Websoft University

दुर्घटनाबाट अटो चालक सहित दुईको मृत्यु

 


झापा, माघ ५ गते । रातो तारा डट कम,झापा दमक-४ ताराबारी स्थित राजमार्गमा एम्बुलेन्स र अटो एक आपसमा ठक्कर खाई दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । आज विहान ०९ बजे मे १ च १२४६ नम्बरको एम्बुलेन्स र प्रदेश १-०१-००३ ह ६२४ नम्बरको अटो एक आपसमा ठक्कर खाइ दुर्घटना हुदा अटो चालक उर्लबारी-४ का ५० बर्षीय देवेन्द्र बुढाथोकी र अटोमा सवार सोही स्थानका ४९ बर्षीय  सन्तोष श्रेष्ठको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । साथै अटोमा सवार सुनसरी इनरुवा-७ का २४ बर्षीय सौजन मगर र दमक-४ का राजन सिलवाल समेत घाईते भएकोमा उनिहरुको न्यूरो अस्पताल बिराटनगरमा उपचार भइरहेको छ । एम्बुलेन्स र एम्बुलेन्स चालक दमक-४ का ५१ बर्षीय गणेश दंगाल ईलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेका छन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.