पुस्तक हो । यसअघि उनले सुरक्षित मातृत्वसम्बन्धी ‘आमा’ शीर्षकमा एक महत्त्वपूर्ण पुस्तक लेखेका थिए ।

 


विराटनगर  भदेो १४ गते | नेपाल भाषा तथा सांस्कृतिक संघ झी पुचः विराटनगरको अध्यक्षमा शरद श्रेष्ठ निर्विरोध निर्वाचन भएका छन् ।

शनिबार विराटनगरमा सम्पन्न ३१ औं साधारणसभाबाट दुईवर्षे कार्यकालका लागि श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् ।

संघको वरिष्ठ उपाध्यक्षमा सुरेशलाल श्रेष्ठ, उपाध्यक्षमा सुवासकुमार अमात्य, महासचिवमा सञ्जय श्रेष्ठ, कोषाध्यक्षमा सुरज श्रेष्ठ, सहकोषाध्यक्षमा हरिमोहन श्रेष्ठ, सचिवमा सञ्जु शाक्य निर्वाचित भए ।

त्यस्तै उदय डंगोल, संजित श्रेष्ठ, जिना श्रेष्ठ, सुनिता बज्राचार्य, निश्चल श्रेष्ठ, आशिष श्रेष्ठ, मनोज श्रेष्ठ, राजकुमार श्रेष्ठ, कविता श्रेष्ठ, संयम श्रेष्ठ सदस्यमा निर्वाचित भएका छन् ।

राजन श्रेष्ठ प्रमुख निर्वाचत र हरिबहादुर श्रेष्ठ सहनिर्वाचन

पूर्वअध्यक्ष नारायणप्रसाद श्रेष्ठ, भविसकुमार श्रेष्ठ, बुद्धरत्न श्रेष्ठ, सल्लाहकार लुना श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

झी पुचःले नेवारी भाषा, कला, संस्कृति र साहित्यको संरक्षण र सम्वद्र्धनमा काम गर्दै आएको छ ।


विराटनगर भदेो १४ गते | फोटो ग्राफर संघ मोरङले विराटनगरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । महेन्द्र चोकमा आयोजित रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन भएको संघका मोरङ अध्यक्ष पुरन राईले जानकानरी दिए ।  रक्तदाता सवैलाई संघका अध्यक्ष राईले प्रशंसा पत्र प्रदान गरे ।

रक्तदान कार्यक्रममा स्थानिय तथा फोटोग्राफरले रक्तदान गरेका थिए । रक्त संचार केन्द्र विराटनगरमा भइरहेको रगत आभावलाई पूर्ती गर्ने उद्देश्यले रक्तदान गरिएको अध्यक्ष राईले जानकारी दिए ।

रगत नपाएर अकालमा कसैको पनि ज्यान नजाहोस् भनेर ‘रक्तदान, जीवन दान’ भन्ने मुल नाराको साथ रक्तदान कार्यक्रम भएको अध्यक्ष राईले बताए । 


बिराटनगर भदेो १४  गते | सुनसरीको इटहरी स्थित पाथीभरा सेकेन्डरी स्कुलले विद्यार्थीहरूलाई एआई तालिम दिएको छ। कक्षा ६ देखि ९ सम्मका ८ सयभन्दा बढी विद्यार्थीहरूलाई एआई तालिम दिइएको हो।

 


तालिमको सहजीकरण एनपिआईका प्रशिक्षक लिलाराज भट्टराईले गर्नुभयो। विद्यार्थीहरूमा स्मार्ट अध्ययनको विकास गराउन एआई तालिम दिएको विद्यालयका प्रिन्सिपल डा। गोपाल श्रेष्ठले बताउनुभयो। किताबी ज्ञान मात्र नभई जीवनोपयोगी विभिन्न क्रियाकलापहरूमा आफूहरूले जोड दिएको विद्यालयका अध्यक्ष निर्मल रिजालले जानकारी दिनुभयो।

 अध्ययनमा एआईको सही प्रयोगले विद्यार्थीहरूले घण्टौँ लाग्ने काम मिनेटमा गर्न सक्ने प्रशिक्षक लिलाराज भट्टराईले बताउनुभयो। पाथीभरा स्कुलले सो अवसरमा ८ जना प्रशिक्षकबाट १५ सेसनमा विभिन्न तालिम सञ्चालन गरेको छ। विभिन्न विषयमा विद्यार्थीहरूलाई प्रशिक्षित गरिएको हो।


विराटनगर भदेो १३ गते । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलका अधिकांश विद्यार्थीले इन्जिनियरिङ अध्ययन संस्थान (आईओएम) ले लिएको प्रवेश परीक्षामा छात्रवृत्ति सहित नाम निकाल्न सफल भएका छन् ।

एभरेष्टमा अध्ययन गरेका १२ जना विद्यार्थीले आईओएमको परीक्षामा सहभागिता जनाएका थिए । ति मध्ये ९ जनाले छात्रवृत्तिमा नाम निकाल्न सफल भएको एभरेष्टका भाइस प्रिन्सिपल टी एन भण्डारीले बताउनुभयो ।


उहाँका अनुसार एक जना विद्यार्थीले पूर्ण छात्रवृत्ति र ८ जनाले आंशिक छात्रवृत्तिमा नाम निकालेका हुन् । जुन परिक्षा दिएका ७५ प्रतिशत विद्यार्थीले आईओएमको परिक्षा पास गरेर इन्जिनियरिङ अध्ययनको लागि ढोका खोलेका छन् ।

एभरेष्टका झलकमान तामाङले पूर्ण छात्रवृत्तिमा नाम निकाल्दा आर्जन पोखरेल, रियाना आचार्य, संयोग अधिकारी, श्रयमिका श्रेष्ठ, खिलराज ढकाल, मुरारी खतिवडा, ओम शर्मा र रौनक हकले आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल हुनुभएको हो ।

एभरेष्टका अधिकांश विद्यार्थीले नाम निकाल्नु स्वभाविक रहेको भन्दै प्रिन्सिपल टिकाराम पुरीले हामीले दिएको शैक्षिक वातावरणको परिणाम रहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘यस्तै नतिजा हरेक क्षेत्रमा आउनुपर्छ ।’

एभरेष्टले कक्षा १२ को परिक्षा दिएका विद्यार्थीहरुलाई विभिन्न क्षेत्रको अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई भौतिक रुपमा नै तयारी कक्षाहरु सञ्चालन गर्दै आएको छ ।


बिराटनगर २०८२ भाद्र १२, गते | नेपाल र ईजरायल बीचको द्धिपक्षीय ब्यापार विस्तार, दुवै देशका नीजि क्ष्ँेत्र बीच आपसी सहकार्य, प्रविधि हस्तान्तरण लगायत अन्य ब्यवसायीक सम्भावनाका विषयमा नेपालका लागि ईजरायली राजदुत श्मूलिक एरिक वास र उद्योग संगठन मोरङको बीच आज छलफल भएको छ ।  

छलफलमा संगठनका अध्यक्ष्ँ नन्दकिशोर राठीले दुई देश बीचको व्यापार तथा औद्योगिक क्षेत्रहरूमा आपसी सहकार्यको माध्यमबाट नया सम्भावना पहिल्याउनु पर्ने आवश्यकता औल्याए । उनले भने “हामीले एकअर्काका परस्पर पूरक क्षमताहरू पहिचान गरी व्यवसायिक साझेदारीका सम्भावनाहरू खोज्न सकेमा नेपाली र इजरायली उद्यमीहरूबीच लगानी तथा संयुक्त उद्यमको अनुकूल वातावरण तयार गर्न सकिन्छ”।

अध्यक्ष राठीले इजरायलले प्रविधि, नवप्रवर्तन र आधुनिक कृषि अभ्यासका क्षेत्रमा उल्लेख्य प्रगति गरेको वताउदै नेपाल पनि कृषि प्रधान देश भएकोले हरितगृह प्रविधि, बाली व्यवस्थापन एवं प्रशोधन जस्ता क्षेत्रमा इजरायलबाट लाभ लिन सक्नुपर्ने धारणा राख्दै त्यसका लागि ज्ञान आदानप्रदान, तालिम कार्यक्रमहरू र कृषि उद्योगमा लगानीका माध्यमबाट सहकार्य गर्नुपर्नेमा जोडदिए । उनले दुवै देश बीचका नीजि क्ष्ँेत्रको सहकार्यले औद्योगिक विकासको नया द्धारहरु खोली दीर्घकालीन साझेदारीको आधार निर्माण गर्ने भन्दै नीजि क्ष्ँेत्र वीचको आपसी सहकार्यलाइ प्रगाढ वनाई आर्थिक एवं औद्योगिक सम्बन्ध सुदृढ पार्ने दिशामा सहयोग गर्न राजदुत समक्ष अनुरोध गरे ।

 ईजरायली राजदूत श्मूलिक एरिक वासले व्यापार र व्यवसाय केवल आर्थिक वृद्धिको माध्यम मात्र नभई सामाजिक रुपान्तरणका लागि पनि एक महत्वपूर्ण आधार भएको उल्लेख गर्दै, नेपाल र इजरायल बीचको दीर्घकालीन सौहार्दपूर्ण सम्बन्धलाई अझ मजबुत पार्ने उद्देश्यले व्यापारिक सम्बन्ध विस्तारका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले नेपालको आर्थिक तथा उत्पादन क्षमताबारे इजरायल थप जान्न इच्छुक रहेको उल्लेख गर्दै, नेपालबाट आयात गर्न सकिने सम्भावित वस्तुहरूका सम्वन्धमा थप अध्ययन गर्न आवश्यक रहेको धारणा राख्दै राजदूत वासले दुवै देशका सम्बन्धित निकायहरूको सहकार्यमा यस विषयलाई अघि बढाउन सकिने र यसले नेपालका उद्योग व्यवसाय क्ष्ँेत्रलाई अन्तर्राष्ट्रिय बजारसम्म पहुच पु¥याउने अवसर प्रदान गर्ने बताए ।

त्यस्तै, उनले इजरायलको प्राविधिक विशेषज्ञता र अनुभवलाई नेपालको उत्पादनशीलता वृद्धि, कृषि आधुनिकीकरण र उद्यमशीलता विकासमा योगदान पु¥याउन सकिने उल्लेख गर्दै, प्रविधि हस्तान्तरणका सम्भावित क्षेत्रहरूमा सहयोग गर्न इजरायली पक्ष सकारात्मक रहेको स्पष्ट गरे ।

 उनले दुवै देशका निजी क्षेत्रहरूबीचको सहकार्यलाई अझ सुदृढ बनाउन आफूले आवश्यक सहजीकरण गर्ने बताए । यस्ता साझेदारिहरूले दीर्घकालीन लगानी, सीप आदानप्रदान, रोजगारी सिर्जना र दुवै देशको पारस्परिक हितमा टेवा पु¥याउने विश्वास राजदूत वासले व्यक्त गरे ।

कार्यक्रममा संगठनका कोषाध्यक्ष्ँ र अन्र्तराष्ट्रिय ब्यापार प्रवद्र्धन समितिका संयोजक पारस लुनियाले इजरायल र नेपालबीच धेरै दशकदेखि सौहार्दपूर्ण र बलियो कूटनीतिक सम्बन्ध रहेको वताउदै दुवै देश वीचको व्यापारीक सम्वन्धलाई थप विस्तार गर्नुपर्ने विचार व्यक्त   गरे । उनले नेपाल र ईजराईल बीच कुल दुईपक्षीय व्यापार वार्षिक ९ मिलियन अमेरिकी डलरभन्दा बढीको हुदै आएतापनि व्यापार सन्तुलन अत्यधिक रूपमा इजरायलको पक्षमा रहेको तथ्यांक प्रस्तुत गर्दै नेपालबाट इजरायलतर्फ गलैचा, हस्तकलाका सामग्रीहरू, छालाजन्य वस्तुहरू निर्यात हुने गरेको र इजरायलबाट प्याक गरिएको औषधिहरू, प्रसारण उपकरणहरू, दूरसञ्चार उपकरणहरू र कृषि उपकरणहरू नेपालले आयात गर्दै आएको वताए ।

 उनले कृषि तथा कृषि प्रविधि, ड्रिप सिचाइ प्रणाली, कृषि क्ष्ँेत्रमा विशेषज्ञता र सूचना प्रविधिका साथै कागज, डाइपर, स्यानिटरी प्याड उत्पादन, वुड फार्मिङ जस्ता क्ष्ँेत्र सहकार्यका लागि सम्भावनायुक्त क्ष्ँेत्र भएको वताउदै कोशी प्रदेशमा इजरायली कृषि प्रविधिलाई स्थानीय कृषि प्रणालीमा प्रयोग गरी संयुक्त पाइलट परियोजनाहरू सञ्चालन गर्न सकिने सम्भावना रहेको वताए ।

फरक प्रसगंमा उनले इजरायलमा ४ हजार ५ सय भन्दा बढी नेपाली केयरगिभरहरूले कार्यरत रही दुबै देशको अर्थतन्त्रमा योगदान पु¥याइरहेको, लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत इजरायलले शिक्षा, पर्यटन, सूचना तथा सञ्चार प्रविधि र उत्पादन क्षेत्रमा छात्रवृत्ति तथा प्राविधिक तालिम प्रदान गर्दै आएको वताउदै विगत लामो समय देखि वेपत्ता रहेका नेपाली नागरिक विपिन जोशीको रिहाईका लागि पहल गर्न इजरायली राजदुत समक्ष आग्रह गरे ।

संगठनका उपाध्यक्ष्ँ विपिन कावराले नेपाल र ईजरायल वीच सिधा हवाई कार्गो सञ्चालन गरी ब्यापार विस्तारलाई वढावा दिन आवश्यक पहल गर्न अनुरोध गरे । त्यसैगरी संगठनका निवर्तमान अध्यक्ष्ँ राकेश सुरानाले कृष्ँिको आधुनिकीकरणमा ईजराईलले गरेको विकासलाई प्रविधि हस्तान्तरणमा माध्यमबाट नेपाललाई पनि सहयोग पु¥याउन आग्रह गरे ।


विराटनगर  भदेो ११ गते । मोरङको बुढीगंगा गाउँपालिका–२ मा रहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटलले पूर्वी नेपालको स्वास्थ्य सेवामा एक महत्वपूर्ण फड्को मार्दै स्त्री तथा प्रसूति सेवाका लागि समर्पित २ सय बेडको अत्याधुनिक भवन सञ्चालनमा ल्याएको छ ।

महिला स्वास्थ्य सेवालाई थप विशिष्टीकृत र सुविधायुक्त बनाउने उद्देश्यले निर्माण गरिएको यो भवनको उद्घाटन मंगलबार काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युत प्रसाद वाग्लेले गरे ।


नेपालकै अत्याधुनिक ल्याप्रोस्कोपीक स्त्री तथा प्रसूति केन्द्रको रुपमा रहेको यस अस्पतालमा अप्रेशन थिएटरको संख्या २४ पुगेको छ। यसअघि विभिन्न शल्यक्रियाका लागि १९ वटा अप्रेशन थिएटर सञ्चालनमा रहेका छन् ।  


यो नयाँ विस्तारसँगै अस्पतालले स्त्री तथा प्रसूति सेवाका लागि मात्रै ५ वटा अत्याधुनिक शल्यक्रिया कक्ष (अप्रेशन थिएटर), २ सय बेड क्षमताको वार्ड, ३० बेडको डिलक्स क्याबिन र छुट्टै गाइनो आइसीयू जस्ता विशिष्ट सुविधाहरू थप गरेको छ ।  यसले कोशी प्रदेश र आसपासका क्षेत्रका महिलाहरूका लागि गुणस्तरीय र सहज स्वास्थ्य सेवामा पहुँच बढाउने अपेक्षा गरिएको छ ।

सन् २०१४ मा स्थापना भएको विराट मेडिकल कलेज शिक्षण अस्पताल छोटो समयमै कोशी प्रदेशकै अग्रणी स्वास्थ्य संस्थाको रूपमा स्थापित भएको छ । स्त्री तथा प्रसूति जस्तो संवेदनशील सेवालाई थप प्रभावकारी र व्यवस्थित बनाउन हामीले समर्पित भवन र अत्याधुनिक उपकरणसहितको सेवा विस्तार गरेको अस्पतालका अध्यक्ष तथा प्रोफेसर डा. ज्ञानेन्द्र मानसिंह कार्की बताए । उनले  यस कदमले महिला बिरामीहरूलाई अझै उत्कृष्ट र सुरक्षित उपचार प्रदान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

अस्पतालमा १०० बेड क्षमताको इमरजेन्सी विभाग सञ्चालनमा रहेको छ, जसमा स्त्री तथा प्रसूति आपतकालीन सेवा पनि समावेश छ । यसका साथै, अस्पताल नेपालकै अत्याधुनिक ल्याप्रोस्कोपिक स्त्री तथा प्रसूति केन्द्रको रुपमा पनि परिचित छ । हाल अस्पतालमा २० जनाभन्दा बढी विशेषज्ञ स्त्री रोग तथा प्रसूति चिकित्सकहरूको टोलीले सेवा प्रदान गर्दै आएका छन्, जसले बिरामीहरूलाई २४ सै घण्टा विशेषज्ञ सेवा सुनिश्चित गरेको छ ।

नवनिर्मित गाइनो वार्डको उद्घाटन गर्दै प्रमुख अतिथि तथा काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युत प्रसाद वाग्लेले विराट मेडिकल कलेजले पूर्वी क्षेत्रका बिरामीहरूलाई उत्कृष्ट सेवा प्रदान गरेर स्वास्थ्य क्षेत्रमा उदाहरणीय काम गरेको बताए । ‘विराट टिचिङ हस्पिटलले स्वास्थ्य सेवा र चिकित्सा शिक्षा दुवैमा गुणस्तर कायम राखेको छ । आउने दिनहरूमा पनि यसरी नै उत्कृष्ट कार्यलाई निरन्तरता दिनुहुनेछ भन्ने विश्वास लिएको छु,’ उनले भने ।  कार्यक्रमको अवसरमा अस्पतालका चिकित्सक, नर्स तथा अध्ययनरत विद्यार्थीहरूका लागि प्रा.डा. वाग्लेसँग एक अभिमुखीकरण कार्यक्रम समेत आयोजना गरिएको थियो । उक्त कार्यक्रममा विद्यार्थीहरूले स्वास्थ्य क्षेत्रमा देखिएका अवसर र चुनौतीहरूका बारेमा आफ्ना जिज्ञासा राखेका थिए ।

सोही कार्यक्रममा बोल्दै अस्पतालका अध्यक्ष तथा प्रोफेसर डा. ज्ञानेन्द्र मानसिंह कार्कीले  सरकारले लामो समयपछि मेडिकल कलेजहरूको एमबीबीएस कोटा बढाउने निर्णय गरेर स्वास्थ्य क्षेत्रमा सकारात्मक सन्देश दिएको बताए ।  उनले यसलाई ’१० वर्षपछिको आइस ब्रेक’ को संज्ञा दिँदै भने, ‘निजी क्षेत्रले स्वास्थ्य क्षेत्रमा ठूलो लगानी र पूर्वाधार निर्माण गरेर ठूलो फड्को मारेको छ । राज्यले १० वर्षअघि नै गर्नुपर्ने कोटा वृद्धिको निर्णय अहिले गरेको छ, यो अत्यन्तै राम्रो र स्वागतयोग्य पक्ष     हो ।’ उनले यस निर्णयले देशमा आवश्यक दक्ष जनशक्ति उत्पादनमा मद्दत पुग्ने धारणा राखे ।

यसका साथै, अस्पतालले बिरामीका आफन्त, चिकित्सक र कर्मचारीहरूको सुविधालाई ध्यानमा राख्दै आधुनिक र सुविधा सम्पन्न ‘विराट क्याफे’ पनि सञ्चालनमा ल्याएको छ । अस्पताल भवनको तल्लो तलामा सञ्चालित यो क्याफेटेरियाले सबैलाई सहज र स्वच्छ खाजा तथा खानाको सुविधा प्रदान गर्नेछ ।


 


बिर्तामोड, ११ भदौ । चलचित्त पत्रकार संघ नेपाल झापा शाखाको अधिवेशन कात्तिममा हुने भएको छ ।

संघको आज बसेको बैठकले केन्द्रीय सर्कुलर अनुसार कात्तिकमा अधिवेशन गर्ने निर्णय गरेको हो ।

संघले अधिवेशनको अवसरमा झापामा रहेर चलचित्र क्षेत्रमा योगदान पु¥याउने एक जना पत्रकारलाई ११ हजार १५१ रुपैयाँसहित सम्मान गर्ने भएको छ भने एक जना पत्रकारलाई पाँच हजार १५१ रुपैयाँसहित चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गर्ने निर्णय भएको संघका अध्यक्ष रमेश तिवारीले जनकारी दिनुभयो । 

त्यस्तै, संघकी सदस्य अस्मिता साँखीलाई संघको कोषाध्यक्षमा चयन गरिएको छ । बैठकले सरोज भट्टराई, सुनिरा मैनाली, भरत प्रसाईं र टिकाराम बाँस्तोलालाई संघको सदस्यमा चयन गर्ने सर्वसम्मत निर्णय भएको सचिव एकराज प्रधानले बताउनुभयो । संघले नयाँ सदस्यता वितरण समेत गर्न लागेको उहाँले बताउनुभयो । 


पाँचथर, भदौ ११ गते । पाँचथर जिल्लाको याङवरक गाउँपालिका-२ स्थित रहेको ईवा खोलामा अचानक आएको बाढीको कारण खोलाको विच भागमा फसेका ४ जना मानिसलाई प्रहरीले सकुशल उद्धार गरेको छ ।

 भदौ १० गते साँझ पाँचथरको याङवरक गाउँपालिका र ताप्लेजुङ सिदिङवा गाउँपालिकाको सिमानामा रहेको ईवा खोलामा पाहा मार्न गएका स्थानिय फिदिम नगरपालिका-४ का १९ बर्षीय प्रतिक तामाङ, २३ बर्षीय झल्ला सम्बाहाम्फे, २८ बर्षीय शेर बहादुर मगर र ताप्लेजुङ सिदिङवाका २२ बर्षीय सन्तोष पन्धाक अचानक आएको बाढी कारण खोलाको विच भागमा रहेको बगरमा फसेका थिए ।

 घटनाको जानकारी प्राप्त हुनसाथ तत्काल प्रहरी चौकी फलैचा, इलाका प्रहरी कार्यालय च्याङथापु र अमरपुरबाट खटिएको प्रहरी टोलीले पानी परीरहेको र खोलामा भेल बाढी आईरहेको कारण उद्धार गर्न कठिनाई भएकोले उनिहरुलाई राती खानको लागी चाउचाउ र लाईटरलाई ढुंगामा पोको पारेर फाली उपलव्ध गराएका थिए । 

रातभरी ठुलो ढुंगाको ओतमा आगो तापी बसेका उनिहरुलाई ११ गते बिहान खोलामा बाँसको पुल बनाई स्थानियको सहयोगमा सकुशल उद्दार गरिएको थियो ।



विराटनगर  भदेो ११ गते । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बासबीच बुधबार विराटनगरमा महत्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ ।

 भेटमा दुई देशबीचको आपसी सम्बन्ध विस्तार, नेपाली युवाको सुरक्षा र रोजगारीका अवसरलगायत विविध विषयमा गम्भीर छलफल भएको हो । भेटवार्तामा उपमेयर शिल्पा निराला कार्की र महानगरका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र दुलालसमेत सहभागी थिए । वार्ताको केन्द्रमा हाल हमासको कब्जामा परेका नेपाली युवा विपिन जोशीको रिहाईका लागि भइरहेको प्रयास, सूचना प्रविधि तथा कृषि क्षेत्रमार्फत नेपाली युवालाई इजरायलमा रोजगारीका अवसर दिलाउने विषयहरू प्रमुखताका साथ उठाइयो ।

राजदूत बासले विराटनगर महानगर र इजरायलको प्रमुख सहर ‘वीर शिभा’ बीच भगिनी सम्बन्ध स्थापना गर्न पहल भइरहेको जानकारी दिँदै यस प्रक्रियामा आफू गम्भीर रूपमा लागिपरेको बताए । उनका अनुसार, भगिनी सम्बन्ध स्थापनाले दुई शहरबीच सांस्कृतिक, शैक्षिक र प्रविधिक आदानप्रदानलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा गरिएको छ ।

 सो अवसरमा मेयर कोइरालाले इजरायल–इरान युद्धका बेला इजरायली सरकारमार्फत नेपालीको उद्धार र सुरक्षित स्वदेश फिर्तीमा देखाइएको सक्रियताको प्रशंसा गर्दै राजदूतमार्फत इजरायली सरकारलाई धन्यवाद ज्ञापन गरे । “जुन गम्भीर घडीमा इजरायली सहयोग प्राप्त भयो, त्यसका लागि इजरायल सरकारलाई धन्यवाद दिन चाहन्छु,” मेयर कोइरालाले भने ।

राजदूत बासले विपिन जोशीलगायत हमासको नियन्त्रणमा रहेका नेपालीको रिहाइका लागि इजरायली सरकार उच्च प्राथमिकताका साथ क्रियाशील रहेको जानकारी पनि दिएका थिए । उनका अनुसार यस विषयमा कूटनीतिक तथा अन्तर्राष्ट्रिय मानवीय संयन्त्रहरू सक्रिय गरिएका छन् ।

 भेटपछि सलोन सदस्य सोम अधिकारीले जानकारी दिँदै भने, “राजदूत बास वीर शिभा र विराटनगरबीच भगिनी सम्बन्ध स्थापनामा निकै उत्साहित हुनुहुन्छ । उहाँले यसलाई छिट्टै औपचारिकता दिने प्रयत्न भइरहेको बताउनुभयो ।”


विराटनगर  भदेो ११ गते । विराटनगर –५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलमा आजदेखि अन्तर कक्षा पौडी प्रतियोगिता सुरु भएको छ । आज विभिन्न कक्षाका पौडि खेलाडीहरु बिच विभिन्न स्पर्धाहरु सम्पन्न भएका छन् । जसमध्ये १५०० मिटरको फ्रिस्टाईल खुला प्रतिष्पर्धामा कक्षा ७ का जिब्सन तामाङ प्रथम हुनुभयो । सोहि स्पर्धामा धावा तामाङ दित्तिय र सुज्ञान कोइराला तृतीय हुनुभयो । यस्तै ५०० मिटर फ्रिस्टाईल खुलामा कक्षा ६ का पुरव तिम्सिना प्रथम, कक्षा ९ का कृतक बर्तौला दित्तिय र कक्षा ८ का रेहान अन्सारी तृतीय हुनुभयो । कक्षा ४ र ५ को छात्रतर्फ १०० मिटर फ्रि स्टाइलमा प्राञ्जल तिम्सिना ९५० प्रथम, रन्जित साह ९५० दित्तिय र प्रनव भट्टराई ९५० तृतीय हुनुभयो । 

सोही कक्षा बिचको १५ मिटर फ्रिस्टाइलमा बियोन श्रेष्ठ प्रथम, रिधान सिंह दित्तिय र श्रीयंश थापा तृतीय हुनुभयो । उहाँहरु तीनै जना कक्षा ५ मा अध्ययनरत हुनुहुन्छ । यस्तै २५ र ५० मिटर पौडीका दुई स्पर्धामा प्राञ्जल तिमल्सिना, रन्जित साह र डेनिस काफ्ले क्रमशः प्रथम, दित्तिय र तृतीय हुनुभयो । छात्रा तर्फको १५ मिटरमा भावना कुमारी साह प्रथम, अपेक्षा यादव दित्तिय र स्मृती झा तृतीय हुनुभयो । कक्षा ४ र ५ को समूहबाट बेष्ट ब्वाइज प्लेयर प्राञ्जल तिमल्सिना र बेष्ट गल्र्स प्लेयर भावना कुमारी साह हुनुभयो ।

यसैगरि कक्षा २ र ३ को समूहबाट १५ मिटर फ्रि स्टाइलमा राधा देवी सुवेदी ९२० प्रथम, माइरा नाज ९३० दित्तिय र एबिज्ञा प्रधान ९२० तृतीय हुनुभयो भने बेष्ट प्लेयरको उपाधि राधादेवी सुवेदीले पाउनुभयो । २ र ३ को ब्वाइज तर्फ १५ मिटरमा अरिजित कर्ण ९३० प्रथम, सन्दर्भ अर्याल ९३० दित्तिय र विज्ञान गौतम ९३० तृतीय हुनुभयो भने बेष्ट प्लेयर अरिजित कर्ण हुनुभएको विद्यालयकी अतिरिक्त कृयाकलाप इन्चार्ज सुधा डंगोलले बताउनुभयो । विजेता खेलाडीहरुलाई विद्यालयका भाइस प्रिन्सिपल कुन्दन पुरीले मेडल प्रदान गर्नुभएको थियो । प्रतियोगिता भोली सम्म सञ्चालन हुने विद्यालयले जनाएको छ ।


विराटनगर १० भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आमसञ्चार विधेयक पारित हुन समय लाग्ने बताउनु भएको छ । उहाँले चालु संसद अधिवेशनबाट विधेयक पारित हुने संभावना कम भएको बताउनुभयो । न्याय, प्रशासन तथा विधायन समितिबाट पारित भएर प्रदेशसभामा पेश भएको विधेयक प्रेस मैत्री नभएको भन्दै नेपाल पत्रकार महासंघ आन्दोलित भएपछि विधेयक पारित हुने संभावना कम भएको उहाँले बताउनुभयो । 

नेपाल पत्रकार महासंघ कोशी प्रदेशको नेतृत्वमा मुख्यमन्त्री कार्कीको ध्यानाकर्षण गराउन गएको टोली समक्ष उहाँले विधेयक कहिले पारित हुन्छ भन्ने अवस्था अव नभएको बताउनुभयो । उहाँले भन्नुभयो,‘ चालु अधिवेशनबाट पारित हुने संभावना नभएकाले अव कहिले पारित हुन्छ भन्न सकिने अवस्था रहेन ।’ मुख्यमन्त्री कार्कीले पत्रकारहरुनै आन्दोलित हुने अवस्था हुँदाहुँदै विधेयक अघि बढ्दा समस्या हुने भन्दै पत्रकारको मागप्रति आफु सकारात्मक रहेको बताउनुभयो । 

उहाँले कोशी प्रदेशको सञ्चार क्षेत्रलाई व्यस्थित गर्नका लागि यसअघि स्थापना गरिएको सञ्चार प्रतिष्ठान तत्कालिन सरकारले खारेज गर्दा महासंघ सहितका पत्रकारका संगठनले विरोध नजनाएकोमा गुनासो गर्नुभयो । उहाँले भन्नुभयो,‘ सञ्चार विधेयक नै नचाहिएको हो की जस्तो लागेको छ ।’ विधेयक प्रदेशसभाको क्षेत्राधिकार भित्र पर्ने भएकाले पत्रकार आन्दोलित भएको अवस्थामा अघि नबढाउनका लागि पहल गर्ने उहाँले बताउनुभयो ।  

संसद भित्र प्रवेश गरिसकेको विषय सरकारको मात्रै विषय नभएकोले सरोकारवाला दलहरुसँग छलफल गरेर अगाडि बढ्ने मुख्यमन्त्री कार्कीले बताउनुभयो । मुख्यमन्त्री कार्कीले आफू कोशी प्रदेश सरकारमा आएदेखि नै पत्रकारहरूको एउटा दर्बिलो संस्था बनाउने इच्छा रहेको उल्लेख गर्दै कानुन मार्फत नै संस्था बनाएर काम गर्ने सोचअनुरूप यो विधेयक ल्याएको जानकारी दिनुभयो ।  

समाचार लेखेकै आधारमा पत्रकारलाई एक लाख रुपियाँसम्म दण्ड जरिबाना गर्ने, प्रेस रजिस्ट्रारले जरिबाना र क्षतिपूर्ति भराउने आदेश गर्न सक्ने जस्ता व्यवस्था सहित कोशी प्रदेशसभामा पेश भएको कोशी प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८१ प्रति पत्रकार महासंघ आन्दोलित बनेको हो । 

 विधेयकले प्रेस स्वतन्त्रतामाथि गम्भीर आघात पु¥याउने नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष खड्काले बताउनुभयो । उहाँले विधेयकमा प्रस्तावित प्रादेशिक सञ्चार प्रतिष्ठानलाई अदालती अधिकार दिने प्रावधानले प्रेस स्वतन्त्रतामाथि गम्भीर आघात पु¥याउने देखिएको भन्दै मुख्यमन्त्री कार्कीको ध्यानाकर्षण गराउनु भएको थियो । 




अस्ट्रिया भदेो १० गते | स्वास्थ्यका र भाइचारा लागि खेलकुद भन्ने नाराका साथ अष्ट्रियाको पर्यटकीय सहर इन्स्ब्रुकमा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको छ । नेपाल युरोपियन स्पोट्र्स क्लब (एनईएससी)ले आयोजना गरेको हो ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दागर्दै पनि खेलाडी घाइते भएका कारण आयोजक क्लब उपविजेतामा सीमित हुन पुग्यो । एनईएससीले ३ खेल जित्दा फाइनलमा भने फिनल्याण्ड एचएससी क्लबसित ३–० को हार व्यहोर्नु बाध्य भयो ।

एनईएससीले एनबीएससीलाई २–०, एचएससीटी स्वीजरल्याण्डलाई २–० र एचएसभीसी जर्मनीलाई २–० को सेटमा पराजित गरेको थियो । सबै खेलमा उत्कृष्ट प्रदर्शन गरेको एनईएससी एकजना खेलाडी घाइते भएका कारण फाइनलमा पराजित हुन बाध्य भएको एनईएससी दिलकुमार घमालले बताए ।

सन् २०२० मा स्थापना भएको नेपाल युरोपियन स्पोट्र्स क्लब एनईएससीले पछिल्ला प्रतियोगिताहरूमा उल्लेखनीय सफलता हात पारेको छ । सुरुवातमा केवल ४ खेलाडीहरूसँग सुरू भएको क्लब अहिले एक सबल र संगठित टोलीको रूपमा अघि बढिरहेको अध्यक्ष घमालको भनाइ छ ।

‘यस वर्षको प्रतियोगितामा क्लबले तीन खेलमा लगातार विजय हासिल गर्दै फाइनलसम्मको यात्रा तय गरेको थियो,’ घमालले भने, ‘तर डेनियल, माइकलको प्रशिक्षणमा टिमले राम्रो गर्दागर्दै पनि एकजना खेलाडीको खुट्टामा समस्या आएपछि उपाधि जित्ने लक्ष्य पूरा हुन सकेन ।’

अध्यक्ष घमालले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सुश्री सारा, डेनियल, माइकल, टी भली टिम, गल्र्स टिम तथा सबै पाहुनाहरूलाई धन्यवाद दिए ।

 


काठमाडौ भदेो १० गते । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगंज नर्सिङ क्याम्पसले आइतबार तीज गीत प्रतियोगिता सम्पन्न गरेको छ ।

नर्सिङ क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको सात समूहबीच प्रतियोगिता भएको थियो ।

विशेष अतिथि साहित्यकार सम्पादक रमेश दाहालले उद्घाटन गरेको उक्त प्रतियोगिता समारोहको सभापतित्व क्याम्पस प्रमुख मुना राना थापाले गरेकी थिइन् ।

प्रतियोगिता समारोहका प्रमुख अतिथि इन्द्रेणी कार्यक्रमका सञ्चालक तथा समाजसेवी कृष्ण कँडेल थिए भने निर्णायकहरूमा प्रा.डा. जीवेन्द्रदेव गिरीसंगीतकार तथा गायक कृष्ण गुरुङसाहित्यकार पार्वती भट्ट थिए ।

प्रतियोगी सात समूहले प्रस्तुत गरेका तीज गीतहरू विशुद्ध नेपाली तीज गीतको भाकामा गाइएका थिए भने वर्तमान अवस्थामा नर्सहरूको कथाव्यथा पीडालगायतका गीतका शब्दहरूले उपस्थितहरू सबैको मन छोएको थियो ।

उनीहरूका गीतहरूमा नर्सिङ पेशा नभई सामाजिक सेवा भएको कारण नर्सहरूको कार्यलाई सम्मानपूर्वक हेरिनुपर्ने र उनीहरूको लागि सरकारले उचित व्यवस्था गर्न नसकेको भन्ने कुराहरूलाई व्यक्त गरिएको थियो । साथै तीजको दर खाँदा खानेकुराहरूमा ध्यान दिई आफ्नो स्वास्थ्यलाई ध्यान दिऔँ भन्ने सन्देशसहितका भावहरू गीतमा प्रस्तुत गरिएको थियो ।

प्रमुख अतिथिको मन्तव्यमा कृष्ण कँडेलले प्रस्तुत गीतहरू साँच्चै नै मार्मिक भएको र वर्तमान अवस्थामा पार्टी प्यालेसहरूमा ह्वीस्की बियरका साथमा डिस्को गीत तथा तीज गीतको नाममा छाडा प्रवृत्तिको गीतमा रमाउँदै तीज मनाउने महिलाहरूलाई समेत सन्देश दिएको बताएका थिए ।

तीज गीत प्रतियोगितामा प्रस्तुत गरिएका गीतहरुले आफूलाई ३० वर्षअघि फर्काएको अनुभव व्यक्त गरेका थिए भने प्रस्तुत प्रतियोगीहरूलाई इन्द्रेणी कार्यक्रममा सहभागी गराएर गीतका व्यथाहरू र सन्देशलाई सम्बन्धित निकायसम्म पुर्याउने कुरा व्यक्त गरेका थिए ।

प्रतियोगी सात समूहको गीतहरूको मूल्याङ्कनकर्ताहरूको मूल्याङ्कनका आधारमा पार्वती भट्टले प्रथम द्वितीय तृतीय हुने समूहको घोषणा गरेकी थिइन् । सातौँ समूह प्रथम भए पनि सबै समूहका गीतहरू उत्कृष्ट भएको र थोरै नम्बरमा फरक रहेको कुरा बताएकी थिइन् ।


प्रथम द्वितीय तृतीय हुने समूहलाई पुरस्कार र अन्य समूहका विद्यार्थीहरूलाई सान्त्वना पुरस्कार कार्यक्रमका प्रमुख अतिथि कृष्ण कँडेलविशेष अतिथि रमेश दाहाल र कार्यक्रमका सभापति तथा क्याम्पस प्रमुख मुना राना थापाले पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि कृष्ण कँडेल र निर्मला भण्डारीबीचको राइझुमा” बोलको गीतको दोहोरीले कार्यक्रमलाई रोचक र मनोरञ्जक तुल्याएको थियो ।

क्याम्पसकी शिक्षिका सीता वलीद्वारा रोचक तरिकाले सञ्चालन गरिएको कार्यक्रममा उपस्थित अन्य अतिथिहरूले समीक्षा मन्तव्य व्यक्त गरिएको थियोभने क्याम्पसकी सह प्राध्यापक कृष्णादेवी श्रेष्ठले धन्यवाद मन्तव्य व्यक्त गरेकी थिइन् ।

कार्यक्रममा प्रमुख अतिथिलाई कदरपत्रसहित र मूल्याङ्कनकर्ताहरू तथा विशेष अतिथि एवं अतिथिहरूलाई मायाको चिनो वितरणसहित सभापतिको मन्तव्यमार्फत कार्यक्रम समापन गरिएको थियो ।



विराटनगर  भदेो ९ गते |  कोशी प्रदेशको राजधानी विराटनगरबाट आजदेखि नयाँ अनलाइन पोर्टल ब्रेकिङ नेपाल डट कमऔपचारिकरुपमा सुरु भएको छ ।

गाउँशहर मिडिया प्रालिद्वारा सञ्चालित ब्रेकिङ नेपाल डट कमको एक समारोहका बीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले शुभारम्भ गरे । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथिसमेत रहेका मेयर कोइरालाले मिडिया सञ्चालनमा आउनुभन्दा टिक्नु मुख्य विषय भएको बताए । ‘नेपालमा थुप्रै मिडियाहरु सञ्चालनमा आएका छन् । तर लामो समयसम्म टिक्न सक्दैनन्,’ उनले भने, ‘लामो समयसम्म टिक्नका लागि विशेष योजनाका साथ अगाडि बढ्नुपर्छ ।’

मेयर कोइरालाले नेपाली समाज अहिले नकारात्मक र निराशाबाट गुज्रिरहेको चर्चा गर्दै सञ्चारमाध्यमहरुले सकारात्मक सन्देश दिने समाचारलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । उनले उनले ब्रेकिङ नेपाल न्यूजले सकारात्मक र आशाको खोजी गर्न आग्रह गरे ।

उपमेयर शिल्पा निराला कार्कीले समाज रुपान्तरणमा सञ्चार क्षेत्रको अहम् भूमिका रहँदै आएको चर्चा गरिन् । निष्पक्ष र तथ्यमा आधारित रहेर समाचार बनाउनुपर्नेमा उनको जोड थियो । प्रविधिको बढ्दो प्रयोगले सञ्चार क्षेत्रमा चुनौती देखिएको बताउँदै उनले भनिन्, ‘ब्रेकिङ नेपाल जस्ता मिडियाले समयको मागअनुसार र पाठक र दर्शकको चाहनाअनुसार सामग्रीहरु प्रस्तुत गर्नु आवश्यक छ ।’

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शंकर खरेलले देशको आर्थिक अवस्थाका कारण सञ्चार क्षेत्र निकै समस्यामा रहेको बताए । उनले प्रदेश सरकारले प्रेसविरोधी विधेयक ल्याएको अवस्थामा ब्रेकिङ नेपालको जन्म भएको उल्लेख गरे । सञ्चार क्षेत्रलाई राज्यले हेर्ने दृष्टिकोण बदलिनुपर्नेमा उनको जोड थियो । जोसुकै सरकारमा भए पनि सञ्चार क्षेत्र प्रतिपक्षको भूमिकामा हुने गरेका कारण जहिले पनि सत्तापक्षले सञ्चार माध्यम क्षेत्रलाई हेर्ने दृष्टिकोण नकारात्मक हुने गरेको खरेलको भनाइ थियो ।

हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेलले जति धेरै सञ्चार माध्यम खुले त्यति धेरै जनताले सूचना प्राप्त गर्ने विचार व्यक्त गरे । तथ्यपरक समाचार सम्प्रेषण गरेर समाजमा विश्वसनीयता कायम गर्न उनले सुझाव दिए । अग्रज साहित्यकार एवं प्राध्यापक कविराज न्यौपानेले ब्रेकिङ नेपाल न्यूज आवाजविहीनहरुको आवाज बन्न सकोस् भनेर शुभकामना दिए ।

उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले राजनैतिक क्रान्ति पूरा भएकाले अब सञ्चार माध्यमहरुले आर्थिक विकास र समृद्धिका मुद्दालाई प्राथमिकता दिनु आवश्यक रहेको औंल्याए । ‘ब्रेकिङ नेपाल डट कमले आर्थिक मुद्दा उठाओस् भन्ने शुभकामना दिन चाहन्छु,’ राठीले भने ।

गाउँशहर मिडिया प्रालिका अध्यक्ष एवं ब्रेकिङ नेपाल डट कमका प्रधानसम्पादक मीनकुमार नवोदितले पत्रकारिता केवल समाचारको संग्रह मात्रै नभएर सामाजिक रूपान्तरणको एक शक्तिशाली औजार भएको बताए । नेपाली समाजमा दिनप्रतिदिन मौलाउँदै गएको निराशाको छायाँ हटाएर आशाको उज्यालो फैलाउन थोरै मात्रै भए पनि प्रयास गर्ने गरी ब्रेकिङ नेपाल सुरु गरिएको उनले प्रस्ट्याए ।

‘आजभोलि हामीकहाँ सफलताभन्दा असफलता, समाधानभन्दा समस्याहरूको चर्चा बढी हुने गरेको छ । समाजमा भएका सकारात्मक परिवर्तन, प्रेरणादायी यात्राहरू र आत्मबलले जितिएका संघर्षहरू ओझेलमा पर्दै गएका छन्,’ नवोदितले भने, ‘यस्ता परिस्थितिमा ब्रेकिङ नेपाल डट कमले सकारात्मक सोच, सफल व्यक्तित्वका प्रेरणादायी कथा, युवा पुस्ताका सिर्जनशील प्रयास र सामाजिक रूपान्तरणका उदाहरणहरूलाई प्रकाशमा ल्याउने अठोट लिएका छौं ।’

कार्यक्रममा विराटनगर महानगरपालिका वडा नम्बर ९ का अध्यक्ष विश्वनाथप्रसाद भगत, ११ का अध्यक्ष तीर्थेन्द्र नेउपाने, नेपाल पत्रकार महासंघका कोशी प्रदेश अध्यक्ष भरत खड्का, प्याब्सनका पूर्वकेन्द्रीय अध्यक्ष टीकाराम पुरी, मोरङका प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरिया, प्रेस युनियनका केन्द्रीय उपमहासचिव अभयकुमार राई, पूर्वकेन्द्रीय उपाध्यक्ष शेखर रेग्मी, पूर्वाञ्चल विश्वविद्यालयको व्यवस्थापन संकायका डिन डा. सन्देशदास श्रेष्ठ, गैसस महासंघ मोरङकी अध्यक्ष विष्णु शर्मा, प्याब्सन मोरङका पूर्वअध्यक्ष प्रेमलाल सुवाल, विराटनगर पूर्वअध्यक्ष इन्द्र राई, वर्तमान अध्यक्ष अर्जुन श्रेष्ठ, उपाध्यक्ष अशोक लामा, विराटनगर प्रज्ञा प्रतिष्ठानका महासचिव दिङ्लाली कान्छो, झोराहाट नाट्य समाजका अध्यक्ष भरत बर्बरिक, छन्दवाटिका विराटनगरका अध्यक्ष हरि कट्टेल, विराट साहित्य संगमका रामबाबु दाहाललगायतको उपस्थिति रहेको थियो ।

 


काठमाडौं भदेो ९ गते । सर्वोच्च शिखर सगरमाथाको दुबै मोहडा नेपाल र तिब्बतबाट सफल आरोहण गरी विश्वकिर्तिमान राख्न सफल आरोही कल्पना महर्जनको अगुवाईमा तिज अन द वाल ९स्पोर्ट क्लाइमिंग० भएको छ । हरेक वर्ष नेपाली हिन्दू महिलाहरुको महान पर्व तिजको उपलक्ष्यमा तिज अन द वाल आयोजना गरिएको हो ।

 संस्कृति र साहस सँगसँगै भन्ने नाराको साथमा भएको तिज अन द वाल कार्यक्रममा यो पटक नेपाली सेनाका महिला जवानहरुले सभागिता जनाउनुका साथै दुई पाड.ग्रे क्विनका सदस्यहरुले पनि
भाग लिएका थिए ।
 
साहसिक खेल स्पोर्ट क्लाइम्बिडको प्रवर्द्धन गर्ने लक्ष्यसहित हरेक वर्ष विभिन्न विधाका महिलाहरुलाई कार्यक्रममा सहभागी गराउँदै आएको सो संस्थाले बताएको छ । महर्जनले राजधानीको धुम्वाराहीमा रहेको पासाग लामु स्पोटर्स क्लाइम्बिङमा क्लाइम्बिङ अभ्यास गराएकी हुन् ।
 
 तिजलाई फरक ढंगमा मनाउने उद्देश्यका साथ तिज अन दी वाल सुरु गरिएको उनले बताइन् । तिजमा भगवना शिवलाई पाउन पार्वती माताले कठोर तपस्या पछि प्राप्त गरेको कथा छ ।
 
त्यस्तै हामीले आफ्नो कुनै पनि लक्ष्य प्राप्त गर्न पार्वती माताले जस्तै कठोर भन्दा कठोर संघर्ष पछि मात्र लक्ष्य र सफलता प्राप्त गर्न सकिने सन्देश दिन कार्यक्रम गर्दै आएको जनाइएको छ ।


विराटनगर भदेो ८गते | कोशी प्रदेश सरकारले ल्याएको विवादास्पद आमसञ्चार विधेयकको विरोधमा आइतबार विराटनगरमा पत्रकारहरूले प्रतीकात्मक प्रदर्शन गरेका छन् ।

नेपाल प्रेस युनियन कोशी प्रदेशको अगुवाइमा पत्रकारहरू मुखमा कालो टेप लगाउँदै विराटनगरको देवकोटा चोकदेखि हाटखोलासम्म उल्टो हिँडेर विरोध जनाएका हुन् । सांकेतिक प्रदर्शनमार्फत ‘विधेयक प्रेस स्वतन्त्रता विरुद्ध’ रहेको सन्देश दिन खोजिएको युनियनका अध्यक्ष मीनकुमार नवोदितले जानकारी दिए ।

पत्रकार महासंघको नेतृत्वमा युनियनसहित सबै संगठनको सहभागितामा दिएको सुझावलाई सरकारले बेवास्ता गर्दै जबरजस्ती विधेयक ल्याएको भन्दै युनियनले विरोध जनाएको हो । अध्यक्ष नवोदितले प्रदेश सरकारले सरोकारवाला निकायसँग छलफलको नाटक मात्र गर्दै विधेयक जबर्जस्ती अघि बढाएको आरोप लगाए । ‘प्रेसमाथि अंकुश लगाउने प्रावधान खारेज नभएसम्म आन्दोलनलाई अझै सशक्त बनाउनेछौं,’ अध्यक्ष नवोदितले भने, ‘प्रदेश सरकार उल्टो बाटोमा हिंडिरहेको छ । त्यही भएर प्रदेशसभादेखि उल्टो हिंडेर हाटखोलास्थित कारागारको गेटसम्म पुगेका छौं । उल्टो हिंडिरहेको प्रदेश सरकारले पत्रकारलाई समाचार लेखेकै आधारमा जेल हाल्न लागेको भनेर विरोध गरेका हौं । स्वतन्त्र प्रेसविरोधी विधेयक कुनै पनि हालतमा स्वीकार्य छैन ।’

युनियन कोशी प्रदेश नेतृत्वमा भएको विरोध प्रदर्शनमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शंकर खरेल, कोशी प्रदेशका उपाध्यक्ष कुमोद अधिकारी, महासचिव हिमा चेम्जोङ, सल्लाहकार लीलावल्लभ घिमिरे, प्रेस युनियनका केन्द्रीय उपमहासचिव अभयकुमार राई, पूर्वकेन्द्रीय उपाध्यक्ष शेखर रेग्मी, मोरङ अध्यक्ष वेदराज पौडेल, सुनसरी अध्यक्ष धु्रव ढकाल, प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष विवेक गौतम, मोरङ अध्यक्ष नविन कर्णसहित विभिन्न संघसंगठनमा आबद्ध पत्रकारहरूको बाक्लो सहभागिता रहेको थियो ।

प्रदेशसभामा प्रस्तुत गरिएको ‘कोशी प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ मा पत्रकारहरूलाई नियन्त्रण गर्ने आशय देखिएको भन्दै चर्को असन्तोष जनाइएको हो । समाचार लेखेकै आधारमा पत्रकारलाई १ लाख ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था छ । कोशी प्रादेशिक आमसञ्चार प्रतिष्ठानमा अध्यक्षलाई केवल औपचारिक बनाउँदै सारा कार्यकारी अधिकार सरकारद्वारा नियुक्त रजिष्ट्रारलाई दिने व्यवस्था गलत भएको पत्रकारहरुको भनाइ छ । सोही रजिष्ट्रारलाई समाचारका विषयमा उजुरी लिने, जरिवाना तिराउने र क्षतिपूर्ति भराउनेअधिकार दिने व्यवस्थागलत भएको पत्रकारको ठहर छ ।

यसअघि नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन, प्रेस सेन्टर, प्रेस चौतारी नेपाल, संसदीय पत्रकार मञ्च, अनलाइन पत्रकार समाजलगायत पत्रकार सम्बद्ध संस्थाहरूले संयुक्त तथा छुट्टाछुट्टै विज्ञप्तिमार्फत विधेयकको विरोध जनाइसकेका छन् ।  उनीहरूले विवादास्पद दफा पूर्ण संशोधन नगरेमा सडक संघर्ष चर्काउने चेतावनी दिएका छन् ।


काठमाडौं भाद्र ८ गते । बुद्धवीर लामा चौंधौं गितिमय सांगितिक साँझको तयारी सहित छैठौं शुभकामना भेट्रान्स दौड प्रतियोगिता सम्पन्न भएको छ । शनिवार त्रिपुरेश्वर स्थित दशरथ रंगशालाबाट शुरु भएको दौड सुन्धारा, रत्नपार्क, जमल, केशरमहल, दरबारमार्ग, सहिदगेट हुँदै पुन रंगशालामा आएर समाप्त भएको थियो । 

बैकुण्ठ मानन्धर खेलकुद नेपाल र प्रयास मञ्च नेपालको संयुक्त आयोजनामा सम्पन्न दौडमा ५० वर्ष माथि पुरुष तर्फ जापानका धावक मिजुकी मात्सुजुकी प्रथम, नेपालका राजेश महर्जन दोस्रो तथा रामकुमार रायमाझी तेस्रो हुन सफल भएका थिए । यस्तै ३५ वर्ष माथि पुरुष तर्फ दिेनेश महर्जन पहिलो, सुनिल महर्जन दोस्रो र नवराज कार्कीले तेस्रो स्थान हासिल गरे । खुल्ला पुरुष तर्फ आयुष चाम्लिङ, सुनज विक र अभिनारायण अधिकारी क्रमश पहिलो, दोश्रो र तेस्रोभए । यसैगरी ३५ वर्ष माथि उमेर समुहकै महिला तर्फ कल्पना महर्जन पहिलो, चारु अर्याल दोस्रो र उर्मिला शाक्यले तेस्रो स्थान हासिल गरेका छन् । 

६५ वर्ष माथि पुरुष तर्फ जापानी खेलाडि नोरी हिकोवातान्ने पहिलो र नेपालका पुष्पलाल श्रेष्ठ दोस्रो हुन सफल भए । यस्तै ७० वर्ष माथि उमेर समुहको पुरुष तर्फकै प्रतिष्पर्धामा मंगलदास तण्डुकार र गजेन्द्र लाल प्रधानले क्रमश पहिलो र दोस्रो स्थान हासिल गर्न सफल भएका थिए । विजयी खेलाडिहरुलाई प्रमुख अतिथि किर्तिमानी धावक बैकुण्ठ मानन्धर र विशेष अतिथि बुद्धवीर लामाले पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगितामा १३० खेलाडिहरुले सहभागीता जनाएका थिए ।


ललितपुर भदेो ८ गते | थाइल्याण्ड राष्ट्रिय महिला भलिबल टोलीकी आउटसाइड हिटर दारिन पिन्सुवानलाई ललितपुर क्विन्सले आबद्ध गरेको छ । पोखरामा अर्को साता देखि सञ्चालन हुने एभरेष्ट महिला भलिबल लिगमा सहभागी जनाउन लागेको ललितपुर क्विन्सले आफ्नो तेस्रो विदेशी खेलाडीको रुपमा दारिनलाई अनुबन्ध गरेको आइतबार सामाजिक सञ्जाल मार्फत जनायो । ललितपुरले यस अगिनै थाइल्याण्डकै वारन्या श्रिलाओङ र पट्राथिप सान्त्रकुनलाई अनुबन्ध गरिसकेको छ ।      

३० वर्षकी दारिनसँग थाइल्याण्ड, दक्षिण कोरिया, चाइनिज ताइपेई जस्ता राष्ट्रियहरुमा खेलिसकेको अनुभव छ । उनी सम्मीलित थाइल्याण्ड राष्ट्रिय महिला भलिबल टोलीले सन् २०१४ मा दक्षिण कोरियाको इन्चोन सहरमा आयोजना भएको एसियन गेम्समा कांस्य पदक जितेको थियो । उनको आगमन सँगै टोली थप बलियो भएकोमा ललितपुर क्विन्सको विश्वास छ । 

आफ्नो साथीहरू खेलेको भएर गत संस्करणको लिग उनले हेरेको र लिगको बारे अवगतनै रहेको उनी बताउँछिन् । देश विदेशमा धेरै उपाधि जितिसकेकी दारिन यो पटक नेपालमा उपाधि जित्ने योजना रहेको छ । 

घरेलु भलिबलमा सफल प्रशिक्षक मध्य एक उत्सव खड्काको नेतृत्वमा ललितपुर क्विन्सको टोली कोर्टमा उत्रनेछ । टोलीको मार्की खेलाडी तथा कप्तान सलिना श्रेष्ठ रहेका छन् भने ललितपुरले अक्सन बाट संगम महतो, लक्ष्मी चन्द, सुनिता राइ, सलिना बूढा मगर, निशा चौधरी, सृष्टि खड्गी र भावना डाँगीलाई टोलीमा समावेशगरेकोथियो । ललितपुरले आफ्नो गुडविल एम्बासडरमा दीक्षिण एसियाली खेलकुदको तीन स्वर्ण पदक विजेता आयशा शाक्यलाई नियुक्त गरेको छ । 

रुप्से होलिडेजले ललितपुर क्विन्स मुख्य प्रायोजन गरेको छ भने प्रायोजकको रुपमा आईएमई जनरल इन्स्युरेन्स लिमिटेडले ललितपुरलाई साथ दिएको छ। दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग भदौ २० देखि २८ सम्म हुनेछ ।


विराटनगर भदेो ७ गते |  युवाकवि मोतीराम भट्टको जन्मजयन्तीको अवसरमा छन्द वाटिका नेपाल, विराटनगरले शनिबार एक विशेष साहित्यिक कार्यक्रमको आयोजना गरेको छ ।

‘मोती जयन्ती विशेष’ नाम दिइएको उक्त कार्यक्रममा भट्टको साहित्यिक कृतित्व, व्यक्तित्व र नेपाली साहित्यमा पु¥याएको योगदानको स्मरण तथा सम्मान गरिएको छ ।

कार्यक्रममा प्राज्ञ खेम नेपाली, प्रा. कविराज न्यौपाने र केशु विरहीलगायतले भट्टको जीवनवृत्त र साहित्यिक योगदानबारे चर्चा गरेका थिए । वक्ताहरूले मोतीराम भट्टले नेपाली साहित्यमा पु¥याएको योगदान अमूल्य रहेको उल्लेख गर्दै नयाँ पुस्ताका स्रष्टाहरूले त्यसबाट प्रेरणा लिनुपर्ने धारणा राखेका थिए ।

परिचर्चा सत्रपछि आयोजित रचना वाचन कार्यक्रममा तीन दर्जनभन्दा बढी साहित्यकारले भट्टलाई समर्पित कविता, गजल र मुक्तक वाचन गरेका थिए । रचना वाचन गर्ने स्रष्टामध्ये ऋषि तिवारी, उमानाथ भट्टराई, गोपाल निर्भीक, लक्ष्मी घिमिरे, शुभलक्ष्मी लम्साल, चूडामणि अकिञ्चन, डोमी कामत, नवराज नवशीला, राधा भट्टराई, पुण्य चौलागाईं, किरण अन्जान, जीवन काश्यप, बाबुराम पोखरेल, प्रिन्स प्रमोद, रमेश निरौला, सिजन श्रेष्ठ, सुशीला प्रसार्इं, गोविन्द ढुङ्गानालगायत थिए ।

मोरङ र सुनसरीका विभिन्न ठाउँबाट साहित्यकारहरूको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा छन्दवाटिका नेपालका अध्यक्ष कवि हरि कट्टेलले सभापतित्व गरेका थिए भने प्रमुख अतिथिका रूपमा प्रा. कविराज न्यौपाने उपस्थित थिए ।

वि.सं. २०७२ मा कवि हरि कट्टेलको संयोजनमा स्थापना गरिएको छन्द वाटिका नेपाल, विराटनगरले निरन्तर रूपमा अग्रज स्रष्टाहरूको सम्मान, साहित्यिक कृति प्रकाशन र रचना वाचन कार्यक्रम गर्दै आएको छ । संस्था साहित्यिक चेतना अभिवृद्धिमा क्रियाशील रहँदै आएको छ ।

 


बिराटनगर २०८२ भाद्र ५ गते| बुधबार मोरङ उद्योग व्यापार संघको टोलीले र झापा जिल्ला स्थित विभिन्न उद्योग वाणिज्य संघहरुमा भ्रमण भेटघाट गरेको छ ।

मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी र निवर्तमान अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजालको नेतृत्वमा गएको संघको टोलीले झापा उद्योग वाणिज्य संघ, झापा उद्योग संघ, मेची उद्योग वाणिज्य संघ, विर्तामोड उद्योग वाणिज्य संघ र शिवशताक्षी उद्योग वाणिज्य संघमा भ्रमण भेटघाट गरेको थियो ।

उद्योग वाणिज्य संघहरुमा भ्रमणका क्रममा संघका अध्यक्ष राठीले सम्बन्धित संघका अध्यक्ष, पदाधिकारीहरु र कार्यसमितिहरुसँग भेटघाट गरी उद्योग वाणिज्य संघहरुसँग आफ्नो संघको सम्बन्ध थप प्रगाढ बनाउने तथा उद्योगरव्यवसाय क्षेत्रका साझा समस्याहरु निराकरणार्थ ऐक्यबद्ध भई अघि बढ्ने उद्देश्यले भ्रमण भेटघाटको कार्यक्रम आयोजना गरेको बताउँदै समसामायिक विषयहरुमा छलफल गर्नु भएको थियो ।

टोलीमा संघका अध्यक्ष राठी, निवर्तमान अध्यक्ष रिजाल सहित वरिष्ठ उपाध्यक्ष अनिल कुमार साह, प्रवक्ता दिपेश सुवेदी, आमन्त्रित सदस्य डा। दिपेन्द्र नौलखा, युवा उद्यम समिति संयोजक अमित अग्रवाल र प्रमुख कार्यकारी अधिकृत कृष्ण रेग्मीको सहभागिता रहेको थियो ।


विराटनगर, ५भदौ | अखिल क्रान्तिकारी महिला संघ बुढीगंगाले अधिकारका वकालत गर्दै तीज पर्व मनाएको छ ।

टंकीसिनवारी स्थित जेसिज भवनमा सयौ महिलाहरुको सहभागीतमा  क्रान्तिकारी महिला संघ बुढीगंगाले हक अधिकारको पक्षमा वकालत गर्दै तीज पर्व हर्षोल्लासका साथ मनाएको हो ।

पुष्पा भगतको अध्यक्षतमा भएको तीज बिशेष कार्यक्रममा प्रमुख अतिथि माओबादी पार्टीका केन्द्रिय  सदस्य तथा मोरङ ४ (१) का प्रदेश सांसद जिवन आचार्यले महिलाहरुको हक अधिकारका लागि आफु जस्तोसुकै चुनौती मोलेर पनि साथ दिन सधै तयार रहने प्रतिबद्धता जनाए । उनले क्रान्तिकारी महिलााहरुले तीजको आवरणमा हुने अन्धविश्वासलाई त्यागदै प्रगतीशिल ढंगले मनाउनुपर्नेमा जोड दिए ।

माओबादी केन्द्रिय सदस्य तथा कोशी प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक गीता तिम्सिनाले तीज पर्वलाई अव कुण्ठाका लागि हैन आफनो हक अधिकारको संघर्षर्ला केन्द्रित गरेर मनाउनुपर्ने बताइन । उनले तीज पर्व महिलाहरुका लागि बिशेष दिन भएको तर यसलाई अन्धविश्वासको ढर्रामा सिमित राख्न हुदैनन भनिन ।

माओबादी केन्द्रिय सदस्य तथा अनेमसंघ क्रान्तिकारी केन्द्रिय सचिव विनिता घिमिरेले पहिले महिलाहरुले आफुहरुले सहन गर्नुपर्ने ज्यादती वताउन पनि एक बर्ष पर्खेर माइत जानुपर्ने बाध्यता रहेको सुनाउदै तर अब महिलाहरुले घरभित्र र वाहिर हुने कुनैपनि उत्पिडन सहनुहुदैन भनिन ।

 अखिल कान्तिकारी महिला संघ कोशी अध्यक्ष लता न्यौपानेले महिलाहरु अझै पितृसत्ताको मारमा परिरहेकोले त्यसविरुछद्ध एक भएर संघर्ष गर्नुपर्ने बताइन । माओबादी केन्द्र कोशीकी सचिव कुमारी राईले महिलाहरुलाई दासी मान्ने चलनको अन्त भैसकेकोले अब आफुले पनि खुलेर संघर्ष गर्दै आफनो अधिकार लिन आग्रह गरिन ।

तीज विशेष कार्यक्रमा माओबादी केन्द् मोरङका संयोजक विजय विश्वास , प्रेदश सदस्य तथा मजदुर नेता उपेन्द्र राय , महिला नेतृ गरिमा भट्टराई सहित पार्टीका प्रदेश र जिल्लाका सल्लाहकारहरु , विद्यार्थी अगुवाहरुको सहभागीता थियो । कार्यक्रमको सञ्चालन महिला क्रान्तिकारी बुढीगगाकी सचिव कल्पना थापा भण्ण्डारीले गरेकी थिइन ।

कार्यक्रममा सहभागी सयौ आमा दिदी बहिनीहरुले नाचगान गदैृ तीजको अवसरमा जलपान गर्दै शुभकामना अदानप्रदान गरेका थिए ।


विराटनगर  भाद्र ५ गते ।  हिन्दू नेपाली महिलाहरूको महान चाड हरितालिका तीजको अवसरमा विराटनगर–११ स्थित ज्येष्ठ नागरिक सेवा समाज केन्द्रीय कार्यालयले विशेष कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्की प्रमुख अतिथिका रूपमा सहभागी भइन् । उनले तीजलाई केवल नाचगान र दरमा सीमित नराखी यसलाई महिलाहरूको आत्मस्फूर्त भावनात्मक अभिव्यक्ति र आत्मबल वृद्धि गर्ने पर्वको रूपमा लिनुपर्ने बताइन् ।

‘तीज केवल चाड मात्र होइन, महिलाहरूको सुख–दुःख साट्ने, समभाव र सहकार्यको भावना उजागर गर्ने पर्व हो,’ कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर कार्कीले भनिन्, ‘हामीले यसलाई संस्कारसहित मनाउनु आवश्यक छ, ताकि हाम्रो संस्कृति पनि जगेर्ना होस् र भावीपुस्तालाई पनि सही परम्परा हस्तान्तरण होस् ।’

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङकी डिएसपी कोपिला चुडालले तीजजस्ता पर्वहरूमा महिलाको सुरक्षा र आत्मसम्मानको प्रत्याभूति राज्यको कर्तव्य भएको बताउँदै, सामाजिक रूपमा सकारात्मक सन्देश फैलाउने कार्यमा यस्ता कार्यक्रमले सहयोग पु¥याउने उल्लेख गरिन् । गैसस मोरङकी अध्यक्ष विष्णु शर्माले तीजले महिलाहरूबीच एकता र आत्मीयता बढाउने बताए ।

समाजकी अध्यक्ष अञ्जु कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा करिब ७० जना ज्येष्ठ आमाहरूको उपस्थिति थियो । उनीहरूलाई विशेष रूपमा दर खुवाइयो र सम्मानसमेत गरिएको थियो । प्रमुख अतिथिसहित अन्य विशिष्ट अतिथि तथा आमाहरूले तीजका पारम्परिक गीतहरूमा नाचेर रमाइलो गर्दै पर्वको रौनक थपेका थिए ।

कार्यक्रममा वक्ताहरूले तीजको मूल मर्म नबिर्सी विकृति र तडकभडकभन्दा पनि आत्मीयता र संस्कारमा जोड दिनुपर्नेमा जोड दिएका थिए । कार्यक्रमले पारिवारिक एवं सामाजिक सद्भाव मजबुत बनाउने सन्देश दिएको सहभागीहरूले बताएका छन् ।


बिराटनगर २०८२ भाद्र ०३, गते | प्लाष्टिक फोहोरको उचित व्यवस्थापनका लागि नीतिनिर्माण गर्ने उद्देश्यले पहिलोपटक राष्ट्रिय स्तरमा अनुसन्धान गरी तयार पारिएको अध्ययनको प्रतिवेदन सार्वजनिक र सरोकारवालासंगको छलफल कार्यक्रम उद्योग संगठन मोरङ र अभ्नी भेन्चर्सको आयोजनामा सम्पन्न भएको छ ।

नेपाल सरकार वन तथा वातावरण मन्त्रालय र वातावरण विभागले अभ्नी भेन्चर्सको प्राविधिक सहयोगमा प्लाष्टिकजन्य उद्योगहरुमा गरेको अध्ययनको प्रतिवेदन सार्वजनिक गर्दै अभ्नी भेन्चर्सका निर्देशक सुशिल खडकाले नेपालमा वार्षिक ३ लाख ५२ हजार १४० मेट्रिक टन प्लास्टिक फोहोर उत्पादन हुने र सो मध्ये २ लाख १२ हजार १३१ मेट्रिक टन प्लास्टिक फोहोर औपचारिक तथा अनौपचारिक सेवामार्फत संकलन गरिदै आएको वताए ।

 उनले ३० हजार ६३२ मेट्रिक टन प्लास्टिक फोहोर पुनःप्रक्रिया क्षेत्रले संकलन गर्ने, १ लाख ४४ हजार ००८ मेट्रिक टन प्लास्टिक फोहोर संकलन बिहीन रहनुका साथै २ लाख ६१ हजारा ६४३ मेट्रिक टन  प्लास्टिक फोहोर संकलन, ढुवानी, छानबिन र निस्तारण प्रक्रियाका क्रममा व्यवस्थापन प्रणालीबाट बाहिर चुहिने र १ लाख ५६ हजार ५१९ मेट्रिक टन प्लास्टिक फोहोर निस्तारणका लागि पठाइने गरेको प्रतिवेदन सार्वजनिक गरे ।

 निर्देशक खडकाले प्लास्टिक फोहोरको व्यवस्थापन सुनिश्चित गर्न स्थानीय निकायलाई ठोस फोहोर कार्यसम्पादन मापन सूचकहरूको आधारमा अन्तर–सरकारी वित्तीय स्थानान्तरण कोषमार्फत प्रोत्साहन दिनुपर्ने वताए । उनले प्लास्टिक प्रदूषणको समस्यालाई सम्बोधन गर्न प्लास्टिक फोहोर व्यवस्थापन ऐन ल्याई पुनःप्रयोगलाई प्रोत्साहन दिनुपर्ने, प्लास्टिक पुनःप्रयोगमा निजी क्षेत्रको लगानी भित्र्याउन सार्वजनिक–निजी साझेदारी अवधारणा प्रवद्र्धन गर्नुपर्ने, नेपालमा प्लास्टिकको पुनःप्रयोगका लागि लगानी प्रवाह गर्न ग्रिन वण्ड जस्ता नवप्रवर्तनशील, हरित वित्तीय उपकरणहरू प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले घरायसी सामग्रीदेखि लिएर अस्पताल, उद्योग, यातायात र कृषि क्षेत्रसम्ममा प्लाष्टिकको वढदो प्रयोगका कारण हाम्रो दैनिक जीवनको अभिन्न हिस्सा बनिसकेको वताउदै नेपालमा उत्पादन हुने प्लाष्टिक फोहोरको उचित व्यवस्थापन गर्नको लागि नीतिनिर्माण गर्नुपर्नेमा जोड दिए । उनले प्लाष्टिकको प्रयोगलाई रोक्न सम्भव नभएकाले यसको विवेकपूर्ण र पुनःप्रयोगका विकल्पहरू अपनाउन सकिने वताउदै फोहोर ब्यवस्थापनका लागि सार्वजनिक चेतना अभिवृद्धि गर्दै यसको उपयोगलाई वातावरणमैत्री बनाउन सबैले आ–आफनो स्थानबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

संगठनका पूर्व अध्यक्ष सुयश प्याकुरेलले प्लाष्टिक उद्योगले रोजगारी र राजश्य उपलब्ध गराउनुका साथै प्लाष्टिक उद्योगबाट उत्पादन हुने वस्तुहरुले विभिन्न उद्योगहरुका लागि प्याकेजिङ गर्ने सामाग्रिहरु समेत उत्पादन गरी सहायक वस्तु निर्माणमा महत्वपूर्ण भूमिका खेल्दै आएको तथ्यलाई आत्मसात गरि प्रत्येक व्यक्तिले दैनिक जीवनमा सचेतता अपनाएर प्लाष्टिकजन्य वस्तुलाई पुनप्रयोगमा ल्याउने वातावरण तयार गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा संगठनका कार्यसमिति सदस्यहरु, कोशी प्रदेशका विभिन्न स्थानिय पालिकाका प्रतिनिधिहरु, उद्योगी व्यवसायीहरु, संघ÷संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


विराटनगर भाद्र २ गते । विराटनगरमा प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम प्रवद्र्धन केन्द्र स्थापना गरिएको छ ।

स्थानीय सरकार, निजी क्षेत्र, शैक्षिक संस्था र समुदायबीचको सहकार्यमा स्थापित केन्द्रको उद्घाटन बिराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले गरे ।  ‘नेपालमा सीपयुक्त जनशक्तिको खाँचो टार्न प्राविधिक शिक्षामा आमूल सुधारको आवश्यकता छ,’ कार्यक्रममा बोल्दै मेयर कोइरालाले भने, ‘यो केन्द्र उद्योगहरूलाई आवश्यक दक्ष जनशक्ति आपूर्ति गर्न र समुदायमा रोजगारी र स्वरोजगारको अवसर सिर्जना गर्न महत्वपूर्ण माध्यम बन्नेछ ।’

यो केन्द्र सगरमाथा आइ ल्याब समूह (कोशी प्रदेश), काठमाडौं विश्वविद्यालयअन्तर्गतको स्कूल अफ एजुकेशन र स्विट्जरल्याण्डको इटीएच ज्युरिचको सहकार्यमा सञ्चालित आइ ल्याब कार्यक्रमअन्तर्गत स्थापना गरिएको हो । कार्यक्रममा उपमेयर शिल्पा निराला कार्कीले केन्द्रको सफलताले नगरको दीर्घकालीन विकास योजनासँग मेल खाने गरी प्रदेशस्तरीय नमुना बनाउन सहयोग गर्ने बताइन् ।

त्यस्तै उद्योग संगठन मोरङका कार्यकारिणी सदस्य प्रतीक राउत, सगरमाथा आइ ल्याब समूहका सदस्य गणेश दाहाल, प्रितिका बस्नेत, निखत बानो, रोशना राईलगायत प्राविधिक सीपसहितको दक्ष जनशक्ति आजको आवश्यकता भएको बताए ।

उद्घाटन समारोहमा वक्ताहरूले अफ्रिकी देश रुवाण्डाले प्राविधिक तथा व्यावसायिक शिक्षामा ल्याएको सुधारको उदाहरण प्रस्तुत गर्दै नेपालमा पनि त्यस्तै सुधार सम्भव रहेको विश्वास व्यक्त गरे । ‘रुवाण्डाले स्थानीय सरकार, निजी क्षेत्र र समुदायबीच सहकार्य गर्दै सीप र रोजगारीलाई जोड्ने प्रणालीलाई सफल बनाएको छ,’ सगरमाथा आइ ल्याब समूहका सदस्य गणेश दाहालले भने, ‘विराटनगरबाट सुरु भएको यो केन्द्र त्यसै सुधारको नेपाली अभ्यास हो ।’

यो केन्द्रलाई नेपालमै प्राविधिक तथा व्यावसायिक शिक्षाको सुधारको अग्रणी नमुना परियोजनाको रूपमा अघि बढाइने योजना रहेको छ । सगरमाथा आइ ल्याब समूहले सञ्चालनमा ल्याएको ‘सीप सम्वद्र्धन, तालिम पहुँच र रोजगारी जोड्ने कार्यक्रम’लाई समारोहको विशेष आकर्षणको रूपमा प्रस्तुत गरिएको थियो । यस कार्यक्रमअन्तर्गत समूहले गाउँ–टोलमै पुगेर तालिम आवश्यकताको पहिचान गर्दै उद्योगसँग सहकार्यमा युवालाई इन्टर्नशिप, रोजगारी तथा बजारसँग जोड्ने सेतुको काम गर्नेछ ।

उद्योग तथा कृषि मन्त्रालय, निजी क्षेत्र र शैक्षिक संस्थाबीचको सहकार्यमा सञ्चालनमा ल्याइएको केन्द्रलाई स्थानीय सरकारको विकास योजनासँग सँगै अघि बढाइनेछ । ‘उद्योगलाई दक्ष जनशक्ति आवश्यक छ भने समुदायलाई रोजगारी र स्वरोजगारका अवसरहरू चाहिन्छ,’ मेयर कोइरालाले भने, ‘यही खाँचो पूरा गर्न यो केन्द्रले ठोस भूमिका खेल्नेछ ।’

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.