Websoft University

काँग्रेसको बैठक स्थगित


काठमाण्डौ । रातो तारा डट कम, नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । आजको लागि बोलाईएको बैठक पार्टी भित्रको विवाद अन्त्यका लागि भन्दै पुस १० गतेसम्मको लागिस्थगित गरिएको हो । मंसिर २६ देखि बोलाइएको बैठकमा औपचारिक प्रस्तावमा छलफल हुन सकेको थिएन । 

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बहिष्कार गरेपछि संस्थापन पक्षका केन्द्रीय सदस्यहरुको बैठक दुई दिन बसेको थियो । विभाग गठन, भ्रातृ संस्थाको नेतृत्व, क्रियाशील सदस्यताको नामावली प्रकाशन लगायतका विषयमा सहमति हुन सकेको छैन । संस्थापन पक्षका मात्रै नेताहरु सहभागी केन्द्रीय समितिको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले ४१ विभाग बनाउने प्रस्ताव गर्नुभएको थियो । 

संस्थापन इतर समूहले विभाग गठनको आवश्यकता नरहेको बताउँदै आएको छ । साथै, विभाग गठन गर्नु परे विधान अनुसार २८ विभाग मात्रै गठन गर्नुपर्ने उसको माग छ । भ्रातृ संस्थाको गठनमा समेत विवाद देखिएको छ । नेपाल विद्यार्थी संघ र तरुण दलको नेतृत्वमा संस्थापन पक्षको दाबी छ । पौडेल पक्षले दुई भ्रातृ संस्था मध्ये एकको नेतृत्वमा दाबी गर्दै आएको छ ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.