काठमाण्डौ कार्तिक १ गते । रातो तारा डट कम,१३ औं दक्षिण एशियाली खेलकुदका सागका लागि आवश्यक पर्ने केहि स्पोर्टस् किट्स (खेल सामाग्री) उपलब्ध गराउने प्रस्ताब चिनको एजिलीटी, अक्युमेन र व्याबल एसेट कम्पनीले राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल समक्ष राखेको छ ।
शुक्रवार राखेप सदस्य–सचिव सिलवालको कार्यकक्षमा १३ औं सागको लोगो अंकित ट्रा्यक सुट र क्याप समेत नमुनाको रुपमा एजिलीटी कम्पनीका प्रतिनिधि मंडलले हस्तान्तरण गरेको थियो । सो अवसरमा सदस्य–सचिव सिलवाल चिनिया प्रतिनिधि मण्डललाई उचित प्रस्ताव आएको धारणा ब्यक्त गदै भन्नु भयो– हामी सकारात्मक छौं, सहकार्य गर्ने कुरा चाडै निर्णय आउने छ ।
सो अवसरमा सदस्य–सचिव सिलवालले उक्त कम्पनीलाई धन्यवाद पत्र हस्तान्तरण गर्नु भएको थियो ।
Post a Comment