Websoft University

उपनिर्वाचनको लागि आज मनोनयन दर्ता हुँदै


काठमाण्डौ कार्तिक २१ गते । रातो तारा डट कम,आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको मनोनयन दर्ता आज गरिने जानकारी दिएको हो । स्थानीय तहको मनोनयन दर्ता गर्ने मिति कार्तिक २७ गतेका लागि तोकिएको आयोगले जानकारी गराएकोछ । स्थानीय तहको उपनिर्वाचन हुने क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र अधिकृतको कार्यालय स्थापना पनि हिजै गरिसकिएको आयोगले जनाएको छ । यो निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतका रुपमा ३७ जना जिल्ला न्यायाधीश खटिंदैछन् भने न्याय सेवाका ५२ जना उपसचिवलाई निर्वाचन अधिकृतका रुपमा खटाउने तयारी रहेको छ । साथै विराटनगर, काठमाडौै र नेपालगञ्जमा मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र जिल्ला निर्वाचन अधिकृतहरुको निर्वाचन सञ्चालनका लागि व्यवस्थापन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको आयोगको भनाइ छ । मंसिर १४ गते हुने उपनिर्वाचनको लागि निर्वाचन हुने स्थानहरुमा निर्वाचन अधिकृतहरुको लागि कार्यालयहरु स्थापना यसअघि नै गरिसकेको निर्वाचन आयोगले जानकारी दिएको छ । आज मनोनयन दर्ताका लागि बिहान १० देखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.