Websoft University

मिडिया काउन्सिल विधेयक,सम्बन्धि छलफल सम्पन्न


काठमाडौ मंसिर ४ गते । रातो तारा डट कम,राष्ट्रिय सभाको विधायन समितिद्वारा गठित उप–समिति र नेपाल पत्रकार महासंघले बीच संसोधनका लागि प्रस्तावित ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७५’ का दफामा बुधबार छलफलको आयोजना गरेको छ ।

उप–समितिका सदस्य तथा सांसद ठगेन्द्र प्रकाश पुरीले महासंघको सुझावलाई गम्भीरताका साथ लिने भन्दै संशोधन बुँदा पास नहुञ्जेलसम्म सरोकारवालाको सुझाव संकलन गर्ने बताउनु भयो ।

सांसद हरिचरण शिवाकोटीले कुनै पनि विधेयक पास गर्नुअघि सरोकारवालासँग पर्याप्त छलफल गरेर मात्रै ल्याउनुपर्ने भन्दै संशोधनमा रहेको विधेयक सम्पूर्ण प्रेस जगतको हितमा हुनेगरी उपसमिति प्रयासरत रहेको बताउनुभयो ।

त्यस्तै सांसद बृषेश चन्द लालले विधेयक ल्याउँदा सम्बन्धीत मन्त्रीसँग छलफल गर्दा गर्दै ल्याइएको बताउनुभयो । उहाँले हाल संशोधनमा रहेको नेपाल मिडिया काउन्सिल विधेयक संशोधनमा रहेका बुदाँहरुलाई पत्रकारको हितमा हुनेगरी सुझाव लिएर पूर्णता दिने बताउनुभयो ।

कार्यक्रम महासंघको तर्फबाट नेपाल मिडिया काउन्सिल विधेयक संसोधनका लागि  ११ बुदे सुझाव प्रस्तुत गर्दै महासंघका अध्यक्ष गोविन्द आचार्यले काउन्सिललाई बौद्धिक बर्गको प्रतितिधित्व हुनुगरी निर्माण गरिनुपर्ने सुझाव दिनुभयो । उहाँले काउन्सिललाई शब्दमा भन्दा पनि सम्पूर्ण पत्रकार तथा संचार जगतको हितमा हुनुपर्ने धारणा राख्नुभयो । 

केन्द्रीय सदस्य जन्मदेव जैसीले काउन्सिललाई कानूनी रुपमा शक्तिशाली निकायका रुपमा स्थापित गर्नुपर्ने धारणा राख्नुभयो ।

महासंघका निवर्तमान उपाध्यक्ष अनिता बिन्दुले काउन्सिललाई हरेक वर्ग र क्षेत्रको अपनत्व हुनेगरी समावेशी गर्नुपर्ने सुझाव दिनुभयो ।  कार्यक्रममा अन्य सहभागीहरुले समेत सुझाव दिनुभएको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.