Websoft University

छुवाछुत पिडितको झुठा मुद्दा खारेज गर्न दलितहरुको ज्ञापन


विराटनगर कार्तिक १ गते । रातो तारा डट कम, प्रभावकारी अनुसन्धान गरेर न्याय दिनुपर्ने छुवाछुत पिडितलाई नै पक्राउ गरेर झुठो मुद्दा लगाएको भन्दै दलितहरुले खारेज गर्न प्रशासनमा ज्ञापन बुझाएका छन ।
सार्वजनिक होटलमा चिया पिउन जँदा सानो जातको भनेर छुवाछुतको व्यवहार भोग्न बाध्य भएका डिमुने कामीलाई प्रहरीले पक्राउ गरेर झुठो मुद्दा लगाएको भन्दै दलित अगुवाहरुले शुक्रवार जिल्ला प्रशासन मोरङमा ज्ञापन बुझाएका हुन ।

भ्mापा , मोरंङ र सुनसरीबाट आएका दलित अगुवाहरुले सहायक सिडिओ सुरेश सुनारलाई ज्ञापन पत्र बुझाउदै मोरङको पथरी शनिश्चरे नपा ४ का ६५ बर्षिय रुद्रबहादुर कटुवाल र ९ नम्बर वडाका होटल संचालक ४५ बर्षिय टलकबहादुर पाण्डे बिरुद्ध छुवाछुत गरेको भन्दै किटानी जाहेरी दिने सोही नपा ४ बस्ने ६० बर्षिया डिमुने कामीलाई नै पक्राउ गरेर प्रहरीले झुठो अभद्र व्यवहार मुद्दा लगाएकोले खारेज गर्न माग गरे ।

कुबेरमान घतानीको नेतृत्वमा डिमुने कामी न्यायिक संघर्ष समिति गठन गरेर आन्दोलित वनेका दलित अगुवाहरुले झुठा मुद्दा खारेज नगरे कडा संघर्ष थाल्ने प्रशासनलाई चेतावनी दिए । उनिहरुले घटनाको निष्पक्ष छानविन र अनुसन्धान गर्न राष्ट्रिय मानव अधिकार आयोग र मुख्य मन्त्रि तथा मन्त्रिपरिष्दको कार्यालय एक नम्बर प्रदेशसँग आग्रह गरेकाछन ।

घटनाको निष्पक्ष छानविन गरेर छुवाछुत पिडितलाई अदालतबाट न्याय दिलाउनुपर्ने , झुठा मुद्दा खारेज गरि पिडितलाई तुरन्त रिहाई गर्नुपर्ने ,घटनाको निष्पक्ष छानविनकालागि समिति बनाएर झुठा मुद्दा लगाउने र दर्ता गर्ने प्रहरीलाई कार्वाही गर्नुपर्ने र बिरामी अवस्थामा रहेका पिडित डिमोने कामीलाई तुरुन्त विना सर्त रिहाई गर्नुपर्ने माग गरेका छन । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.