Websoft University

२३ करोडको लागतमा सूर्योदयमा चिया परिक्षण केन्द्र निर्माण हुने


विराटनगर,पुस २ गते। रातो तारा डट कम,इलामको सूर्योदय नगरपालिकामा प्रदेश सरकारको साझेदारीमा करिब २३ करोडको लगानी चिया परिक्षण तथा प्रवद्र्धन केन्द्र निर्माण हुने भएको छ । प्रदेश सरकारको ७५ प्रतिशत लगानी र सूर्योदय नगरपालिकाको २५ प्रतिशत लगानीमा केन्द्र निर्माण गर्न लागिएको हो ।

केन्द्र निर्माणको लागि प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र सूर्योदय नगरपालिकाबीच बुधबार समझदारी पत्रमा हस्ताक्षर भएको छ । मुख्यमन्त्री शेरधन राईको उपस्थितीमा भएको समझदारीमा मन्त्रालयका कृषि सचिव विमलकुमार निर्मल र सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राईले हस्ताक्षर गरेका छन् । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरि कार्य प्रारम्भ गरिने मन्त्रालयका प्रवक्ता राजेन्द्र उप्रेतीले बताउनुभयो ।

 समझदारी पत्र हस्ताक्षर कार्यक्रममा बोल्दै मुख्यमन्त्री शेरधन राईले चियाको राजधानी भनेर चिनिने सूर्योदयमा बन्ने टि टेष्टिङ हाउसले चियाको प्रवद्र्धन र गुणस्तरीय उत्पादन साथै बजारिकरणमा सहयोग पुग्ने बताउनुभयो ।

देशकै सुविधासम्पन्न र नमूना केन्द्रको रुपमा स्थापना हुने यसले देशकै चिया विकासमा ठुलो टेवा पुग्ने र पर्यटन प्रवद्र्धनमा पनि भूमिका खेल्ने बताउँदै मुख्यमन्त्री राईले प्रदेश सरकार कृषि क्षेत्रको विकासमा लागेको सन्देश प्रवाहित भएको समेत उल्लेख गर्नुभयो ।

सूर्योदय नगरपालिकालाई प्रदेश सरकारले पर्यटकीय नगरीसमेत घोषणा गरिसकेकोले यो केन्द्र निर्माणले थप सहयोग पुग्ने बताउँदै नेपालको कृषि उत्पादनबाट निर्यात बढाउन समेत मद्दत पुग्ने विश्वास व्यक्त गर्नु भयो । कार्यक्रममा सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले ७० प्रतिशत अर्थोडक्स चिया उत्पादन गर्दै आएको सूर्योदयले यो निर्माणसँगै चियाको बजारिकरण प्रवद्र्धनमा उल्लेख्य उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गर्नु भयो ।

सूर्योदय नगरपालिकामा वार्षीक करिब ५० लाख केजी चिया उत्पादन हुँदै आएको छ । प्रदेश सरकारले सो केन्द्र निर्माणका लागि यस वर्ष ५ करोड रुपैयाँ खर्च गर्ने मन्त्रालयका सचिव विमलकुमार निर्मलले जानकारी दिनुभयो । केन्द्र स्थापना गर्न करिब २३ करोड रुपैयाँ लाग्ने मन्त्रालयले जनाएको छ । यसको विस्तृत परियोजना पछि सार्वजनिक गरिने सचिव निर्मलले बताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.