Websoft University

लोक गीत " मर्छु कि क्या हो " सार्वजनिक भएकोछ


काठमाण्डौ । रातो तारा डट कम,नेपाली सांगीतिक आकाशमा नयाँ फरक फ्लेबरको लोक गीत " मर्छु कि क्या हो " सार्वजनिक भएको 
छ । हाल भारतको मुम्बईमा सांगितक र अभिनयको कक्षा लिई रहनु भएको गायिका आश्मी रिसाल र गायक सुरेस शाहीको गीतमा आवाज रहेको  छ । गीतमा शब्द तथा संगीत पनि सुरेश शाहीको नै रहेको छ ।



यस गीतमा भारतमा नै मोडलिंग  र अभिनय गर्दै भारतको बिभिन्न चर्चित टेलिसिरिएल तथा विज्ञापनमा अभिनय गरिरहेकी नेपाली मोडल स्यामा श्री शेर्पा र कलाकार अम्बर सुबेदी लाई फिचर गरिएको छ  ।भारतमा नै बिभिन्न लघु चलचित्र निर्देशन  तथा टेलिचलचित्रहरुमा अभिनय गर्दै आएका निर्देशक तथा कोरियोग्राफर ओमकार सिन्धेले यस म्युजिक भिडियोलाई कोरियोग्राफ तथा निर्देशन गरेका हुन  ।राम्रो संग नेपाली पनि नबुझ्ने निर्देशक सिन्धेले यस गीतलाई निकै राम्रो तरिकाले बनाएका छन  ।



सिन्धेले यस गीतको  भिडियो निर्माण गर्न आफुले धेरै नै नेपाली गीतहरुको भिडियो हेरेको र त्यस भन्दा फरक बनाउन खोजेको उनले बताए । मेरो पहिलो कोसिस हो यो म्युजिक भिडियो र पहिलो नै गम्भीर छ ।किनकी मैले नेपाली लोक गीतको भिडियो बनाउने भनेको नै मेरो लागी चुनौती रहेको उनले बताए । रामेश्वर कार्कीको चयन रहेको यस गीतको भिडियोलाई श्याम  कुँवरले सम्पादन गरेका हुन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.