Websoft University

जुस र पेय पदार्थको विशिष्टीकृत मापदण्ड निर्धारण


काठमाण्डौ असार २३ गते । रातो तारा डट काम,खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले फलफूलको जुस र पेय पदार्थको विशिष्टीकृत मापदण्ड निर्धारण गरेको छ । फलरस (जुस), फलफूलको पेय (फ्रुट वेवरेज) सम्बन्धी हालको प्रावधान खारेज गरेर अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाइएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार, फलफूल नेक्टर (फ्रुट नेक्टर) को पनि नयाँ मापदण्ड स्वीकृत गरिएको छ । उपभोक्ता स्वस्थ्य, स्वच्छ बजार र प्रतिस्पर्धाका लागि खाद्य ऐनअनुसार मापदण्ड परिवर्तन गरिएको महर्जनले बताउनुभयो । महर्जनका अनुसार नयाँ मापदण्डले जुसमा पानी नहुने र वेभरेजमा फलफूलको मात्रा निर्धारण सुनिश्चित गरेको छ । विभागले स्वीकृत गरेको मापदण्डमा विश्व व्यापार संगठन (डब्लुटीओ) का सदस्य राष्ट्रहरूको राय र सुझावका लागि एसपीएस नोटिफिकेसन पनि जारी गरेको छ । डब्लुटीओका सदस्य राष्ट्रहरूको राय सुझाव आए त्यसअनुसार र नआए यथावत रुपमा नेपालको गुणस्तर मापदण्ड राजपत्रमा प्रकाशित हुनेछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.