Websoft University

सडक आश्रित बालबालिकाको पुर्नस्थापना उच्च प्राथमिकतामा ः मन्त्री घिमिरे


विराटनगर, १ पुस । रातो तारा डट कम, प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले सडक आश्रित बालबालिकाको पुर्नस्थापनालाई उच्च प्राथमिकता दिइएको बताउनु भएको छ । 

प्रदेश सरकारले सडकमा रहेका सवै बालबालिकालाई उद्धार गर्ने योजना बनाएको उहाँले बताउनुभयो । सडक आश्रित बालबालिका मुक्त सडक बनाउने योजनाका साथ काम भईरहेको मन्त्री घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो,‘ धेरै बालबालिकाको उद्धार गरि पुर्नस्थापना गरिएको छ ।’ सामाजिक विकास मन्त्रालय दीर्घकालिन पुनस्र्थापना गृह व्यवस्थापन समिति र साझा सवालका लागि साझा मञ्च   (कोकन) ले आज विराटनगरमा आयोजना गरेको लैङिक हिंसा, बाल संरक्षण र पुर्नस्थापनामा सरोकारवालाको भूमिका विषयक अन्र्तसंवाद कार्यक्रममा मन्त्री घिमिरेले सो कुरा बताउनुभएको हो । 

सडकमा आश्रित बढी बालबालिका भएका जिल्लाहरुमा केन्द्रित गरेर काम शुरु गरिने उहाँले बताउनुभयो । मानव सेवा आश्रमसँगको सहकार्यमा उद्धार गरिएका बालबालिकालाई विराटनगर र इटहरीमा निर्माण गरिएको आश्रम स्थलमा राख्ने गरिएको उहाँले बताउनुभयो ।  सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले प्रदेश १ लाई चाँडै सडक आश्रित सहयोगापेक्षी मुक्त घोषणा गरिने बताउनुभयो । उहाँले १३७ वटै स्थानीय तहमा हिंसा निवारण कोष स्थापना गरि १ करोड ३७ लाख बजेट पठाईसकिएको बताउनुभयो । सुनसरीको वर्जु गाउँपालिका उपप्रमुख संगीता राय, हरिनगर गाउँपालिका उपप्रमुख रिमझिम भगत, गढी गाउँपालिका उपप्रमुख राजकुमारी चौधरी र रामधुनी नगरपालिकाका उपप्रमुख  सविना चौधरीले एकल महिलालाई स्वरोजगारका लागि वीउ पूँजीको व्यवस्थाको साथै बाल विवाह र हिंसा अन्त्यका लागि विभिन्न चेतनामुलक कार्यक्रम  गरिएको बताउनुभयो । 

कार्यक्रममा दीर्घकालिन पुनस्र्थापना गृह व्यवस्थापन समिति अध्यक्ष खड्गवहादुर वस्नेत, इन्सेक प्रदेश १ संयोजकसोमराज थापा, मानवअधिकार आयोग प्रदेश १ निमित्त प्रमुख गीता दाहाल, कोकन अध्यक्ष मञ्जिता उपाध्याय लगायतले बोल्नु भएको थियो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.