बिराटनगर । रातो तारा डट कम,उद्योग संगठन मोरंगको आयोजनामा भर्खरै सरुवा भई आउनु भएका विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शिव भण्डारी तथा आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत विमल सापकोटा स्वागत तथा परिचय र विराटनगर भन्सारबाट सरुवा भई जान लाग्नु भएका प्रमुख कर अधिकृत मिमांश अधिकारीको विदाई कार्यक्रम आयोजना गरियो ।
भेटघाट तथा स्वागतमा संगठनका अध्यक्ष भीम घिमिरेले विराटनगर भंन्सार कार्यालय र आन्तरिक राजश्व कार्यालयसंगको समन्वयमा सगठनले उद्योगी÷व्यवसायीहरुका समस्याहरु समाधान गर्दै आएको वताउनु भयो । उहा“ले कर प्रशासन र उद्योगी÷व्यवसायी वीचको समन्वयले उद्योग र व्यापारको प्रवद्र्धन गर्न सहयोग पुग्ने विचार व्यक्त गर्दै निरन्तरको अन्तरकृया र छलफलले उद्योग÷व्यवसायको समस्या समाधानमा सहयोग पुग्ने भएकाले उद्योगी÷व्यवसायी र कर प्रशासन वीचको अन्तरकृयालाई निरन्तरता दिनु पर्नेमा जोड दिनु भयो ।
अध्यक्ष्ँ घिमिरेले निरन्तरको सम्वादले र छलफलले भंसार तथा कर कार्यालयसंग सम्वन्ध थप प्रगाढ हुनुका साथै व्यापार सहजीकरणमा समेत मद्त पुग्ने वताउदै व्यापार सहजीकरणका लागि संगठन भंसार कार्यालय र आन्तरिक राजश्व कार्यालयसंग हातेमालो गर्न सदैव तयार रहेको वताउदै विराटनगरबाट सरुवा भई जान लाग्नु भएका मिमांश अधिकारीले उद्योगी÷व्यवसायिको समस्या समाधानमा अपनाउनु भएको सक्रियता, आयात निर्यातमा सहज वनाउन पु¥याउनु भएको सहयोगका लागि आभार व्यक्त गर्दै प्रशंसा गर्नु भयो ।
विराटनगर भंसार कार्यालयका प्रमुख भंसार अधिकृत शिव भण्डारीले आयात निर्यातका साथै भंन्सारसंग सम्वन्धित समस्या समाधानमा आफु सदैव तत्पर रहेको वताउनु भयो । उहा“ले विराटनगर भन्सार कार्यालयबाट हुने आयात निर्यात सहज र सरल वनाउदै छिटो छरितो तरिकाले काम हुने वातावरण वनाउन आफनो सदैव सहयोग रहने भएकाले भंसारसंग सम्वन्धित समस्या आएमा आफुलाई सम्पर्क गर्न अनुरोध गर्नु भयो ।
आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत विमल सापकोटाले कर प्रशासन र करदाताको सम्वन्ध नङ मासुको जस्तै भएकाले आन्तरिक राजश्व कार्यालयले उद्योग÷व्यवसायको विकास र प्रोत्साहनका लागि सदैव सहयोग पु¥याउने वताउनु भयो । उहांले कर प्रशासन र उद्योगी÷व्यवसायी वीचको अन्तरकृया भईरहनु पर्नेमा जोड दिनु कर सप्ताह कार्यक्रम सफल पार्न उद्योगी÷व्यवसायीको सहयोगका प्राप्त हुने विश्वास व्यक्त गर्नु भयो ।
कार्यक्रममा विराटनगर भंसार कार्यालयका निवर्तमान प्रमुख भन्सार अधिकृत मिमांश अधिकारीले भन्सारसंग सम्वन्धीत समस्या निराकरणका लागि उद्योगी÷व्यवसायिबाट प्राप्त सहयोगको सह्राना गर्दै विराटनगरको आफ्नो कार्यकालमा सहयोग पु¥याउनु हुने सबैलाई धन्यवाद दिनु भयो ।
कार्यक्रममा संगठनका निवर्तमान अध्यक्ष्ँ मुकेश उपाध्याय, पूर्व अध्यक्ष्ँ शिवशंकर अग्रवाल, वरिष्ठ उपाध्यक्ष्ँ सुयश प्याकुरेल, उपाध्यक्ष्ँ प्रदीप मुरारका, राकेश सुराना, कार्यसमिति सदस्य सुरेन्द्र गोल्छा, सुवोध कोईराला, संजय अग्रवाल, विपिन कावरा लगायत विभिन्न समितिका सहसंयोजक तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
Post a Comment