Websoft University

सर्वसाधरणलाई न्यानोको अनुभुती दिलाउन प्रहरीद्धारा ठाँउठाँउमा आगो बालेर ताप्ने ब्यबस्था मिलाउँदै


बिराटनगर । बिगत केही दिन देखि बढेको चिसोले जनजिवन प्रभावित भईरहेको समयमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत प्रहरीले १ नम्बर प्रदेशका सबै जिल्लाहरुका बिभिन्न स्थानमा आगो बालेर सर्वसाधारणहरुलाई आगो ताप्ने ब्यबस्था मिलाएको छ । आम नागरीकहरुलाई न्यानोको अनुभुती गराउन १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले सबै प्रहरी कार्यालयहरुलाई स्थानीय चोक तथा ग्रामिण ईलाकाहरुमा आगो बालेर ताप्ने ब्यबस्था मिलाउने भनी निर्देशन दिएसंगै बिभिन्न प्रहरी कार्यालयहरुले स्थानीय तहसंगको समन्वयमा बिभिन्न स्थानमा आगो बालेर ताप्ने ब्यबस्था मिलाएका हुन् । आज मात्र तराईका झापा, मोरङ र सुनसरी जिल्लाका ३०० भन्दा बढी स्थानमा आगो बालेर ताप्ने ब्यबस्था मिलाईएकोहो । उक्त स्थानहरुमा ठुला ठुला मुढा तथा दाउराहरु बालिएको र सर्वसाधारणहरुलाई न्यानोको अनुभुती हुने गरी ताप्ने ब्यबस्था मिलाईएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.