काठमाण्डौ कार्तिक १ गते । रातो तारा डट कम,पहिलो दक्षिण एसियाली यु–१६ नेटबल च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ । शुक्रबारदेखि सुरु भएको च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले पाकिस्तानलाई ३८–१३ स्कोरले पराजित ग¥यो । नेपालको जितमा वुमन अफ दी म्याचसमेत बनेकी ओजस्वी निरौलाले १३ अंक बटुलिन । शुक्रबार नै भएको दोस्रो खेलमा भने नेपालले माल्दिभ्ससँग पराजय बेहो¥यो । निकै प्रतिस्पर्धातमक खेलमा मालिदभ्सले नेपाललाई ३५–२७ ले स्तब्ध बनायो । माल्दिभ्सकी आमिनाथ आनी व’मन अफ दी म्याच घोषित भइन् ।
लगनखेलस्थित सैनिक शारीरिक तथा तालिम केन्द्रमा शुक्रबार नै भएको अर्को खेलमा भारतले मिश्रित नतिजा निकाल्यो । पहिलो खेलमा माल्दिभ्सलाई ४१–२१ अंकले पराजित गरेको भारत दोस्रो खेलमा श्रीलंकासँग ४०–२४ ले पराजित भयो । पहिलो खेलमा भारतलाई विजयी बनाउन अन्ली कुमारीले २४ अंक जोडेकी थिइन् । श्रीलंकाको जितमा हिरोनी हिसानीले २५ अंको योगदान दिइन् ।
नेपालमा पहिलो पटक आयोजना भएको च्याम्पियनसिपमा दक्षिण एसियाका ६ राष्ट्रको सहभागिता रहेको छ । च्याम्पियनसिपमा आयोजक नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र माल्दिभ्सले सहभागिता जनाएका छन् । च्याम्पियनसिप मलेसिया, भारत, श्रीलंका र पाकिस्तानका निर्णायकले सञ्चालन गरिरहेका छन् .
महिला सशक्तिकरणका क्षेत्रमा योगदान पु¥याउने उद्देश्यले च्याम्पियनसिप आयोजना गरिएको नेपाल नेटबल संघका अध्यक्ष मोहनबहादुर बस्नेतले जानकारी दिए । च्याम्पियनसिपको युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले उद्घाटन गरे च्याम्पियनसिप कार्तिक ५ गतेसम्म सञ्चालन हुनेछ ।
Post a Comment