काठमाण्डौ कार्तिक २१ गते । रातो तारा डट कम,तनहुँको भानु नगरपालिका वडा न. १ मा बाक्लो सालघारी जंगल छ । गाउँ भन्दा माथी भंयर कालिका देबीको मन्दिर छ भने मन्दिर वरिपरी करिब दुई सय भन्दा बढी मरेका मान्छेका चिहान छन् ।
जनजातिको परम्परामा मानिसहरु मरेपछि डाँडामा लगेर पोल्ने वा गाड्ने र त्यसमाथी ढुंगाको थुप्रो लगाउने चलन छ, त्यही अनुरुप मन्दिरको चारैदिशामा ढुंगाका थुप्राहरु देखिन्छन् जुन चिहानहरु हुन् । त्यही चिहान बन्ने क्रममा आज एउटा एतिहासिक गढी लोप भएको स्थानीय ठाकुर अधिकारी बताउँछन् ।
पूर्वज राजाहरु बिशेषत २२ सय २४ सय राज्यको पालामा राजा शिकार खेल्न बनमा आउँदा आराम गर्ने ढुंगाको गढी थियो पछि चिहान बनाउनेहरुले गढीकै ढुंगा प्रयोग गरे र गढी सकियो । जंगलको बीचमा रहेको डाँडामा केही मिलेका ढुंगाहरु देखाउँदै अधिकारीले आफैले अग्लो र भित्र पस्न पनि नमिल्ने गढी देखेको दाबी गरे ।
गढीमा चारवटा ढोका थिए अहिले सामान्य मान्छेले गढी छ भन्दा पत्ताउदैन त्यस्तो अवस्थामापुग्यो । करिब दुई सय चिहान छन् वरिपरी, सबैमा यही गढीको ढुंगा लगेर छोपिएको छ, राखिएको छ । चिहानकै कारण एतिहासिक गढी सकियो, अधिकारीले दुखेसो पोखे ।
Post a Comment