Websoft University

उपमेयर पराजुलीद्वारा लिखित गीत बजारमा आउदै,

 


बेलबारी मोरङ  १७ असोज । रातो तारा डट कम,  बेलबारी नगरपालिकाकी उपमेयर तारा पराजुलीद्वारा लिखित गीत `घाम लाग्यो घमाइलो´गीत आज रेकर्डिङ  भएको छ।`द पिक सटुडियो काठमाडौ´मा रेकर्ड भएको उक्त गीत नेपालीहरुको महान पर्व दशैँसँग सम्बन्धित रहेको छ।

उपमेयर पराजुलीको रचना रहेको उक्त गीतमा  संगीतकार भीम बस्नेतको संगीत रहेको छ भने स्वर बेलबारी प्रहिलो आइडल  सुमधुर स्वरका धनी विवेश मोते र वर्तमान समयकी चर्चित गायिका रचना रिमालको रहेको छ।गीतलाई एरेन्जर राजवाहकले एरेन्ज गरेका छन्।चलचित्र निर्माता तथा निर्देशक भिम लामा को निर्देशनमा बन्न लागेको चलचित्र " महानायक "को यो दशै गीत आज द पिक स्टुडियो काठमाडौमा रेकर्डिङ भएको छ।श्रोताहरुको मागलाई मध्यनजर गर्दै दुई तीन दिन भित्रै `घाम लाग्यो घमाइलो´गीत बजारमा ल्याइने निर्देशक भीम लामाले बताए।

बेलबारीका गायक पहिलो बेलबारी आइडल विवेश मोते र रचना रिमाल दुबै संगीत क्षेत्रमा सम्भावना बोकेका गायक गायिका हुन्।दुबै यो समयका शक्तिशाली गायक गायिका भएकै कारण पनि यो गीत सुन्दर र सफल बन्नेछ,श्रोताहरुको भरपुर माया पाउने छ भन्ने कुरामा म ढुक्क छु।आम श्रोताहरुको माया प्रेमले मात्र प्रतिभाशाली गायकगायिकालाई समेत यस क्षेत्रमा थप स्थापित हुन सहयोग पुग्नेछ-उपमेयर समेत रहेकी रचनाकार पराजुलीले भनिन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.