काठमाण्डौ मंसिर ४ गते । रातो तारा डट कम, निर्वाचन आयोगले सरकार र राजनीतिक दललाई निर्वाचन आचार संहिताको पूर्ण पालना गर्न पुनः आह्वान गरेको छ । पत्रकारहरुसंग कुरा गर्दै निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले सरकार र राजनीतिक दलका प्रतिनिधिले आफैँले निर्वाचन आचारसंहिता बनाएको हुनाले पूर्ण पालना हुने विश्वास लिएको बताउनुभयो ।
प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य उपनिर्वाचनका उम्मेदवार कात्तिक २६ गते तथा स्थानीय तहका उम्मेदवार मंसिर २ गतेदेखि निर्वाचनको प्रचारप्रसारमा छन् । उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिता कात्तिक ८ गतेबाटै लागू भएको छ । यही मंसिर १४ गते हुने उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्य एक पदका लागि २१ र प्रदेशसभा सदस्य तीन पदका लागि ४३ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
स्थानीय तहमा उपमहानगरपालिकाको प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, उपाध्यक्ष एक र गाउँपालिका तथा नगरपालिकाका वडाध्यक्ष ४३ गरी ४८ पदका लागि २७३ जनाको उम्मेदवारी कायम भएको छ ।
Post a Comment