Websoft University

बालबालिकाहरुको लागि निरन्तर निःशुल्क स्वास्थ्य शिविर जारी


काठमाण्डौ मंसिर ४ गते । रातो तारा डट कम,डा.बिरेन्द्र कुमार विष्ट,न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलको विस्तारित शाखा मदर एण्ड चाईल्ड हस्पिटलले ६५ औं अन्तराष्ट्रिय बाल दिवस—२०१९,बालबालिकाहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरि भवयताका साथ मनाएको छ । मदर एण्ड चाइल्ड हस्पिटलको मुख्य आयोजना तथा रोटरी क्लब अफ बिराटनगर, डाउन टाउनको सहकार्यमा बिराटनगर महानगरपालिका वडा नं ४ बिराटनगर ,स्थित श्री लक्ष्मीनारायण मन्दिर जीयर शैक्षिक संस्थामा अध्यनरत बालबालिकाहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको हो ।

‘आजका बालबालिका भोलीका अभिभावक’ भन्ने मूल नाराका साथ अन्तराष्ट्रिय बाल दिवस मनाइएको छ । कार्यक्रममा बोल्नु हुदैं प्रमुख अतिथि एवम बरिष्ठ न्यूरोलोजिस्ट डा. बिरेन्द्र कुमार विष्टले, नेपाल सहित विश्वका १०३ राष्ट्रहरूले यो महासन्धिलाई अनुमोदन गरिसकेका र बालबालिकाहरूको आधारभूत स्वास्थ्य आवश्यकताहरु पूरा गरी उनिहरुको निःशुल्क स्वास्थ्य परिक्षण गराउने उद्देश्यले यस किसिमको कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

यस्तै रेटरी क्लब अफ बिराटगर डाउन टाउनका अध्यक्ष गंगा प्रसाद यादबले न्यूरो हस्पिटलको सहकार्यमा यस किसिमका निःशुल्क स्वास्थ्य परिक्षण आगामि दिनमा समेत गरिने तथा स्टेस्नरि सामान समेत बितरण गरेको बताउनुभयो । हस्पिटलका वरिष्ठ बाल रोग विशेषज्ञ डा सुरेश प्रसाद साह र बरिष्ठ दन्त रोग विशेषज्ञ डा. अमित प्रताप साहले बिद्यालयका बालबालिकाहरु स्वास्थ्य परिक्षण गर्नुभएको थियोे ।

यता ,न्यूरो हस्पिटलका अपरेशनल डाइरेक्टर राजेश भटट्राईले बालबालिका हेतु आयोजना गरिएको स्वास्थ शिविरलाई निरन्तर्ता दिने बताउनुभयो । उहाँले यस किसिमको निःशुल्क स्वास्थ शिविर आयोजनाको मुख्य उद्देश्य नै जनचेतना भएको बताउनुभयो । विशेष गरि बाल रोग सेवा निमित्त जनचेतनाको अभिवृद्धिका लागि यस शिविरलाई निरन्तर्ता दिइने डाइरेक्टर भटट्राईले बताउनुभयो ।

हस्पिटलले यस अघि भानु स्कुल ,होलिल्याण्ड स्कुल,कान्तिपूर स्कुल ,गौत्म बुद्ध मेमोरीयल स्कुल ,देबकोटा स्कुल, मदर टेरेसा स्कुललमा निःशुल्क स्वास्थ्य शिविर संञ्चालन गरि बिरामीको निःशुल्क उपचार गरिएको हस्पिटलका कार्यकारी निर्देशक अनिषा विष्टले जानकारी दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.