शिव भट्टराई,मोरङ मंसिर ४गते । रातो तारा डट कम,मोरङको सुन्दर हरैचा नगरपालिका वार्ड नं ३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगामा क्लस्टर स्तरीय विभिन्न खेलकुद कार्यक्रम सम्पन्न भएको छ।
सुन्दरहरैचा नगरपालिका वार्ड नं ३ का वार्ड अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि जीवन प्रसाद ढुंगानाले विजयी हरुलाई प्रमाण पत्र सहित पुरस्कार वितरण गरेका थिए ।
उक्त विभिन्न कार्यक्रम अन्तर्गत कक्षा १ देखि ३ सम्म अनुलेखन ,कक्षा ४ देखि ५ सम्म वौद्धिक दौड छात्रा भलिबल मा.वि र छात्र कब्बडी मा.वि प्रतियोगिता सम्पन्न भएको छ।
उक्त कार्यक्रममा अनुलेखन तर्फ जनता मा वि त्रिजुगाकी विद्या बस्नेत प्रथम , जनता आधारभूत विद्यालयका अनु मुर्मु द्वितीय र जनचेतना आधारभूत विद्यालय सुन्दर हरैचा ४ का रागिनी चौधरी तृतीय भएका छन्।
त्यसैगरी वौद्धिक दौड तर्फ जनता
मा वि त्रिजुगाका पवन पौडेल प्रथम , जनचेतना आधारभूत विद्यालय वार्ड नं ४ का प्रकृति राई द्वितीय र श्री जनता आधारभूत विद्यालयका करन उराउ तृतीय भएका छन्।यस्तै छात्रा भलिबल तर्फ जनता मा वि त्रिजुगा प्रथम र ज्योति मा वि द्वितीय भएको छ भने कवडी तर्फ भने ज्योति मा वि प्रथम, श्री खण्ड मा वि द्वितीय साथै जनता मा वि तृतीय भएका छन्।
कार्यक्रमको कार्यक्रम विद्यालयका प्रधानध्यापक होम व.भण्डारीको सभापतित्व रहेको थियोो भने,सहजीकरण जनता मा वि का शिक्षक डिल्ली प्रसाद भट्टराईले गरेका थिए।
Post a Comment