बिराटनगर मंसिर १९ गते । रातो तारा डट कम,आजदेखि बिडिएस, नर्सिङलगायत आठ सङ्कायको परीक्षा हुँदैछ । आन्दोलनरत एमबीबीएसलगायत सङ्कायका विद्यार्थीले भने परीक्षा बहिस्कार गरेका छन् । एमबीबीएस पहिलो वर्षको परीक्षा आज तय भएको थियो ।
युनिभर्सल मेडिकल कलेज, चितवन मेडिकल कलेज, नेसनल मेडिकल कलेज र जानकी मेडिकल कलेजका विद्यार्थीले परीक्षा बहिस्कार गरेका हुन् । आन्दोलनरत विद्यार्थीमध्ये चितवन मेडिकल कलेजका विद्यार्थीले परीक्षा बहिस्कार गरेको जनाउँदै हिजो प्रवेश पत्र जलाएका छन् ।
चिकित्सा शिक्षा सङ्घर्ष समितिको अगुवाइमा चितवनमा विद्यार्थीले प्रवेश पत्र जलाएका हुन् । शुल्क समायोजनको नाममा मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीलाई शिक्षा मन्त्रालयले धोका दिएका कारण परीक्षा बहिस्कार गर्नुपरेको सङ्घर्ष समिति सदस्य मान्यता थापाले जानकारी दिनुभयो ।
Post a Comment