Websoft University

सामुदायिक विद्यालयमा ‘जङ्क फुड’ खुवाउन निषेध


काठमाण्डौ फागुन ४ गते । रातो तारा डट कम,सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा ‘जङ्क फुड’ खुवाउन निषेध गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले प्रकाशन गरी हिजो सार्वजनिक गरेको ‘विद्यालय दिवाखाजा व्यवस्थापन सहयोगी पुस्तिका’ मा सामुदायिक विद्यालयका प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिवाखाजामा ‘जङ्क फुड’ खुवाउन निषेध गरिएको हो । 

केन्द्रले स्थानीयस्तरमा उत्पादन हुने खानेकुरालाई नै प्राथमिकतामा राख्दै विभिन्न ६० प्रकारका ‘मेनु’ तयार गरेर पुस्तिका सार्वजनिक गरेको हो । सरकारले विद्यार्थीलाई दिवाखाजाका लागि सात अर्ब ७२ करोड ९३ लाख ३० हजार रुपैयाँ विद्यालयमा पठाइसकेको कार्यक्रममा जानकारी दिइएको छ । 

जस अन्तर्गत देशभरिका २९ लाख ४० हजार ७ सय ८९ विद्यार्थीलाई विद्यालयमा दैनिक खाजा निःशुल्क उपलब्ध गराइनेछ । सरकारले कर्णालीमा प्रतिविद्यार्थीलाई दैनिक २० र अन्य क्षेत्रमा विद्यार्थीलाई १५ रुपैयाँका दरले दिवाखाजाको रकम उपलब्ध गराउने भएको हो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.