Websoft University

जिल्ला प्रशासन कार्यालय भएको सर्वपक्षिय छलफल विना निष्कर्ष टुङ्गीयो


श्याम राई-गाइघाट  मंसीर ४ गते । रातो तारा डट कम,बेलका नगरपालिकाको गिदेरी र शिसुवा खोलाबाट जथाभावी नदीजन्य पदार्थ निकालेको  विरोधमा आन्दोलित स्थानिय बासीन्दासग मंगलबार जिल्ला प्रशासन कार्यालय भएको सर्वपक्षिय छलफल विना निष्कर्ष टुङ्गीएकोछ।

आन्दोलनकारीले उठाएको नदीजन्य पदार्थको उत्खनन् विक्री वितरणको ठेक्का रद्ध गर्नु पर्ने मागमा सहमती हुन नसकेपछि वार्ता स्थगीत भएको हो । प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर खड्काको कार्यकक्षमा भएको वार्तामा आन्दोलीत गाउलेको तर्फबाट माया वली र प्रेम अधिकारी सहितको टोलीले जथाभावी नदी जन्य पदार्थको उत्खनन्ले सिंगो बस्ती प्रभावित बनेकोले नगरपालीकाले लगाएको नदीजन्य पदार्थको उत्खनन् र विक्रि वितरणको ठेक्का रद्ध को माग उठाएपछि नगरपालीका ले उक्त माग पुरा गर्न नसकीने भन्दै  अडान लिएपछि वार्तामा कुनै सहमती जुट्न नसकेको वार्तामा सहभागी जिल्ला समन्वय समितीका प्रमुख खड्ग परियारले बताए ।

‘दुवै पक्ष बिचको अडानले कूनै सहमती हुन सकेन ।’ उनले भने । प्रदेश सांसद दलका प्रतिनिधि उपस्थित सर्वपक्षिय वार्ता निष्कर्ष मा पुग्न नसकेपछि स्थगीत भएको थियो ।  आन्दोलनकारीले आफूले उठाउदै आएको माग प्रती सम्बोधन नभएपछि वार्ता निष्कर्षमा पुग्न नसकेको आन्दोलित गाउलेको तर्पmबाट सहभागी माया वलीले बताइन् । 

‘हामीले उठाउदै आएको मागमा कुनै सम्बोधन भएन । अव हामी सिसुवा र गिदेरी खोलामा कूनै पनि टिफर छिर्न दिदैनौ । ’स्थानीय प्रेम अधिकारीले भने  । ‘पूरै बस्ती विनास गरेर ढुङ्गा गीटि उत्खनन् गर्न दिने अधिकार नगरपालिकालाई छैन । ’उनले भने । ‘अव हामी चुप लागेर बस्ने वाला छैनौ । ’ 

स्थानिय प्रशासनमा वार्ता बस्नु अघि  गाउलेहरुले ढुङ्गा उत्खनन् गरीएको क्षेत्रको स्थलगत अनुगमनको माग गर्दै जिल्ला समन्वय समितीका प्रमुख खड्ग बहादुर परियारलाई ज्ञापनपत्र बुझाएको थिए । ज्ञापनपत्र बुझेपछि प्रमुख परियारले बुधबार बेलका नगरपालीका स्थित सिसुवा र गिदेरी खोलाको ढुङ्गा उत्खनन् गरीएको क्षेत्रको स्थलगत अनुगमन गर्ने प्रतिवद्धता जनाएका थिए । ढुङ्गा गिटी उत्खनन्को विवादमा गाउले र प्रहरीविच  सोमबार मध्यराती झडप समेत भएको थियो । 

ढुङ्गा निकाल्न गएको टिफर गाउलेको कब्जाबाट छुटाउन गएको प्रहरीटोलीसग भएको झडपमा प्रहरी सहीत पाच जना घाइते भएका थिए । भने प्रहरीले १० सेल भन्दा बढी अस्रु ग्यास प्रार गरेका थिए गाउलेहरुले ढुङ्गा बोकेका २० वटाटिफर र एउटा स्काभेटर एक सातादेखी नियन्त्रणमा लिएका थिए । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.